निर्णय नं. १०९४३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९४३ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०५/०१ १३६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश सुष्मालता माथेमा फैसला मिति : २०७९।५।१ मुद्दा:- कर्तव्य ज्यान ०७६-CR-१४७१ पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा कैद सजाय भोगिरहेको वंशराजको छोरा जिलाजित केवट विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा बस्ने ओमप्रकाश केवटको जाहेरीले नेपाल सरकार ०७६-RC-०१५७ वादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा बस्ने ओमप्रकाश केवटको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका, वडा नं.१ कुकुर भुकुवा घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासीमा कैद सजाय भोगिरहेको वंशराजको छोरा, जिलाजित केवट प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा निजलाई शारीरिक तथा मानसिक यातना दिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको हुँदा अदालतको इन्कारी बयानलाई मात्र कसुरबाट उन्मुक्ति दिने आधार मान्न नसकिने । कसुरबाट उन्मुक्ति लिने उद्देश्यले अन्य व्यक्तिको संलग्नता हुनुपर्छ भनी गरेको कथनलाई न्यायको रोहमा प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.३) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री गिरीराज गौतम कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दयानाथ खरेल मा.न्यायाधीश श्री कृष्णकमल अधिकारी उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र दफा १० बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मृतक वंशराज केवट मेरा बुबा हुन् भने प्रतिवादी मेरा सहोदर साइँला भाइ हुन् । मृतक बुबाले विगत ४/५ वर्षदेखि रिक्सा चलाएर कमाएको पैसाले घर व्यवहारको गुजारा चलाउँदै आएकोमा मिति २०७५।०२।०५ गतेका बिहान घरबाट रिक्सा लिई निस्केका र केही पैसा कमाई दिउँसो करिब १४:०० बजेको समयमा घरमा आएकोमा मेरो श्रीमतीले मलाई दुध दुहुनको लागि छोरालाई बोलाउन पठाएकोमा मैले मलाई दुध दुहुन आउँदैन हजुरबुबालाई बोलाएर लैजा भनी बताएको थिएँ । मेरो छोरा उक्त स्थानमा गई हजुरबुबालाई बोलाउँदा नबोलेको भनी बताएको हुँदा म उक्त स्थानमा गई हेर्दा कम्मल ओढाएको अवस्थामा देखी कम्मल निकाली बुबा बुबा भनी बोलाउँदा नबोलेको र बुबालाई मृत अवस्थामा देखी गाउँघरमा हारगुहार गर्न लाग्दा निज बुबासँगै रहेको मेरो भाइ जिलाजित केवटले बुबालाई पहिला पनि पटक-पटक कुटपिट गरिरहन्थे । सो दिन पनि निज भाइउपर शंका गरी निजलाई सोधपुछ गर्न खोज्दा निजले केही नबोली सो स्थानबाट भागी फरार भएकोले छरछिमेकका स्थानीय मानिसहरू भेला भई मृत बुबाको लास सुरक्षित राखी जाहेरी दरखास्तसाथ उपस्थित भएको छु । कानूनबमोजिम गरी लास सद्गतको लागि जिम्मा पाउँ, घटनापश्चात् भागी फरार भएका भाइ जिलाजित केवटलाई खोजतलास पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्ने ओम प्रकाश