निर्णय नं. १०९५५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९५५ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/१६ १६१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।३।१६ ०७८-WH-०१९१ मुद्दा : बन्दीप्रत्यक्षीकरण निवेदक : तेजबहादुर गुरूङको छोरा नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नं. १० गैडाखाल घर भई बालसुधार गृह रूपन्देहीमा रहेको विशाल भन्ने खड्कबहादुर गुरूङसमेत विरूद्ध प्रत्यर्थी : जिल्ला प्रहरी कार्यालय, नवलपरासीसमेत बालबालिका संलग्न भएका मुद्दाहरूमा बालबालिकासम्बन्धी ऐन, २०७५ ले निर्दिष्ट गरेको कार्यविधिबमोजिम बालबालिकाको वैयक्तिक परिचयको गोपनीयता कायम राख्नुपर्ने, बालबालिका र वयस्क प्रतिवादी भएको मुद्दाको अलगअलग अभियोजन तथा कारबाही हुनुपर्ने, बालबालिकाको मुद्दा बाल इजलासबाट नै हेरिनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था छँदाछँदै अन्यथा तवरबाट मुद्दामा कारबाही र किनारा गरिनु उचित नहुने । यस प्रकारको कार्यबाट बाल न्यायप्रति वाञ्छित संवेदनशीलता नअपनाएको देखिने र अनुसन्धानकर्ता, अभियोजनकर्ता तथा न्यायकर्तासमेतको कार्य क्षमतामा नै प्रश्न उठ्ने अवस्था रहने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री पंकजकुमार कर्ण, श्री अजयशंकर झा र श्री विमला यादव प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सञ्जिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०७५ आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्यगत बेहोरा राम कवरलाई विशाल गुरूङसमेतका मानिसहरूले कुटपिट गरी घाइते बनाएकोमा उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको हुँदा कारबाही गरिपाउँ भनी शिवप्रसाद कुम्हालले दिएको जाहेरीको आधारमा हामी निवेदकहरू नाबालक विशाल भन्ने खड्कबहादुर गुरूङ, युनेश सुनार र निशान भन्ने भुवन थापा मगर र उमेर पुगेका युवराज लामा भन्ने युवराज पुन, पदम कवर, ओमनाथ कवर भन्ने ओमनारायण थारू, फोकट भन्ने केशव कवर, डोलराज कवर, अर्जुन कुमार, नविन कवर, टिका भन्ने टिकेनाथ कवर र निमेशनाथ कवरसमेतका १२ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासीले पक्राउ गरेको थियो । बालबालिकाहरूको नाउँ गोप्य राखी मुद्दाको अनुसन्धान, अभियोजन र कारबाही गर्नुपर्नेमा गोपनीयता कायम नगरी हामी नाबालक र उमेर पुगेका सहअभियुक्तहरूका विरूद्ध एउटै अभियोगबाट सजायको मागदाबी लिई मुद्दा नं. ०७५-C१-००६९ को कर्तव्य ज्यान मुद्दा प्रत्यर्थी जिल्ला अदालतसमक्ष मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १७७(१) बमोजिमको कसुरमा सोही दफा १७७(२) बमोजिम सजाय हुन तथा प्रतिवादीमध्येका युनेश सुनार र निशान भन्ने भुवन थापा मगरको उमेर १५ वर्ष र विशाल भन्ने खड्कबहादुर गुरूङको उमेर १६ वर्ष रहेको भन्ने निजहरूको जन्मदर्ता र सर्टिफिकेट, एडमिसन कार्डबाट देखिन आएकोले प्रतिवादी युनेश सुनार र निशान भन्ने भुवन थापा मगरलाई बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६(३) र प्रतिवादी विशाल भन्ने खड्कबहादुर गुरूङलाई सोही ऐनको दफा ३६(४) बमोजिम हुन भनी अभियोग दाबी लिई उमेर पुगेका सहअभियुक्त र हामी नाबालकहरूको विरूद्धमा एउटै अभियोगपत्र दायर गरिएको छ । प्रत्यर्थी स्रेस्तेदारले कानूनविपरीत दायर हुन आएको अभियोगलाई रूजु नगरी दर्ता गरिएको छ । इजलाससमक्ष पेस भई थुनछेक आदेश हुँदा हामी निवे