निर्णय नं. १०९६६ - दर्ता बदर दर्ता हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६६ - दर्ता बदर दर्ता हक कायम भाग: ६४ साल: २०७९ महिना: माघ अंक: १० फैसला मिति :२०७९/०३/२९ २४१९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।३।२९ ०७३-CI-११६१ मुद्दा : दर्ता बदर दर्ता हक कायम पुनरावेदक / प्रतिवादी : नरबहादुर राईको श्रीमती खोटाङ जिल्ला, सुङ्देल गाउँ विकास समिति वडा नं. ४ बस्ने ध्यान सरी राईसमेत विरूद्ध प्रत्यर्थी / वादी : खोटाङ जिल्ला, वाक्सीला गाउँ विकास समिति वडा नं. ६ स्थित पृथ्वी उच्च माध्यमिक विद्यालय वाक्सीलाको तर्फबाट अख्तियारप्राप्त ऐ. विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्र राई घरसारको लिखत छ भन्दैमा मात्र स्वत: उक्त लिखतले मान्यता पाउन नसक्ने । उक्त लिखत वैधानिक र वास्तविक व्यवहारमा लागु हुने खालको हुनुपर्ने । लिखत गर्नुको तर्कसङ्गत र कानूनसङ्गत आधार कारणसमेत खुलेको हुनुपर्ने । (प्रकरण नं.५) जग्गामा हक कायम हुने गरी गरिने घरायसी लिखत एक संवेदनशील विषय हो । कुनै पनि जग्गामा कानूनबमोजिमको हकको स्रोत पुष्टि नभई त्यस्तो जग्गा उपर व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन सक्दैन । कुनै जग्गामा कानूनबमोजिमको हक स्थापित हुनका लागि सोहीबमोजिमकै स्रोत हुन आवश्यक हुने । (प्रकरण नं.५ र ७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू श्री चुडामणि पोखरेल, श्री विनोद शर्मा र श्री आशिष लुइटेल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क १०, नि.नं.१०११७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री इश्वरीप्रसाद गौतम खोटाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.निमित्त मुख्य न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल पुनरावेदन अदालत राजविराज (हाल उच्च अदालत, जनकपुर राजविराज इजलास) फैसला न्या.कुमार रेग्मी : पुनरावेदन अदालत राजविराज हाल उच्च अदालत जनकपुर, राजविराज इजलासको मिति २०७३।३।२७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) र ऐ. ऐनको दफा ३३(१) अन्तर्गत यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड खोटाङ जिल्ला, वाक्सीला गाउँ विकास समिति, वडा नं.९ बस्ने जगीधन राईको एकलौटी हकभोग भएको विद्यालयको हाट लाग्ने जग्गा चौताराडाँडाले छिनेको पूर्व, विद्यालयको साँध पश्चिम, हरिप्रसादले पञ्चायतलाई दिएको जग्गा साँध दक्षिण, चौताराडाँडा उत्तर यति चारकिल्लाभित्रको मानेडाँडाबारी विजन मुठी ।।।८ मध्ये विजन मुठी ।।।४ के पोत रू.१ लाग्ने कृष्णबहादुर जिम्मा-१, स्कुलको जग्गादेखि पश्चिम, पूर्व जराङखालीको साँध, स्कुलको साँध दक्षिण, हरिप्रसादले पञ्चायतलाई दिएको जग्गादेखि उत्तर यति चारकिल्लाभित्रको ऐ.बारी विजन मुठी ।।।८ मध्ये विजन मुठी ।।।४ के पोत रू.१ पैसा लाग्ने ऐ. जिम्मा-१ समेत साबिक खोटाङ जिल्ला, वाक्सीला मानेडाँडा पञ्चायत वडा नं.९ भई हाल ऐ.वाक्सीला गाउँ विकास समिति वडा नं.५ को जग्गा दाता जगीधन राईले पृथ्वी माध्यमिक विद्यालय, बुद्धबजार वाक्सीलालाई र.नं.३६८, मिति २०३८।७।७ गते मालपोत कार्यालय, खोटाङबाट दानपत्र रजिस्ट्रेसन पारित गरिदिई पृथ्वी उच्च माध्यमिक विद्यालय, वाक्सीलाको हकभोगको भई अविच्छिन्न रूपले भोगचलन गरी आएको नापीका बखत कि.नं.४३४ क्षेत्रफल २-३-३-२ कायम भएको उल्लिखित कि.नं.का जग्गा विद्यालयको ना