निर्णय नं. १०९६३ - छुट जग्गा दर्ता नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६३ - छुट जग्गा दर्ता नामसारी भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७९/०६/०४ २६७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति स् २०७९।६।४ मुद्दास्( छुट जग्गा दर्ता नामसारी ०७१(ऋक्ष्(०३०४ पुनरावेदक र वादी स् प्रेम सागरको छोरा जिल्ला दाङ, मानपुर गा।वि।स। वडा नं।९ बस्ने जीवराज पोखरेल विरूद्ध विपक्षी र प्रतिवादी स् मालपोत कार्यालय, दाङ ०७१(ऋक्ष्(०४२९ पुनरावेदक र प्रतिवादी स् मालपोत कार्यालय, दाङ विरूद्ध विपक्षी र वादी स् जिल्ला दाङ, मानपुर गा।वि।स।, वडा नं।९ बस्ने जीवराज पोखरेल एकै कित्ताको जग्गामध्ये केही जग्गा नापी गराउन सक्नेले सोही चक्लाभित्रको अन्य केही जग्गा छुट भएको भनी दाबी लिँदा त्यसरी तत्काल नापी गराउन छुट हुनुपर्नाका तर्कसम्मत आधार प्रस्तुत गरेको हुनुपर्ने । बिना मनासिब आधार र कारण केवल नापीमा छुट भएको जिकिर लिँदैमा त्यस्तो जिकिर स्थापित हुन नसक्ने । ९प्रकरण नं।४० वादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री शालिकराम सापकोटा प्रतिवादीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ अवलम्बित नजिर स् ने।का।प।२०६७, अङ्क ७, नि।नं।८४१७ ने।का।प।२०७३, अङ्क २, नि।नं।९५४३ सम्बद्ध कानून स् मालपोत ऐन, २०३४ सुरू तहमा निर्णय गर्ने अधिकारीः श्री टिकाराम घिमिरे मालपोत कार्यालय, दाङ पुनरावेदन तहमा फैसला गर्नेस् माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई पुनरावेदन अदालत तुलसीपुर फैसला न्या।नहकुल सुवेदी स् न्याय प्रशासन ऐन, २०७३ को दफा ९९१०९ग० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः( तथ्य खण्ड दाङ जिल्ला, साबिक घोराही गा।वि।स। वडा नं। ८ हाल मानपुर गा।वि।स। वडा नं।९ मजगैया बस्ने वर्ष ८१ की भगवती उपाध्यायको वारेस ऐ।ऐ। बस्ने जीवराज पोखरेलले साबिक लोहासुर मौजामा मेरो साबिक २ नं। रसिदबमोजिम ज।वि।३(०(१५ दर्ता स्रेस्ता भएको जग्गा सर्भे नापीको क्रममा कि।नं।११८ को ज।वि।२(७(१५।५ मात्र दर्ता भई साबिक घोराही गा।पं। लोहासुर मौजा हाल त्रि।न।पा। वडा नं।११ मा सर्भे नापी भएका बखतमा घोराही गा।पं। वडा नं।८९क० कि।नं।११७ बाट कित्ताफोड भई बनेको कि।नं। २९३ ज।वि। ०(०(४ को जग्गा घोराही तुलसीपुर राजमार्गमा परेको र कि।नं।२९४ भएको ज।वि।०(०(१४ को जग्गा सर्भे नापी हुने क्रममा म वृद्ध स्वास्नीमानिस लेखपढ गर्न नजान्ने र मेरो छोरा पनि घरमा नभएको कारणले छुट हुन गएको रहेछ । यसै कार्यालयको क्षेत्राधिकारभित्र पर्ने उक्त छुट जग्गा मेरै नाममा दर्ता स्रेस्ता गरिदिनु हुन मालपोत ऐन, २०३४ को परिच्छेद ३ को दफा ७ को उपदफा २ बमोजिम रू।१।( को टिकट टाँसी निवेदन दिएकी छु । मेरा भएका प्रमाणहरू बुझी मेरै नाममा दर्ता स्रेस्ता गरिपाउँ भनी मालपोत कार्यालय, दाङमा भगवती उपाध्यायले मिति २०४१।०७।२७ मा पेस गरेको निवेदन । उक्त विवादित जग्गा निवेदकको नाममा दर्ता गरिदिने भनी घोराही गा।पं।बाट मिति २०४१र०८र२५ मा सिफारिस भएकोमा सो जग्गा गाउँको निकास, सार्वजनिक थलो, पिपलको रूख, कुवा, पानीघाट र बाटोसमेत भएकोले छुट दर्ता माग गरेको वडा नं।८ ९क० कि।नं।२९४ को जग्गालाई साबिकबमोजिम कायम राखी पाउन रू।१।( को टिकट टाँसी निवेदन गर्न आएको छु । उपर्युक्त कित्ताको जग्गा नाप जाँच नगरी साबिकबमोजिम निकास, बाटो, पानीघाट, सार्वजनिक थलो रहिर