निर्णय नं. १०९५८ - भ्रष्टाचार (घुस / रिसवत)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९५८ - भ्रष्टाचार (घुस / रिसवत) भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०८/२१ ४४१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।८।२१ ०७५-CR-१४७२ मुद्दा- भ्रष्टाचार (घुस / रिसवत) पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय, इटहरीका प्रहरी नायब उपरीक्षक रमेशकुमार बस्नेतसमेतको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कास्की, साबिक राखी गाउँ विकास समिति वडा नं. ९ तथा लेखनाथ नगरपालिका वडा नं. ५ हुँदै हाल कायम पोखरा लेखनाथ महानगरपालिका वडा नं. २६ ठेगाना भएका हर्कबहादुर थापाको नाति, भीमबहादुर थापाको छोरा, साबिक इलाका प्रहरी कार्यालय, काडरबोना, सप्तरीमा कार्यरत प्रेमबहादुर थापा भ्रष्टाचारको कसुरमा गोप्य अनुसन्धान गर्दा सुराकीको प्रयोग गर्ने, सङ्कित व्यक्तिउपर सूक्ष्म निगरानी गर्ने, कुनै सेवाग्राही र राष्ट्रसेवकबिच रिसवत लेनदेन भएको अवस्थामा सो रकम बरामद गरी प्रमाण पेस गर्ने, प्रविधिको माध्यमबाट श्रव्य दृश्य तयार पार्ने, आर्जित सम्पत्तिको स्रोत खोज्ने, प्रमाणको वैज्ञानिक सङ्कलन र परीक्षण गर्नेलगायतका आवश्यक र उपयुक्त तरिका अपनाउनु आवश्यक हुने । कसैलाई भ्रष्टाचारी ठहर गर्न उक्त व्यक्तिले घुस खाने मनसाय राखेको थियो, त्यसअनुसार घुस रकम माग गरेको थियो र स्वेच्छाले रकम बुझेको थियो भन्ने पनि पुष्टि हुनुपर्ने । (प्रकरण नं.८) क्षतिपूर्तिबापतको रकम एक पक्षबाट बुझी अर्को पक्षलाई समयको अन्तरालपछि दिने प्रकृतिको नदेखिने । क्षतिपूर्तिका लागि प्रहरी कार्यालयको भूमिका सहजीकरण गर्नेसम्म मात्र देखिने । सवारी तथा यातायात व्यवस्थापनलगायतका विवादहरूमा प्रहरी संलग्न हुनु पनि पर्ने र कतिपय संलग्नतामा आर्थिक कारोबार पनि संलग्न रहने देखिएकोले प्रहरीको मान मर्यादा र प्रतिष्ठामा कुनै आँच आउने कार्य भएमा प्रहरीप्रतिको जनताको विश्वास र भरोसा कम हुने देखिएकोले प्रहरी कर्मचारी तथा प्रहरी संस्थाको प्रतिष्ठा वृद्धि गर्न प्रहरी कार्यालयमार्फत हुने आर्थिक कारोबार समावेश हुने मिलापत्रका हकमा शंका र द्विविधा सिर्जना नहुने गरी बैंकिङ प्रणालीमार्फत कारोबार गर्नुपर्ने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री राजकुमार निरौला र मेजर थापा अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः- अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य मा. न्यायाधीश श्री चण्डीराज ढकाल सदस्य मा. न्या. श्री नारायणप्रसाद पोख्रेल विशेष अदालत काठमाडौं फैसला न्या.हरिप्रसाद फुयाल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतमा वादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड सप्तरी जिल्लाको अमाहा भन्ने ठाउँमा भएको मोटरसाइकल दुर्घटनाको मुद्दा मिलाइदिन्छु भनी इलाका प्रहरी कार्यालय, काडरबोना, सप्तरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर थापा र सोही कार्यालयका मुद्दा फाँटका नाम नखुलेका यादव थरका प्रहरी नायब निरीक्षकले घुस / रिसवत माग गरेको हुँदा निजहरूलाई घुस / रिसवतबापत दिन रू.५०,०००।- (अक्षेरूपी पचास हजार मात्र) उपलब्ध गराई निजहरूलाई कारबाही गरिपाउँ भन्