निर्णय नं. १०९६५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९६५ - लेनदेन भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७९/०४/१७ ४६२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।४।१७ ०७३-CI-१६८० मुद्दा: लेनदेन पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. मल्हनीया वडा नं. ७ बस्ने स्व. मोतीलाल चौधरीको धर्मपत्नी सजनी देवी थरूनी विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सप्तरी गा.वि.स. पटेर्वा वार्ड नं. ८ बस्ने भोलाई चौधरीको छोरा जिवछप्रसाद चौधरी लेनदेनको विषयमा सर्वाधिक महत्त्वपूर्ण प्रमाण तमसुक लिखत नै हो । वादीले पेस गरेको दाबीको लिखत अन्यथा प्रमाणित नभएसम्म सद्दे नै मान्नुपर्ने । विशेषज्ञबाट परीक्षण हुँदासमेत लिखत जालसाज हो भन्ने स्पष्ट हुन नआएको अवस्थामा अदालतले अनुमानकै भरमा वादीबाट पेस भएको लिखतलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.२) सक्कल तमसुक नै पेस भएकोमा उक्त तमसुक अन्यथा प्रमाणित नभएको अवस्थामा वादी प्रतिवादीका साक्षी नबुझेको कारणबाट मात्र मुद्दाको निर्णयमा अन्यथा असर पर्ने अवस्था नदेखिने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री केशव पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री किरणप्रसाद शिवाकोटी सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री राजकुमार वन मा. न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज फैसला न्या.प्रकाशकुमार ढुंगाना : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत पुनरावेदन पत्रसहित मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड प्रतिवादीहरूका लोग्ने, बुबा मोतीलाल चौधरीले मसँग २०५७ साल चैत्र मसान्तभित्र बुझाउने भाखा गरी मिति २०५७।९।१७ मा रू.८०,०००।- (असी हजार रूपैयाँ) कर्जा लिई रीतपूर्वक कपाली तमसुक गरिदिनु भएकोमा तमसुकमा उल्लिखित भाखाभित्र साँवा ब्याज केही पनि नबुझाएकोले पटकपटक ताकेता गर्दासमेत नबुझाएको र पछि निजको मृत्यु भएपश्चात् विपक्षीहरूलाई तिर्नु बुझाउनु भन्दा वास्ता नगरेकाले साँवा रू.८०,०००।- तथा लिखत मितिदेखि आजसम्म १० वर्षको हुने ब्याज रू.८०,०००।- (असी हजार रूपैयाँ) समेत जम्मा रू.१,६०,०००।- र लागेको कोर्ट फीसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको फिराद दाबी । मिति २०५५।१।१ देखि आमा सजनी देवी थरूनीबाट खानोमानो अलग गरी बसेकोमा आमाबाट मिति २०६८।१।३० मा र.नं. १९४४६ बाट अंश भरपार्इसमेत गरी छुट्टीभिन्न भएकाले लेनदेन व्यवहारको २२ नं. बमोजिम मैले ऋण तिर्नुपर्ने होइन । फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी बद्रीनारायण चौधरीको प्रतिउत्तर जिकिर । मिति २०५५।१।१ देखि आमा सजनी देवी थरूनीबाट खानोमानो अलग गरी बसेकोमा आमाबाट मिति २०६८।१।३० मा र.नं. १९४४६ बाट अंश भरपाईसमेत गरी छुट्टीभिन्न भएकाले लेनदेन व्यवहारको २२ नं. बमोजिम मैले ऋण तिर्नुपर्ने होइन । फिराद दाबीबाट फुर्सद पाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विनोद चौधरीको प्रतिउत्तर जिकिर । मेरो पति मोतिलाल चौधरी जीवित रहेको अवस्थामा कसैसँग ऋण लिए नलिएको विषयमा केही भन्नुभएको थिएन । पतिको मृत्युपश्चात् मात्र मुद्दा दिएको देखिन्छ । तसर्थ सक्कल लिखत झिकाई अ.बं. ७८ नं. को प्रक्रिया पूरा गरिपाउँ भन्ने