निर्णय नं. १५४७ - बिषयः उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५४७ - बिषयः उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरी पाऊँ । भाग: २४ साल: २०३९ महिना: असार अंक: ३ फैसला मिति :२०३९/०२/२० २५६६ निर्णय नं. १५४७ ने.का.प. २०३९ अङ्क ३ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको रिट नं. १३५६ आदेश भएको मिति : २०३९।२।२० मा निवेदक : जिल्ला दाङ सौडियार गा.पं.बस्ने जितुलादेवी भन्ने जितुलाकुमारी जौरे विरुद्ध विपक्षी : उच्चस्तरीय आयोग दाङ देउखुरी घोराही दाङ, जि.दाङ्ग सौडीयार गा.पं.वडा नं.७ को परिवर्तित वार्ड नं.८ बस्ने खुसीराम चौधरी बिषय : उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा वा आदेश जारी गरी पाउँ (१) मोहीको मृत्यु भए पछि निजको मोहियानी हक कसलाई प्राप्त हुने भन्ने विषयमा भू.सं.ऐन, २०२१ को दफा २६ (१) मा व्यवस्था गरेको पाइन्छ । जग्गाधनीले निजको पत्नी अथवा छोराहरु मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुने अवस्था छ, मोहियानी हक अपुतालीबाट सरी आउने कुरा नभएकोले पञ्चायतमा बाली धरौटी राखेको आधारमा मात्र मोही ठर्हछ भन्न कानून विपरीत हुन्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा उल्लिखित मुद्दा :  आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी आयोगको ०३६।१२।२६ को निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदनको जिकिर यस प्रकार छः २. विपक्षी खुशीराम चौधरीको विपक्ष आयोग समक्ष मेरो जि.दाङ्ग सौडियार वार्ड नं.७क.कि.नं.१४३, ६४, २१३, २२०, १४५, १६२, ११४, ११३, १५०, २४१ को मोहियानी प्रमाणपत्र नपाएको हुँदा पाउँ भनी उजुरी दिनु भएकोमा दावी लिएको जग्गा कमाउन दिएको होइन जो बुझ्नु पर्छ बुझी कारवाई गरी दिएमा मेरो मञ्जुर छ भन्ने समेत मेरो कागज भएकोमा जग्गाधनीले ०३५ सालको धान बाली बुझी नलिएकोले ऐन बमोजिम पञ्चायत जिम्मा रहेको मिसिल साथ रहेको मुचुल्काबाट देखिएकोले जग्गा उजुरवालाले जोतेकै देखिन आएको हुँदा भू.सं.ऐन, २०२१ को दफा २५ अनुसार उजुरवाला मोही ठहर्छन, शर्तमा अधिया भन्ने देखिन आएकोले मोही प्रमाण पूर्जा सौंपी दिने भन्ने समेत उच्चस्तरीय आयोग दाङ्ग देउखुरीको निर्णय रहेछ । ३. विपक्ष खुसिराम भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (१) वा २५ (२) कुन अन्तर्गतको मोही हो भन्ने कुरा विपक्ष आयोगको निर्णयमा नखुलेकोले उक्त निर्णयलाई हचुवा निर्णयको संज्ञा दिन सकिन्छ । उक्त निर्णय न्यायिक तरीकाबाट भएको भन्न नमिल्ने भएबाट ने.का.प. ०३५ फु.बे.नि.नं.११५६ मा प्रतिपादित कानूनी सिद्वान्त अनुसार पनि बदरभागी रहेको छ । विपक्षीले १ नं.अनुसूची भरेको र २ नं.अनुसूची प्रकाशित समेत भएको छैन र मोही समेत नभएकोमा मोही कायम गरिएकोबाट भूमिसम्बन्धी नियम, २०२१ को नियम ३, ६ र ९ को समेत प्रतिकूल रहेबाट बदरभागी रहेको छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२) अन्तर्गत मोही कायम हुनको लागि ऐ.ऐनको दफा ३४ (१) अनुसार कबुलियत भएको हुनु पर्ने सो छ भन्न र पेश गर्न नसकेकोमा समेत मोही कायम हुने भनिएबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (२) ३४ (१) समेत प्रतिकुल रहेबाट उक्त निर्णय बदर गरी पाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षीबाट लिखितजवाफ मगाउनु भन्नेसमेत स.अ.सिं.बेञ्चको २०३७।३।१७।२ को आदेश। ५. विपक्षी ज