निर्णय नं. १०९५२ - आयकर (२०६१/०६२)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९५२ - आयकर (२०६१/०६२) भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०४/१८ १६०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७८।४।१८ ०७२-RB-०४९८ मुद्दाः आयकर (२०६१/०६२) पुनरावेदक : ठुला करदाता कार्यालय, हरिहरभवन, ललितपुरको तर्फबाट ऐ. कार्यालयका प्रमुख कर प्रशासन आनन्दराज ढकाल विरूद्ध प्रत्यर्थी : कान्तिपुर पब्लिकेसन्स प्रा.लि. सुविधानगर, काठमाडौं करदाताको उद्देश्यअनुरूपकै कार्य सम्पादनका लागि भ्रमणमा गएका प्रतिनिधिको भ्रमण खर्चलाई व्यक्तिगत प्रकारको खर्च रहेछ भनी मान्न र यस्तो खर्चबाट उक्त कम्पनीको व्यवसाय प्रवर्द्धन एवम् कम्पनीको आयआर्जन हुने कार्यमा सहयोग नपुग्ने भनी मान्न नसकिने । कम्पनीको उद्देश्य मुताबिकको कार्यका सन्दर्भमा भएको भ्रमण शीर्षकहरूको खर्चलाई खर्चकट्टी गर्न मिल्ने नै देखिने । (प्रकरण नं.४) पत्रिका प्रकाशन गर्ने कार्यमा समाचारदाताको रूपमा कार्य गर्ने स्ट्रिञ्जरहरूलाई प्रतिष्ठानको कर्मचारी / कामदार भनी परिभाषा गर्न सकिने । त्यस प्रकारका कामदारहरूलाई गरेको भुक्तानी सेवा शुल्क नभई पारिश्रमिक नै मान्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदकका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ८, नि.नं.१०३२० सम्बद्ध कानून : राजस्व न्यायाधिकरण ऐन, २०३१ श्रम ऐन, २०४९ श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ आयकर ऐन, २०५८ सुरू तहमा निर्णय गर्ने अधिकारी: प्रमुख कर प्रशासक श्री खुमराज पुंजाली ठुला करदाता कार्यालय, ललितपुर प्रशासकीय पुनरावलोकनको निर्णय गर्ने अधिकारी: महानिर्देशक श्री शान्तबहादुर श्रेष्ठ आन्तरिक राजस्व विभाग, काठमाडौं राजस्व न्यायाधिकरणमा फैसला गर्ने अधिकारी: माननीय अध्यक्ष श्री दीपककुमार कार्की राजस्व सदस्य श्री तारादेव जोशी लेखा सदस्य श्री भगिराज इङ्गनाम राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या.हरिकृष्ण कार्की : राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(घ) बमोजिम पुनरावेदनको अनुमतिको लागि निवेदन परी यस अदालतबाट मुद्दा हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड करदाता कान्तिपुर पब्लिकेसन्स् प्रा.लि. ले. आ.व.०६१।०६२ को कुल नोक्सानी रू.१०,५४,११६।१५ कायम गरिपाउँ भनी ठुला करदाता कार्यालय, ललितपुरमा मिति २०६२।९।१२ मा बुझाएको स्वयं कर निर्धारण विवरण । कान्तिपुर पब्लिकेसन्स् प्रा.लि.ले ऐनको दफा ९६ बमोजिम मिति २०६२।९।१२ मा ठुला करदाता कार्यालय, ललितपुरमा पेस गरेको आ.व.०६१।०६२ को स्वयम् कर निर्धारण आय विवरण र सोसाथ संलग्न नाफा नोक्सान वासलातलाई विस्तृत छानबिन गरी कर लेखा परीक्षण गर्नुपर्ने भएकोले आवश्यक कागजात तथा फाँटवारीहरू पेस गर्न ऐनको दफा ८३(१) बमोजिम कागजात तथा फाँटवारी पेस गर्ने सम्बन्धमा ठुला करदाता कार्यालयले करदाता कान्तिपुर पब्लिकेसन्स् प्रा.लि.लाई मिति २०६५।१०।२१ मा प्रेसित गरेको पत्र । मिति २०६५।१०।२१ को पत्रमा उल्लिखित रकमको सम्बन्धमा बोनस रकम रू.७,६५,३३८।६० को सम्बन्धमा सो रकम कम्पनीको व्यवस्थापन तथा कर्मचारीहरूबिच भएको सहमतिबमोजिम मासिक तलबको ७ देखि १० दिन बराबरको रकमलाई सञ्चित गरी १ महिनाको तलब बराबरको रकम पुर्याएर भुक्तानी गर्ने गरिएकोले सो रकम आ.व.२०६१।०६२ मा भुक्तानी नगरी आगामी आ.व. मा भुक्तानी गरि