निर्णय नं. १५४६ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५४६ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: असार अंक: ३ फैसला मिति :२०३९/०३/०३ २४५१ निर्णय नं. १५४६ ने.का.प. २०३९ अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको रिट नं. १०५५ आदेश भएको मिति : २०३९।३।३ मा निवेदक : जिल्ला दाङ सौडियार गा.पं.वडा नं.७ बस्ने रेश्मीराज पाण्डे विरुद्ध विपक्षी : उच्चस्तरीय आयोग दाङदेउखुरी,साडीयार गा.पं.वा.नं.७ बस्ने सुगलु चौधरी बिषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ (१) कुनै पनि पक्षको हितमा असर पर्ने गरी कुनै निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका कानूनले प्रदान गरेकोमा आफ्ना कुरा भन्न पाउने समयावधी बाँकी छँदै निर्णय गर्नु कानून विपरीत हुन जान्छ भन्ने कुरा कुनै पनि न्यायको आसनमा बस्ने व्यक्तिमा हुनु पर्ने सामान्य ज्ञानको कुरा हो । प्रस्तुत मुद्दाको निर्णयबाट सो ज्ञानको सहारा लिएको भन्न सकिने स्थिति छैन जसले गर्दा प्रतिवादी नपर्दै मुद्दाको निर्णय हुन गयो जसलाई कानूनको प्रत्यक्ष त्रुटि गरेको भन्नु पर्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना विपक्षी तर्फबाट : विद्वान अ.स.अ.श्री रमेश झा र विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी आयोगको ०३७।११।४ र ०३८।३।१५ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : २. सोहियार गा.पं..वडा नं.६क.को कि.नं.७ र ७क.को कि.नं.८७, ९०, १८९ को जग्गा मेरो नाममा जोत पोत दर्ता भई म आफैंले तिरो भोग चलन गरी आएको जग्गा हो । उक्त जग्गा धेरै अघिदेखि मोही भई कमाई आएकोले मोही कायम गरी पाउँ भनी विपक्षी सुगलु चौधरीले विपक्षी आयोगमा निवेदन दिनु भएछ । मेरो नाममा आएको म्यादमा हाजिर भई तारेखमा रही आएकोमा मेरो कुनै बयान कागज गराएको थिएन । मेरो मिति ०३६।२।१३ को तारेख गुज्रन गएकोले सो गुज्रेको तारेख थामी पाउन श्री ५ महाराजाधिराज सरकारमा विन्ती चढाएकोमा तारेख थामी दिनु भन्ने हु.प्र.बक्स भएकोले सूचना तामेल भएको मितिले ३५ दिन भित्र हाजिर हुन आउनु भनी विपक्षी आयोगले जारी गरेको सूचना मिति ०३७।१।१३ मा तामेल भई म्यादै भित्र हाजिर भई तारेखमा रहेको थिएँ । बिपक्ष आयोगले एकातर्फ गुज्रेको तारेख थाम्न मलाई सूचना गर्दै अर्को तर्फ रीतपूर्वक तामेल भई आएको म्यादमा हाजिर नभई म्याद गुजारी उजुरवालाको दावीलाई स्वीकार गरी बसेको भनी विपक्षी मोही कायम हुने ठर्हछ भनी मिति ०३७।११।४ मा फैसला भएछ। ०३७।१०।२५ मा जारी भएको ३५ दिने सूचना ०३७।१२।१३ मा तामेल भएकोले म्यादै भित्र म उपस्थित भई तारेखमा पनि रहेकोले आयोगले यसमा प्रत्युत्तर बयान नहुँदै प्र.वा.शिवादेवीले ०३६।२।१३ को तारेख गुजारेको भन्नु पर्नेमा ०३५।११।६ मा तामेल भएको म्यादैमा प्रतिवादी हाजिर नभई गुजारेको भन्ने निर्णय फैसलामा उल्लेख हुन गएको देखिएको सामान्य भूल भएकाले त्यसलाई सच्याउने र हु.प्र.बाट तारेख थामी तारेखमा रहेका रेश्मीराजको तारेख टुटाई दिने भनी ०३८।३।१५।२ मा निर्णय भएको रहेछ । ३. उल्लिखित दुवै फैसला र मिसिलबाट विपक्षी सुगलुको उजुरीबाट मलाई झिकाइयो । तर, मेरो बयान गराइएन । प्रतिवाद गर्न मौका दिइएन । प्रतिवाद गर्न हाजिर भएकोलाई प्रतिवाद गर्