निर्णय नं. १०९४९ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९४९ - बैंकिङ कसुर भाग: ६४ साल: २०७९ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०३/१३ ५०८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७८।३।१३ ०७६-RB-०१५३ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / वादी : सन्तोष मण्डलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडा नं.१७ हाल परिवर्तित वीरगन्ज महानगरपालिका वडा नं.१४ बस्ने यादवलाल पटेलको छोरा राजुकुमार पटेल बिगोको सम्बन्धमा अदालतले प्रमाण परीक्षण एवम् मूल्याङ्कनका तौरतरिका (Tools and techniques of examination and evaluation of evidence) अवलम्बन गरी यकिन गरेको बिगो नै वास्तविक बिगो हुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- जाहेरी दरखास्त बेहोराः विपक्षी राजुकुमार पटेलले रू.३,१०,०००।- (तीन लाख दश हजार) घर व्यवहार चलाउन रकम सापटी लिनुभएको थियो । उक्त रकम माग्दा निज प्रतिवादीले मिति २०७५।०८।२९ गते रू.३,१०,०००।- (तीन लाख दश हजार) को राष्ट्रिय वाणिज्य बैंकमा रहेको निजको खाता नं. १३३००१६४०५१० को ००३२०६८६४६ नम्बरको चेक काटिदिएकोमा बैंकमा सो चेक पटकपटक साट्न जाँदा खातामा पैसा नभएकोले बैंकले चेक बाउन्स गरिदिएको हुँदा निज प्रतिवादीउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको सन्तोष मण्डलको जाहेरी दरखास्त । प्रतिवादीको अनुसन्धान अधिकारीसमक्षको बयानः जिल्ला पर्सा वीरगन्ज महानगरपालिका, वडा नं. ११, श्रीपुर स्थित नुरी टेलर तथा पसल सञ्चालन गरी आएको र व्यापार घाटा भई घर व्यवहार चलाउन गाह्रो भएको कारण जाहेरवाला सन्तोष मण्डलसँग फिर्ता गर्ने भाकासमेत राखी ब्याजमा रकम लिएको हो । व्यापारमा घाटा भई ब्याज रकमसमेत तिर्न नपाएपछि जाहेरवालासँग भेट नगरी घरतिर नै बसिरहेकोमा जाहेरवाला सन्तोष मण्डलले भेटी रकम माग्न थालेपछि मिति २०७५।०८।२९ गते रू.३,१०,०००।– (तीन लाख दश हजार) को आफ्नो नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको चेक काटिदिएको हो । जाहेरवाला पटकपटक बैंकमा सो चेक साट्न जाँदा खातामा रकम मौज्दात नभएको भनी उक्त चेक बैंकबाट बाउन्स भएको हुँदा किटानी जाहेरी परी प्रहरीले मलाई पक्राउ गरेको भन्नेसमेत बेहोराको प्रतिवादी राजुकुमार पटेलले अनुसन्धानको क्रममा अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । बुझिएका मानिसको कागज बेहोराः विपक्षी राजुकुमार पटेलले जाहेरवाला सन्तोष मण्डलसँग फिर्ता हुने गरी रू.३,१०,०००।- (तीन लाख दश हजार) सापटी लिएकोमा निज जाहेरवालाले उक्त रकम निज विपक्षीसँग माग्दा निज विपक्षीले मिति २०७५।०८।२९ गतेको दिन रकम मौज्दात नभएको रू.३,१०,०००।- (तीन लाख दश हजार) को राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १३३००१६४०५१० मा ००३२०