निर्णय नं. १५४४ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५४४ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: असार अंक: ३ फैसला मिति :२०३९/०३/०७ २४८९ निर्णय नं. १५४४ ने.का.प. २०३९ अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३८ सालको रिट नं. ११४३ आदेश भएको मिति : २०३९।३।७ मा निवेदक : जि.झापा हल्दिवारी गा.पं.वडा नं.३ बस्ने व्यवरी सिंह राजबंशी विरुद्ध विपक्षी :भूमीसुधार कार्यालय झापाका भू.सु.अ.माधवप्रसाद शर्मा, जि.झापा हल्दीवारी गा.पं.वडा नं.३ बस्ने भरतकुमार सुवेदी बिषय : उत्प्रेषणको आदेश वा जो चाहिने अन्य आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ (१) जग्गावाला तर्फबाट भू.सं.ऐन, ०२१ को दफा २६(१) अनुसार पत्नी छोरा मध्येमा एकजनालाई रोजे पछि मात्र मोहियानी हक प्राप्त हुन्छ । त्यस्तो मञ्जुरी छ भनी निवेदकले देखाउन सकेको छैन । बरु ०३७।१२।१३ को विपक्षी कार्यालयको निर्णयलाई बदर गर्ने ठहराएको ०३८।३।२१।१ को निर्णय बदर हुनु पर्ने भनी प्रस्तुत निवेदनमा दावी गरेको छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयको जस्तो हालत हुन्छ । ०३७।१२।१३ को निर्णय कायम रहने नरहने बारे ०३८।३।२१ को निर्णयलाई बदर गराउन निमित्त रिटको निवेदन दर्ता गर्ने यी निवेदकले आफ्नो अधिकार देखाउन पर्ने, मोहियानीहकको अधिकार छ भनी देखाउन जग्गाधनीको स्वीकृति लिएको हुनुपर्‍यो । ०३७।१२।१३ को निर्णय बदर भई रहेको अवस्थामा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नैन बिनोद विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लिखित मुद्दा :  आदेश न्या.बासुदेव शर्मा १. विपक्षी भू.सु.का.को मिति ०३८।३।२१ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भन्ने कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३८।५।१।२ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. संक्षिप्त तथ्य : विपक्षी मानकुमार सुवेदीले सट्टापट्टा गरी लिएका जग्गा ०३१ सालमा नै मरी आफैँ जग्गाधनी हरिप्रसाद राजबंशीले जोती भोगी आएको थिएँ । ०३३ सालमा भू.सु.का.बाट बचत ऋण असुल गर्दा जग्गाधनीले मोहीले खाएको ऋण तिर्न भनेबाट धानको नगद ब्याज समेत बुझाई गा.पं.ले भरपाई गरी दिएको ०२८ सालको बाली लगाउने अवस्थामा मिठाईको छोरा भन्न आए । निज को हुन ? परिचयसमेत पाएको छैन । मिठाईको छोरा भए ऋण कर्जा बुझाउँछु भनी देखिनु पर्ने सो नसकेकोले मिठाईको छोरा भनी विश्वास गर्न नसकिने हुँदा मोही लगत कट्टा गरी पाउँ भन्ने समेत विपक्षी मानकुमार सुवेदीको उजुरी परेकोमा दावीको जग्गामा मेरो बाबु म जन्मनु भन्दा अघिदेखि नै जोती ०२१ सालमा नापी हुँदा मोही दर्ता भई ज.ध.लाई बाली बुझाई आएको ०३२ सालमा बाबु परलोक भएपछि मैले जोतेको । ०३७।१२।१३ मा भू.सु.का.बाट मेरो नाममा मोही नामसारी समेत गरी सकेको छ भन्ने वादी दावी झुठ्ठा हो भन्ने बाबरी सिंह राजबंशीको प्रतिउत्तर परेकोमा दावीको जग्गामा प्रतिवादीको पिता मोही हुँदाको बखतदेखि नै जोत भोग छोडेको प्रमाण पुग्न आएको हुँदा सो आधारमा वादी दावी बमोजिम दिने मिति ०३७।१२।१३ को निर्णयबाट भएको नामसारी बदर समेत गरी दिने ठहराई विपक्षी भूमिसुधार कार्यालयबाट ०३८।३।२१ मा निर्णय भएको रहेछ सो निर्णय बदर गराई माग्न प्रस्तुत