निर्णय नं. १०९६० - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९६० - अंश चलन भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७९/०१/०४ ६८०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१।४ ०७३-CI-०१२८ मुद्दा : अंश चलन पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, बागेश्वरी गाउँ विकास समिति वडा नं.. ९ बस्ने वीरबहादुरको नाती, भिमबहादुरको छोरा वर्ष ४५ को भिमसेन भन्ने रणबहादुर गुरूङसमेत विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, बागेश्वरी गाउँ विकास समिति वडा नं. ९ बस्ने वीरबहादुरको नाति, कृष्णबहादुरको छोरा वर्ष ५१ को हरिबहादुर गुरूङसमेत अंशियारहरूबिचको आपसी व्यवहार, निजहरूका नाममा कायम भएको छुट्टाछुट्टै दर्ता स्रेस्ता, निजहरूबिच भएको आपसी कारोबार, निजहरूको बसाइको अवस्था तथा समयको अन्तराल जस्ता कुराहरूलाई आधार मानी व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको वा नभएको निष्कर्षमा पुग्नु पर्ने । व्यवहार प्रमाणबाट छुट्टी भिन्न भई आ-आफ्नो दर्ता स्रेस्ता तिरो भरी गरी बसी आएकोमा लामो समयको अन्तरालपछि वा तेस्रो चौथो पुस्ताका अंशियारले पनि पुन: अंशको दाबी गरी अंश हक कायम गराउन पाइरहने हो भने अंशियारहरूमा जिम्मेवारी वोधको भावना हराई अनिश्चय र संशयमा बाँचिरहनुपर्ने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०४२, अङ्क १, नि.नं.२२२९ ने.का.प.२०५६, अङ्क १२, नि.नं.६८२४ ने.का.प.२०६२, अङ्क ४, नि.नं.७५२९ ने.का.प.२०६२, अङ्क १०, नि.नं.७६१५ ने.का.प.२०७०, अङ्क २, नि.नं.८९६४ ने.का.प.२०७२, अङ्क २, नि.नं.९३४५ सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बलभद्र बास्तोला भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल पुनरावेदन अदालत पाटन फैसला न्या.तिलप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनको मिति २०६९/७/१६ को फैसलाउपर प्रतिवादीहरूको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम दोहोर्‍याई हेरिपाउँ भनी दिएको निवेदनमा यस अदालतबाट मिति २०७३।३।१ मा दोहोर्‍याई हेर्न अनुमति प्रदान भई यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः मुद्दाको संक्षिप्त तथ्य हामी वादी प्रतिवादीहरूको बाजे वीरबहादुरको दुई छोराहरूमा जेठा हामी फिरादीहरूको पिता कृष्णबहादुर, कान्छा विपक्षीहरूका पिता भिमबहादुरसमेत जना २ हुन् । पिता कृष्णबहादुरको २०४० सालमा र आमा विष्णुमायाको मिति २०६६/८/२६ मा परलोक भई हक खाने जेठा छोरा रामशरण, माहिला छोरा शिवबहादुर, साहिला छोरा हरिबहादुर, काहिँला छोरा रामकिरण र कान्छा छोरा विष्णुबहादुर गुरूङ भए तापनि जेठो छोरा रामशरणको मिति २०५२ सालतिर परलोक भएको र निजको तर्फबाट श्रीमती छोरा छोरी कोही नभएकोले हकदारहरू ४ जना मात्र रहेको । काका भिमबहादुरको २०४१ सालमा परलोक भई हक खाने निजको श्रीमती गंगा कुमारीको पनि २०६३ सालमा परलोक भइसकेकोले अब बाँकी छोराहरूमा जेठा अर्जुन गुरूङको २०५४ सालमा परलोक भई निजको हक खाने श्रीमती मखमली गुरूङ, माहिला छोरा भिमसेन गुरूङ, साहिला कर्ण गुरूङ र कान्छा सकुल गुरूङ गरी ४ जना मात्र छन् । छोरीहरूको विवाह भइसकेको र हामी वादी प्रतिवादीहरू कुनैको विवाह गर्न बाँकी छैन । हामीहरूको दाजु तथा भाइ रामकिरण गुरूङ सानै उमेरदेखि मावल