निर्णय नं. १०९६२ - भ्रष्टाचार (नक्कली प्रमाणपत्र)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६२ - भ्रष्टाचार (नक्कली प्रमाणपत्र) भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७८/०६/१२ २१७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७८।६।१२ ०७६-CR-०६३३ मुद्दा:- भ्रष्टाचार (नक्कली प्रमाणपत्र) पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१० पुरानो बानेश्वर रोहपीमार्ग बस्ने भक्तबहादुर कार्कीको नाति दिवाकर कार्की क्षेत्रीको छोरा विकास कार्की विरूद्ध प्रत्यर्थी / वादी : नेपाल सरकार कुनै प्रमाणपत्र सक्कली वा नक्कली हो भन्ने ठहर प्रमाणपत्र जारी गर्ने सम्बन्धित परीक्षा बोर्ड वा सम्बन्धित शिक्षा परिषद्बाट नै हुने । त्रिभुवन विश्वविद्यालय, रेक्टरको कार्यालय, पाठ्यक्रम विकास केन्द्रले भारतको महाविद्यालयबाट ल्याएको प्रमाणपत्रमा समकक्षता (Equivalence) प्रमाणितसम्म गर्ने हो । समकक्षता भए नभएको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणिकरण “प्रमाणित नभएको” भनी प्रमाणित गर्नु फरक विषय हुने । तसर्थ, त्रिभुवन विश्वविद्यालय, रेक्टरको कार्यालय, पाठ्यक्रम विकास केन्द्रको समकक्षता प्रमाणित पत्रलाई प्रमाणपत्रको प्रमाणीकरण रहेको भनी अर्थ गरी योग्यताको प्रमाणपत्र वैध भएको भनी मान्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री धिरेन्द्र सिंह र श्री गणेशकुमार शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ सुरू फैसला गर्ने : अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य सदस्य मा. न्या. श्री नारायणप्रसाद पोखरेल विशेष अदालत काठमाडौं फैसला न्या.सपना प्रधान मल्ल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गाल, काठमाडौंको उ.द.नं. ४५०६ मिति २०७२।०९।२३ को आवश्यक कारबाही गरिपाउँ भन्ने बेहोराको उजुरी निवेदनमा संलग्न नेपाल प्रहरीमा कार्यरत ९९ जना कर्मचारीहरूमध्ये सि.नं. ९४ का प्रहरी नायब निरीक्षक विकास कार्कीले आई. ए. (प्रवीणता प्रमाणपत्र तह) को नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाई भ्रष्टाचार गरेकोले निजलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको उजुरी निवेदन । जिल्ला प्रहरी कार्यालय, संखुवासभामा प्रहरी नायब निरीक्षक पदमा कार्यरत श्री विकास कार्कीले बिहार इन्टरमिडिएट शिक्षा परिषद्, पटना, भारतबाट वि.सं. २०५२ सालमा Roll Code No. ११३७/३०२३० Enlistment No. PT/५५४/९३ बाट द्वितीय श्रेणीमा आई.ए. परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र आयोगको प.सं. शै.प्र. २०७४/०७५, च.नं. २६५ मिति २०७४।०९।०७ पत्रबाट राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा प्रमाणीकरणको लागि सोधिएकोमा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरको प.सं. २०७४/०७५ च.नं. ११६३ मिति २०७४।१०।१४ को पत्रबाट उक्त शैक्षिक योग्यताको प्रमाणपत्रको कैफियत महलमा NOT VERIFIED उल्लेख गरी प्राप्त भएको प्रमाणीकरण विवरण । मैले राष्ट्रसेवकको रूपमा २०५५।०९।०१ देखि नेपाल प्रहरी, प्रहरी सहायक निरीक्षक पदमा सुरू भर्ना र मिति २०६१।०६।१३ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भई जिल्ला प्रहरी कार्यालय, संखुवासभामा हालसम्म काम गरिरहेको छु । मैले