निर्णय नं. १०९४२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९४२ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/०१ १६६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।१०।१ ०७४-CR-१६५६ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / वादी : इन्द्रमाया सिटौलाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला इलाम, दानावारी गा.वि.स. वडा नं.१ बस्ने सिक्किमे कान्छी भन्ने रूकमाया राईसमेत प्रतिवादीहरू फरार रहनुको अर्थ निजहरू विरूद्धको अभियोग स्वतः प्रमाणित हुने भन्ने होइन । कुनै पनि कसुर प्रमाणको आधारमा स्थापित हुने वा नहुने न्यायिक मान्यता हो । प्रतिवादी फरार रहँदैमा प्रमाणको भार वादीबाट प्रतिवादीमा स्वतः सर्छ र कसुरदार नै हुन्छ भनी मान्न नमिल्ने । प्रतिवादी फरार रहेकै आधारमा कसुरदार ठहर्याउने हो भने न्यायको मान्य सिद्धान्तसमेत पराजित हुन जाने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दिपक खनाल झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी माननीय न्यायाधीश श्री मदन पोख्रेल उच्च अदालत विराटनगर, इलाम इजलास फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६५।९।१३ गते बिहान ६:०० बजे झापास्थित सुरूङ्गा ८ मा मेरो श्रीमान् हेमप्रसाद सिटौलाको लास फेला परेकोले जाहेरी पछि दिने गरी हाल सद्गतका लागि लास जिम्मा पाउँ भन्ने बेहोराको इन्द्रमाया सिटौलाको निवेदन । जिल्ला झापा सुरूङ्गा गा.वि.स. ८ स्थित ग्रावेल सडकको पश्चिम किनारामा दक्षिण टाउको उत्तर खुट्टा, दुवै हात सोझो पारी उत्तानो अवस्थामा लास रहेको, लासको १ फिट पूर्व दक्षिण मोहडापट्टि निजले चलाएको रिक्सा चेन खुस्किएको अवस्थामा रहेको रिक्साको सिटमा निजले लगाएको सुरूवाल, एक जोर चप्पल रहेको र चप्पल नजिक फुटेको हरियो चुरा र चुरोटको ठुटो रहेको ओठ पिल्सिएको, काटिएको जस्तो देखिएको अवस्थामा मृतक हेमप्रसाद सिटौलाको लास रहेको भन्नेसमेत बेहोराको लासजाँच मुचुल्का । मिति २०६५।९।१२ गते राति इलाम दानावारी बस्ने सिक्किमे कान्छी भन्ने रूकमाया राई, निजको छोरा नविन राई, रामबहादुर गुरूङ, विजय राईसमेतले मेरो श्रीमान्लाई कुटपिट गरी कर्तव्य गरी मारेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको ईन्द्रमाया सिटौलाको जाहेरी दरखास्त । प्रतिवादीहरूलाई खोजतलास गर्दा तीमध्ये प्रतिवादी नविन राईलाई झापा सुरूङ्गा ५ स्थित हिँड्दै गरेको अवस्थामा फेला पारेको हुँदा पक्राउ गरी आवश्यक कारबाहीका लागि पेस गरेको भन्नेसमेत बेहोराको प्रहरी जवान श्री खम्बसिंह बानियाको प्रतिवेदन । मृतकको मृत्युको कारण भिषेराको रिपोर्टपछि मात्र पत्ता लाग्ने भन्नेसमेत बेहोराको हेमप्रसाद सिटौलाको पोस्टमार्टम रिपोर्ट । मिति २०६५।९।१२ गते राति मेरो साथी मिलन राई र म घरतर्फ आउने क्रममा रामबहादुर गुरूङ र विजय राईले मृतक हेमप्रसाद सिटौलालाई कुटपिट गर्दै गरेको देखी मसमेतले कुटपिट गर्न हुँदैन भनी छुट्याई केही तलसम्म पुर्याएकोमा पछि मृतक हेमप्रसाद सिटौलाले तपाइँहरू जानुहोस् भनेपछि हामी गएको ह