निर्णय नं. १०९४६ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९४६ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०५/३० १००२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७८।५।३० ०७७-WH-००८१ मुद्दाः- बन्दीप्रत्यक्षीकरण पुनरावेदक / प्रतिवादी : म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका वडा नं.५ शीख (साबिक शिख गाउँ विकास समिति वडा नं. २) घर भई हाल कारागार कार्यालय, म्याग्दीमा कैदमा रहेको समप्रसादको छोरा कृष्णबहादुर गर्बुजा विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला प्रहरी कार्यालय, म्याग्दी एवम् प्रहरी नायब उपरीक्षकसमेत जनताको नजिकको स्थानीय सरकारको रूपमा रहेको गाउँपालिकाले आफ्नो आधिकारिक रेकर्डमा भएको विवरणलाई उल्लेख गरी गरेको सिफारिस कागजको बेहोरालाई अन्यथा मान्न नमिल्ने । नेपाली समाजमा प्रचलनमा रहँदै आएको व्यक्तिको गाउँ समाजमा पहिचान हुने वा बोलाउने नाम र नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नाम अर्कै हुनसक्ने स्थितिलाई सामान्य नै मान्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: निवेदक म म्याग्दी जिल्ला अन्नपूर्ण गा.पा. वडा नं. -५, साबिक शिख गा.वि.स. वडा नं. २ निवासी, समप्रसाद गर्बुजाको छोरा हाल वर्ष ४७ को कृष्णबहादुर गर्बुजा हुँ । विपक्षी म्याग्दी जिल्ला अदालतले पद्मध्वज खड्काको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बालकृष्ण गर्बुजासमेत भएको डाँका चोरी मुद्दामा ६ वर्ष कैद र रू. ३९,०००।- जरिवाना गर्ने गरी मिति २०६९।३।३१ मा फैसला गरेको रहेछ । उक्त मुद्दाको प्रतिवादी बालकृष्ण गर्बुजा म होइन । मिति २०७७।०४।१५ को दिउँसो अं. २ बजेतिर विपक्षी जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी कर्मचारीले म आफू बालकृष्ण गर्बुजा नभएको दाबी गर्दागर्दै मेरो अनुरोधको कुनै सुनुवाइ नगरी कैद तथा जरिवानाको लगतअनुसारको व्यक्ति तिमी नै हौ भनी मलाई पोखरा बगरबाट पक्राउ गरी मिति २०७७।०४।१७ मा म्याग्दी जिल्ला अदालतमा उपस्थित गराई म्याग्दी जिल्ला अदालतले पहिचान खुलाई पेस गर्नु भनी फिर्ता गरेपछि विपक्षी प्रहरी कार्यालयले हाल अन्नपूर्ण गा.पा. वडा नं. ५ का वडाध्यक्षलाई धरपकड गरी म कृष्णबहादुर गर्बुजा र फरार बालकृष्ण गर्बुजा एउटै व्यक्तिको नाम हो, बुबाको नाममा पनि समप्रसाद र सोमबहादुर पनि एउटै हो भनी प्रमाणित गर्न लगाई तथा उक्त मुद्दाका कैद जरिवाना भुक्तान गरिसकेका अर्का प्रतिवादी कमलबहादुर खड्काबाट सनाखत गराइएको भनी म आफूलाई मिति २०७७।०४।१८ मा पुन: प्रहरी कार्यालयमा उपस्थित गराई विपक्षी तहसिलदारले कृष्णबहादुर गर्बुजा भन्ने बालकृष्ण गर्बुजा भनी कैदी पुर्जी तयार गरी मलाई विपक्षी कारागार कार्यालयमा थुनामा राखिएको छ । उक्त मुद्दाको प्रतिवादी बालकृष्ण गर्बुजा म आफू नभएकोले गैरकानूनी थुना विरूद्ध उच्च अदालत बागलुङमा निवेदन गर्दासमेत मेरो कुनै सुनुवाइ नगरी निवेदन खारेज गरिएको अवस्था छ । नागरिकताको प्रमाणपत्रमा मेरो आफ्नो नाम, मेरो बुबाको नाम, मेरो आफ्नो साबिकको वडाको ठेगानासमेत फरक भई पहिचानमै गम्भीर प्रश्न खडा भएको अवस्थामा म निर्दोष व्यक्तिलाई पक्राउ गरी कैदी पुर्जी दिई गैर