निर्णय नं. १०९४५ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९४५ - भ्रष्टाचार भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०५/२९ २१५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७८।५।२९ ०७२-CR-१७४४ मुद्दा: भ्रष्टाचार पुनरावेदक / प्रतिवादी : जिल्ला गुल्मी बलेटक्सार गाउँ विकास समिति वडा नं. ३ बस्ने खिमानन्द ज्ञवाली विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत लालमणी आचार्यको प्रतिवेदनले नेपाल सरकार निर्णय गर्ने अख्तियारी नै नभएको व्यक्तिले कसैको अनुकूल निर्णय गराइदिन्छु वा गराइदिएँ भनी घुस/रिसवतको माग गरेको भन्ने आरोपका सम्बन्धमा निर्णय गर्ने अख्तियारीप्राप्त व्यक्ति तथा सो प्रक्रियामा सारभूत भूमिका रहने अधिकारीहरूसमेत उपर अनुसन्धान नगरी अख्तियारी नै प्राप्त नभएको व्यक्तिउपर मात्र गरिएको अनुसन्धानले वास्तविकताको पूर्ण रूपमा उजागर गर्न नसक्ने हुँदा अपूर्ण अनुसन्धानले आरोप दाबी खम्बिर गर्न मद्दत गर्न नसक्ने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री हरिहर दाहाल, श्री नरेन्द्रप्रसाद पाठक र श्री लवकुमार मैनाली र विद्वान् अधिवक्ता श्री विमल ज्ञवाली प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशील देवकोटा अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः- अध्यक्ष मा. न्यायाधीश श्री मोहनरमण भट्टराई सदस्य माननीय न्यायाधीश श्री प्रभा बस्नेत विशेष अदालत काठमाडौं फैसला न्या.सपना प्रधान मल्ल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतसमक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला धनकुटा ताङखुवा (तांखुवा) गा.वि.स. वडा नं. ६ स्थायी घर भएका भक्तबहादुर भट्टराईले जिल्ला गुल्मी, बलेटक्सार गा.वि.स. वडा नं. ३ स्थायी घर भई हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटामा कार्यरत शाखा अधिकृत वर्ष ३५ का खिमानन्द ज्ञवालीले तत्कालीन अवस्थामा म गा.वि.स. सचिव हुँदा सिफारिस गरिएको विषयको सम्बन्धमा अख्तियारमा परेको मुद्दा मिलाइदिने र त्यसको लागि आयोगका कानून विज्ञसमेतलाई मिलाउनुपर्ने भएकोले रू.१,५०,०००।- (एक लाख पचास हजार) रकम माग गरेकोले निज अख्तियारकै कर्मचारी भएकोले मसँग घुस/रिसवत मागेको हुँदा निजलाई घुस/रिसवत दिई काम गराउने उद्देश्य नभएकोले घुस/रिसवत माग गर्ने कर्मचारीलाई कारबाही गर्न उपयुक्त हुने देखिएकोले सो कुराको जानकारी यस आयोगमा गराएको छु । निजले मसँग रकमको बारेमा कुराकानीको सन्दर्भमा तपाइँको काम सम्पन्न गर्नको लागि मैले रू.१,००,००० (एक लाख) दिएर मिलाएको छु र मेरो लागि पनि केही पैसा चाहिन्छ । त्यसैले ढिला नगरी पैसा दिनुस् भनी रकम माग गरेकोले निजलाई दिनका लागि यस आयोगबाटै रू.१,५०,००० (एक लाख पचास हजार) नगदै मलाई उपलब्ध गराइपाऊँ । मबाट निजले घुस / रिसवत लिएको अवस्थामा फेला पारेमा निजलाई दशी प्रमाणसहित पक्राउ गरी भ्रष्टाचार निवारण ऐन तथा अन्य प्रचलित कानूनअनुसार कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको भक्तबहादुर भट्टराईको उजुरी निवेदन । अख्तियार दुरूपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवाली बस्ने धनकुटा न.पा. ६ स्थित क्षेत्रीय प्रशासन कार्यालयको क्वाटरमा आयोगको टोलीको जिउ खानतलासी गरी प्रवेश गर्न दिएको भ