निर्णय नं. १०९५६ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९५६ - उत्प्रेषण परमादेश भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७७/१२/१८ १४७८ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।१२।१८ ०७३-WO-११३१ विषयः- उत्प्रेषण परमादेश निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३३ बस्ने अधिवक्ता सतिशराज मैनालीसमेत विरूद्ध विपक्षी : राष्ट्रपतिको कार्यालय, शीतलनिवास काठमाडौंसमेत राजदूत जस्तो मर्यादित एवं जिम्मेवार पदमा नियुक्त हुने व्यक्तिमा केही आधारभूत योग्यता एवं क्षमता हुनुपर्ने कुरा पदको कार्यप्रकृतिले नै माग गरेको हुने र राजदूतको पदमा नियुक्त हुने व्यक्तिमा कुटनीतिक प्रकृतिको अध्ययन तथा अनुसन्धानसहितको योग्यता, क्षमता, अनुभव, उमेरहद तोकिएको हुनुपर्ने । (प्रकरण नं.३) राजदूत सरकारको प्रतिनिधित्व गरी कार्यकारी प्रकृतिको काम गर्ने कुटनीतिक सेवामा सेवारत वा सेवा बाहिरबाट सरकारको विश्वासयोग्य व्यक्ति नियुक्त हुने पद भए तापनि सरकारले विश्वास गरेका त्यस्ता व्यक्तिहरूमा कुटनीतिक प्रकृतिको निश्चित योग्यता, दक्षता, क्षमता र मापदण्ड तोकिनुलाई अन्यथा भन्नुपर्ने नदेखिने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री सतिषराज मैनाली विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुर कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ: म रिट निवेदक कानूनको क्षेत्रमा कार्यरत एक सचेत नागरिक भई प्रस्तुत विषय नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र समग्र मुलुकको प्रतिष्ठासमेत सँग जोडिएको भई सार्वजनिक चासोको विषय भएकोले यसमा मेरो प्रत्यक्ष सरोकार र हकदैया भएकोले निवेदन गरेको छु । राजदूत नियुक्तिको सुरूवात फरक संवैधानिक तथा सामाजिक प्रणाली भएका मुलुकहरूबिच सार्वभौमिक समानता स्वीकार गर्दै कुटनीतिक सम्बन्ध स्थापित गरी विशेषाधिकार र सुरक्षा प्रदान गरिएमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा तथा राष्ट्रहरूबिच भाइचाराको सम्बन्ध कायम गर्न योगदान पुर्याउँछ भन्ने मान्यताका साथ भएको हो । राजदूतको सफलता निजको योग्यता, क्षमता र अनुभवले निर्धारण गर्ने भएकोले राजदूत नियुक्तिमा निजको योग्यतामा अत्यन्त ध्यान दिनुपर्छ । तर हालसम्म हाम्रो मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा मुलुक र मुलुकबासीको हक हितमा कुटनीतिमार्फत दत्तचित्तले लाग्नुपर्ने व्यक्तित्वहरूको योग्यता र क्षमता के हुने ? पदावधि कति हुने ? उच्चस्तरीय राजनीतिक भेटघाटमा आफ्नै मुलुकको राजदूतलाई सामेल गर्ने वा नगर्ने? भन्ने जस्ता अहम् सवालहरूका बारेमा कुनै विधायिकी मापदण्ड तोकिएको छैन । फलस्वरूप नेपालको वैदेशिक सम्बन्ध सञ्चालनमा थुप्रै विकृति र विसङ्गतिहरू देखा परिराखेका छन् । राजदूतको पद खाली राख्नु हुँदैन तर नेपाल सरकारले विगत तीन वर्षदेखि राजदूत नियुक्ति गर्न सकेको छैन । नेपालको संविधानको धारा २८२(१) अनुसार राजदूत पद संवैधानिक पद हो । अन्य कुनै संवैधानिक पदमा नियुक्तिको लागि उमेरहद तथा योग्यता क्षमता तोकिएको छ । तर राजदूत पदमा यो कुरा नतोकिँदा जो कोही पनि राजदूतको आकांक्षी बन्न पुगेका छन् । नेपाल सरकारले हालै राजदूत नियुक्तिको लागि सिफारिस गरेका १२ जनामध्ये प्रतिभा राणालगायतका केही उम्मेदवारको उमेर