निर्णय नं. १०९४७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९४७ - अंश चलन भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/१२/१६ १६१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।१२।१६ मुद्दा:- अंश चलन ०६९-CI-१०७७ पुनरावेदक / वादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने करूणा स्वाँर विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने सुशिला स्वाँर ०६९-CI-१०९० पुनरावेदक / प्रतिवादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने सुशिला स्वाँर विरूद्ध प्रत्यर्थी / वादी : कैलाली जिल्ला, टिकापुर गाउँ विकास समिति वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ५ बस्ने करूणा स्वाँर मर्ने व्यक्तिको जीवनकालमा उसको स्याहार सम्भार र औषधी उपचार गरेको प्रमाण पेस नगरेसम्म र प्रमाणका आधारमा सो तथ्य पुष्टि नभएसम्म कानूनी रूपमा अलग भई बसेको व्यक्ति मरी परेको अपुतालीमा कुनै एउटा अंशियार हकवाला वा व्यक्तिको मात्र अपुताली एवं अंश हक कायम हुन नसक्ने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गोपी शर्मा सुवेदी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नन्दप्रसाद अधिकारी अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ८, नि.नं.८४४५ ने.का.प.२०७१, अङ्क १२, नि.नं.९३१७ ने.का.प.२०७४, अङ्क ११, नि.नं.९९०१ ने.का.प.२०७६, अङ्क १, नि.नं.१०१७७ ने.का.प.२०७७, अङ्क ५, नि.नं.१०५०२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- मा.जिल्ला न्यायाधीश श्री टेकनारायण कुँवर काठमाडौं जिल्ला अदालत फैसला संशोधन गर्ने : मा.जिल्ला न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री एकराज आचार्य माननीय न्यायाधीश श्री प्रकाश चन्द्र गजुरेल पुनरावेदन अदालत पाटन फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- तथ्य खण्ड विपक्षी ससुरा गणेशबहादुर स्वाँर र सासू विनितादेवी स्वाँरबाट विपक्षी पति चन्द्रभूषण स्वाँर र विपक्षी आमाजु सुशिला स्वाँरको जायजन्म भएको हो । सासूको आफ्नै कालगतिले मिति २०५४/५/२८ मा निधन भएको र आमाजु सुशिला स्वाँरले विवाह नगरी अविवाहित बस्नुभएकोले हामीहरू जम्मा ३ जना मूल अंशियारहरू रहेका छौं । मूल अंशियारहरूबिच हालसम्म अंशबण्डा भएको छैन । विपक्षी पति र म फिरादीबिच आफ्नो जातीय परम्पराबमोजिम मिति २०४१/१/२७ मा विवाह भई हामीबाट मिति २०४३/९/१७ मा एक मात्र छोरी चारूकलाको मात्र जायजन्म भएको र हाल उनको समेत विवाह भइसकेको छ । म फिरादीले आफ्नो वैवाहिक सम्बन्धलाई राम्रो बनाउन हरसम्भव प्रयास गर्दा पनि २०४९ भाद्र महिनामा विपक्षी पतिले कलावती स्वाँरलाई दोस्रो श्रीमतीको रूपमा विवाह गर्नुभयो । निजसँग विवाह गरेपश्चात् मलाई हेला र बेवास्ता गर्न थाल्नुभयो । तैपनि मैले घरको इज्जत बचाउनको लागि विपक्षी पतिले दोस्रो विवाह गरेउपर पनि कुनै उजुर बाजुर नगरी सही बसी आएकी थिएँ । विपक्षी सौता कलावतीबाट दुई छोराहरूको जायजन्म भएको छ । यसरी विपक्षी पति तथा सौताले हेला गर्न थालेपछि निज पतिबाट अंश माग गर्दा मसँग