निर्णय नं. १०९६८ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९६८ - उत्प्रेषणयुक्त परमादेश भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०५/०९ २५९४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना आदेश मिति : २०७९।५।९ ०६७-WF-००३० मुद्दा:- उत्प्रेषणयुक्त परमादेश निवेदक : दाङ जिल्ला, कोइलावास घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं उपमहानगरपालिका, वडा नं. २, खुर्सानीटार मार्ग, लाजिम्पाट बस्ने रणबहादुर शाह विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत क्षतिपूर्ति निर्धारण गर्दा सम्बन्धित अधिकारीहरूले अधिग्रहण गर्न लागेको जग्गाको अवस्थिति, हाल उपयोग भइरहेको क्षेत्र, बजार मूल्य, वरिपरिको जग्गाको मूल्य, मालपोत कार्यालयले निर्धारण गरेको मूल्य वा क्रेता र बिक्रेताले तय गरेको मूल्य आदि कुराहरू हेरी क्षतिपूर्ति निर्धारण गर्न सक्दछन् । मुआब्जा निर्धारण र वितरणबिचमा समयको लामो अन्तराल भएमा मुआब्जा निर्धारणको समयको मूल्य (Historical Price) नभई मुआब्जा दिइएको समयको मूल्य (Present Price) लाई हेरेर सम्पत्ति गुमाउने व्यक्तिलाई मुआब्जा दिइनुपर्छ । मुआब्जाको अर्थ सम्पत्ति गुमाउने व्यक्तिलाई हुन गएको क्षतिको पूर्ण मुक्ति (Full Exoneration of the Expropriated Owner) हुँदा सो कुरालाई समेत मुआब्जा निर्धारणको क्रममा विचार गरिनुपर्ने । संविधान र विद्यमान कानूनको रोहमा हेर्दा उचित क्षतिपूर्ति नदिई जग्गा प्राप्त गरिनु जग्गा अपहरण गरेकोसरह हुन गई संविधान विरूद्ध हुन जाने । (प्रकरण नं.१२) जग्गा प्राप्तिसम्बन्धी राज्यको अधिकार सार्वजनिक हितको लागि मात्र गरिनुपर्ने । सार्वजनिक हितमा कार्य भएको छ वा छैन भन्ने कुरा संविधानको चश्माबाट हेरिनुपर्ने । (प्रकरण नं.१६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री रमणकुमार श्रेष्ठ, श्री कोमलप्रकाश घिमिरे, श्री बसन्तराम भण्डारी र श्री उपेन्द्र केसरी नेउपाने र विद्वान् अधिवक्ता श्री सुमन कुमार के. सी. विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेय र विद्वान् सहन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनी, विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बालकृष्ण नेउपाने श्री महादेवप्रसाद यादव, श्री शम्भु थापा, श्री प्रेमबहादुर खड्का, श्री सुशिलकुमार पन्त, श्री सुरेन्द्रकुमार महतो, श्री हरिहर दाहाल, श्री विश्वराज भट्टराई र श्री मुक्ति प्रधान तथा विद्वान् अधिवक्ताहरू श्री कृष्णप्रसाद पोखरेल श्री भोजराज आचार्य र श्री नरेशकुमार डंगोल अवलम्बित नजिर : ने.का.प.२०५०, नि.नं.४७२१, पृ.१८० ने.का.प.२०५६, नि.नं.६७३६ ने.का.प.२०६६, नि.नं.८१७०, पृ.९७८ ने.का.प.२०७२, नि.नं.९५०८, पृ.२१४५ ने.का.प.२०७५, नि.नं.९९८६, पृ.६२८ ने.का.प.२०७५, नि.नं.१०१०२, अङ्क ९, पृ.१७६६ सम्बद्ध कानून : नेपालको संविधान जग्गा प्राप्ति ऐन, २०१८ र २०३४ यसअघि फैसला गर्नेः- माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री रामकुमार प्रसाद साह सर्वोच्च अदालत आदेश न्या.डा.आनन्दमोहन भट्टराई : प्रस्तुत रिट निवेदन निर्णयार्थ मिति २०६७।०६।१७ मा यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा सो इजलासका माननीय न्यायाधीशहरू श्री तपबहादुर मगर र श्री रामकुमार प्रसाद साहबिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को देहाय (ख)बमोजिम यस इजलाससमक्ष पेस ह