निर्णय नं. १०९४८ - लागु औषध कोकिन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९४८ - लागु औषध कोकिन भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०१/०४ २८६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७९।१।४ ०७६-CR-१०२३ मुद्दा:- लागु औषध कोकिन पुनरावेदक / प्रतिवादी : मोहम्मद इसाहको छोरी, B-२९, Dujana House Matia Delhi भारतको P.P.No. H३७९१७५० घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल, त्रिपुरेश्वरअन्तर्गत महिला बन्दी गृहमा थुनामा रहेकी QAMAR JAHAN विरूद्ध प्रत्यर्थी / वादी : लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका प्र.नि.कृष्णगोपाल पनेरूसमेतको प्रतिवेदनले नेपाल सरकार अनुसन्धान अधिकारीसमक्षको साबितीलाई प्रमाणमा लिँदा स्वेच्छा, धम्की वा आश्वासन तत्त्वको प्रभावको सम्भावनालाई सधैँ र सबै अवस्थामा इन्कार गर्न सकिने अवस्था नहुने भएकोले अनुसन्धान अधिकारीसमक्षको साबितीलाई प्रमाणमा लिँदा जहिले पनि त्यस्तो साबिती अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि समर्थित हुनुपर्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री तुलसीशंकर अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने मा. जिल्ला न्यायाधीश श्री रमेश शर्मा पौडेल काठमाडौं जिल्ला अदालत उच्च तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी उच्च अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत पुनरावेदनपत्रसहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड तपाइँले लागु औषध कोकिन कारोबार गर्दै आएको भन्नेसमेत विशेष सुराकबाट सूचना प्राप्त हुन आएको र अनुसन्धानको क्रममा तपाइँको शरीर तथा सामानहरूको खानतलासी गर्नुपर्ने भएकोले मुलुकी ऐन, अ.बं.१७२ नं. बमोजिम यो खानतलासी पुर्जी दिइएको छ भनी प्रतिवादी भारतीय नागरिक QAMAR JAHAN र बोलिभियन नागरिक ADHEMAR-ANEZ LOPEZ लार्इ दिइएको छुट्टाछुट्टै खानतलासी पुर्जी । मिति २०७४।०६।०७ गते १७:०० बजेको समयमा जिल्ला काठमाडौं, का.म.न.पा. वडा नं.२६ ठमेल, चिवाहालस्थितमा रहेको होटल सिल्भर होम प्रा.लि. चौथो तलामा रहेको ४०२ नं. कोठाभित्र प्रतिवादीहरू बोलिभियन नागरिक ADHEMAR-ANEZ LOPEZ र भारतीय नागरिक QAMAR JAHAN लार्इ फेला पारी खानतलासी गर्दा कोठाभित्र पूर्वतर्फ किनारमा रहेको काठको टेबुलमाथि रहेको निलो रङको Genius Brand लेखेको प्लाष्टिकको सुटकेस रहेकोले उक्त सुटकेस खानतलासी गर्दा सुटकेसभित्र माथिल्लो भागमा SERIE NO A९६२२३१, P.P. NO.१४६९०८४५ को ADHEMAR-ANEZ LOPEZ को राहदानी १, निजको नामको दुबर्इ इन्टरनेसनल एयरपोर्टको बोर्डिङ पास अर्धकट्टी १, त्रिभुवन विमानस्थल कस्टुमर कपी, एयरपोर्ट प्रिपेड ट्याक्सी सर्भिस टिकटको अर्धकट्टी थान १, राष्ट्रिय वाणिज्य बैंक लि. को Cash / posreceipet पाना १, होटल सिल्भर होम बुकिङ कागज २, हवार्इ टिकट पाना ४ समेतका कागजातहरू रहेको, सुटकेसभित्र तलको भागमा विभिन्न प्रकारका जेन्स कपडाहरू रहेको, सोही सुटकेसभित्र पिँधको भागमा चारैतिर र सुटकेसको माथिल्लो ढकनीको भागको भित्र रहेको कभरभित्रसमेत चारैतिर कालो टेप टाँसी कालो रङको केही गिलो अवस्थामा जम्मा लागु औषध कोकिन २ किलो ७०० ग्राम फेला पारी बरामद गरेको, निज A