निर्णय नं. १५४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: असार अंक: ३ फैसला मिति :२०३९/०२/०२ २३२४ निर्णय नं. १५४५ ने.का.प. २०३९ अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट नं. १५७६ आदेश भएको मिति : २०३९।२।२ मा निवेदक : सिराहा जिल्ला पार्ताहा गा.पं.वडा नं.६ बस्ने गुदर चौधरी विरुद्ध विपक्षी : ऐ.ऐ.भदैया गा.पं.वडा नं.१ बस्ने रामफल साहुतेलीसमेत बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) भूमिसुधार अधिकारीले विवादास्पद जग्गाको सम्बन्धमा निर्णय गर्दा केवल फिल्डबुक र भरपाईको आधार लिएको देखिन्छ । त्यस किसिमको प्रमाणलाई कानून बमोजिमको आधार हो भन्न मिल्ने नदेखिने, भूमिसम्बन्धि ऐन तथा भूमिसम्बन्धी नियमहरुले मोहियानी हक प्राप्तिको लागि एक निश्चित प्रक्रिया तोकेकोमा सो अनुसार कानूनी प्रक्रिया पूरा गर्न नसक्ने व्यक्तिलाई भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ अनुसारको मोही मान्न नमिल्ने । (प्रकरण नं. ९) आदेश न्या.बासुदेव शर्मा १. विपक्षी कार्यालयको मिति २०३७।१२।५ को निर्णयको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेतका कुराको माग गर्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति २०३८।१।१६ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धि संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ : २. संक्षिप्त तथ्य : निवेदकका नाउँ दर्ताको गा.पं.गोविन्दपुर वा.नं.४ (क) कि.नं.६२ को १–१–१७ जग्गा मोहीमा कमाई आएको फिल्डबुकमा मेरो नाउँ जनिएको र मागैन चौधरीले बाली बुझेको हुनाले मोहिया हकको प्रमाणपत्र पाउँ भन्ने समेत रामफलको उजुरी र दावीको जग्गा सदा सर्वदा आफैंले जोति कमाई आएको हुनाले विपक्षी मोही नभएकोले मोहियानी प्रमाणपत्र पाउनु पर्ने होइन भन्ने समेत निवेदकको प्रतिवाद भएकोमा वादीले पेश गरेको भरपाई र फिल्डबुकको उतार समेत अध्ययन गर्दा वादी मोही होइन भन्न नमिल्ने हुँदा सोहि भरपाई र फिल्डबुकको उतार समेतको आधारमा प्रतिवादी गुदर चौधरी थारुको नाउँ दर्ताको कि.नं.६२ को १–१–१७ जग्गाको वादी रामफल साहुतेलीको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठर्हछ भन्ने समेत गरी विपक्षी कार्यालयबाट निर्णय भएको रहेछ सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको देखिन्छ । ३. संक्षिप्त जिकिर : विपक्षीसँग बाली बुझाएको रसिदछैन । मगैन जग्गाधनी होइन एकाको जग्गाको बाली अर्कालाई बुझाएको भरपाईबाट मेरो हक जाने होइन । गैर सरोकारवालाबाट गराई लिएको भरपाईको आधारामा मलाई हराई विपक्षी रामफललाई मोही ठहराई दिने गरी भएको फैसला भू.स.ऐनको दफा ३४ (२) को प्रत्यक्ष त्रुटि भएको छ । फिल्डबुक प्रमाण होइन । फिल्डबुक शंकास्पद छ, त्यसमा सहिछाप परेको पनि छैन, यसप्रकार हेर्नुपर्ने प्रमाण नहेरी नहेर्नु पर्ने प्रमाण हेरी गरिएको फैसलाबाट प्रमाण ऐन, २०३१ को दफा ५४ तथा अ.बं.१८४क.१८५ र १८९ समेतको प्रत्यक्षतः विवाद रहित त्रुटि भएको छ । मेरो कि.नं.६२ समेतका जग्गाहरुमा मोहीमहल खाली देखिन्छ भनी मालपोत कार्यालयबाट पत्र पठाएकोमा केही नबोली प्रमाण ऐनको दफा ५४ को त्रुटि गर्नु हो । तसर्थ उक्त फैसला बदरभागी छ भन्ने समेत उल्लेख भएको रहेछ । ४. विपक्षीद्वारा लिखितजवाफ मगाई आएपछि पेशगर्नु भन्नेसमेत सिं.बेञ्चको मिति २०३८।१।१७।४ का आदेशानुसार विपक्षीहरुद्वारा प्राप्त लिखितजवाफमा लिएका जिकिर यस प्रकारका रहेछन् : ५. कि.नं.६२को जग्गा १–१–१७मा विपक्षीको नाउँ संलग्न फिल्डबुकमा जनिएको र मागैन चौधरी प्रदत्त