निर्णय नं. १०९५७ - लागु औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९५७ - लागु औषध भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०३/०८ ४१३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।८ ०७५-CR-०८०२ मुद्दाः लागु औषध पुनरावेदक / वादी : प्र.ना.नि. लेखनाथ आचार्यको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पर्सा जिल्ला, परेवी सुगौली गा.वि.स. वडा नं.३ बस्ने नरेन्द्र दासको छोरा बिकी दास दुर्व्यसनीले आफूलाई चाहिने डोजका लागि पुग्ने मात्राको परिणामको लागु औषध राख्नुलार्इ अस्वाभाविक मान्न नसकिने र बरामद लागु औषधको परिणाम बिक्री व्यवहारको लागि खरिद गरेको भन्नलाई अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको अवस्थामा निज प्रतिवादीले कारोबारका लागि लागु औषध खरिद गरी ल्याएका हुन भनी अनुमान गर्न न्यायोचित हुने नदेखिने । कानूनले नै सेवनका लागिबाहेक भनी छुट दिएको अवस्थामा अन्य स्वतन्त्र प्रमाणबाट कारोबारका लागि ल्याएको भनी पुष्टि हुन नआएको अवस्थामा प्रतिवादीलाई कारोवारी ठहर गर्नु मनासिब नदेखिने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मुकेश उपाध्याय पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती माननीय न्यायाधीश श्री बासुदेव आचार्य उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालिका वडानं.१३ स्थित पूर्व ठाकुरराम क्याम्पस कम्पाउण्ड, पश्चिम खाली जग्गा, उत्तर र दक्षिण पक्की सड़क यति चारकिल्लाभित्रमा पर्ने सडकमा BR ०५ M ०१८७ नं. को मोटरसाइकल चढी दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बिकी दासको शरीर तलासी लिँदा निजले लगाएको निलो रङको जिन्सको पाइन्टको दाहिनेतर्फको अगाडिको खल्तीमा सेतो प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन फेला परेकोले बरामद गरी तौल गर्दा १ ग्राम भएकोले उक्त लागुऔषध र निजले चढी आएको मोटरसाइकलसमेत बरामद गरिएको भन्ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०७२।११।२३ गते मसमेतको प्रहरी गस्ती टोली गस्ती गर्दै जाने क्रममा दिनको १६:०० बजेको समयमा जिल्ला पर्सा वीरगन्ज उपमहानगरपालीका वडा नं.१३ स्थित सडकमा एक जना पुरूष व्यक्ति BR ०५ M ०१८७ नं. को मोटरसाइकल दक्षिणबाट उतरतर्फ जाने उद्देश्यले हाँकी चलाई ल्याएको अवस्थामा देखी रोकी नाम, थर, वतन सोधपुछ गर्दा बिकी दास भनी बताएकोले निजको शरीर तथा मोटरसाइकलको कानूनबमोजिम खानतलासी लिँदा निज बिकी दासले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा सेता प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखी ल्याएको अवस्थामा लागु औषध खैरो हेरोइन फेला परेकोले तौल गर्ने समान जुटाई तौल गर्दा १ ग्राम भएकोले बरामद गरी निज बिकी दासलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्ने बेहोराको प्र.ना.नि. लेखनाथ आचार्यको प्रतिवेदन । मिति २०७२।११।२३ गते जिल्ला पर्सा सुगौली गा.वि.स.वडा नं.४ फरदबा गाउँ बस्ने चिनजानका साथी महेश दहितसँग वीरगन्जमा काम छ भनेर निजको BR