निर्णय नं. १०९६४ - लेनदेन (कारोबार)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९६४ - लेनदेन (कारोबार) भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७९/०४/१७ ४००७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।४।१७ ०७३-CI-०४०० मुद्दाः लेनदेन (कारोबार) पुनरावेदक / वादी : बुद्धिबहादुर भण्डारीको छोरी, निर्मलकुमार घिमिरेकी श्रीमती दोलखा जिल्ला मालुतिलाहार गा.वि.स. वडा नं.१ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३५ बस्ने रूपा भण्डारी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : विन्देश्वर साहको छोरा काठमाडौं जिल्ला मुलपानी गा.वि.स. वडा नं.३ स्थितमा रहेको आशुतोष प्रिन्टर्स प्रा.लि.का प्रोपाइटर धनुषा जिल्ला ठेराकचुरी गा.वि.स. वडा नं.८ घर भई हाल भक्तपुर जिल्ला बालकोट गा.वि.स. वडा नं.८ को परिवर्तित अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं.१ बस्ने शितल साह पूर्वे किस्ताको भाखा आसामीले नघाई उक्त किस्ता रकम नतिरेको अवस्थामा आफूले लगानी गरेको रकम उठाउनका लागि सम्बन्धित साहुले आसामीउपर मुद्दा दायर गरी कानूनी उपचार खोज्न नपाउने वा सम्पूर्ण रकम तिर्ने बुझाउने भाखा नाघेपछि मात्र नालिस गर्न पाउने भन्ने कुरा न्यायोचित नहुने । (प्रकरण नं.४) तमसुकबमोजिम प्रतिवादीले वादीलाई रकम बुझाउनु पर्ने तेस्रो, चौथो र पाँचौं किस्ताको रकम बुझाउने भाखा बाँकी नै भए तापनि पहिलो दुईवटा किस्ताको भाखा प्रतिवादीले नघाइसकेको देखिँदा उक्त तमसुकलाई अदालतले ग्रहण गरी इन्साफ गर्न मिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री धिर्जराज पोखरेल र श्री जगतबहादुर कार्की प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री शंकर सुवेदी, श्री टीकाराम भट्टराई र श्री शिवप्रसाद रिजाल अवलम्बित नजिर : ने.का.प.२०७२, नि.नं.९३४८, पृ.३०१ सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सुरू तहको फैसला गर्ने : श्री बालमुकुन्द दवाडी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती माननीय न्यायाधीश श्री युवराज सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.तिलप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनबाट मिति २०७२/११/०२ मा भएको फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन दायर भएकोमा मिति २०७३/०४/३० मा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई सुनुवाइको लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : मुद्दाको संक्षिप्त तथ्य विपक्षी प्रतिवादीसँग म फिरादीको धेरै अघिदेखि चिनापर्ची भई लेनदेन कारोबार भइरहेकोमा २०६७/०६८ सालको शैक्षिक सत्रमा पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरबाट कक्षा १ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तक छपाई गर्ने जिम्मा विपक्षी प्रोपाइटर रहेको आशुतोष प्रिन्टर्स (छापाखाना) को नामबाट विपक्षीले लिनुभएको रहेछ । सो पुस्तक छपाई, वितरणलगायतका कार्यमा नाफा नोक्सान बराबर बेहोर्ने गरी विपक्षीले मलाई साझेदार बनाएकोले मिति २०६७/१०/०१ मा विपक्षीसँग किताब छाप्ने र बिक्री गर्ने गरी लिखित सम्झौता भएपछि किताब छाप्ने प्रयोजनका लागि विभिन्न व्यक्तिसँग ऋण कर्जा लिई २०६९/०२/०५ सम्ममा मैले विपक्षीलाई जम्मा रू.४२,००,०००/- (बयालिस लाख रूपैयाँ) दिएकोमा विपक्षीले मलाई पटकपटक गरी मिति २०६९/०