निर्णय नं. १०९७० - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७० - ज्यान मार्ने उद्योग भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०१/११ ३९९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।१।११ ०७१-CR-०९१२ मुद्दा : ज्यान मार्ने उद्योग पुनरावेदक / प्रतिवादी : जिल्ला बारा, भवानीपुर जीतपुर गा.वि.स. वडा नं. ९ बस्ने हरिफ महतोको छोरा भरत महतो कोइरी विरूद्ध प्रत्यर्थी / वादी : महेन्द्र महतो कोइरीको जाहेरीले नेपाल सरकार ज्यान मार्ने उद्देश्यले साङ्घातिक प्रहार गरेको र कुटपिट गरेको कसुर फरक हुने । एउटै वारदातमा पनि विविध घटनाको कसुर हुन सक्ने हुँदा सोहीबमोजिम कसुरअनुसारको अनुसन्धान र अभियोजन गरिनुपर्ने । कुनै पनि कसुरलाई कसुरदारले गरेको कार्यको सिर्जित परिणामबाट हेरिनुपर्ने र न्यायिक निरूपण गर्नुपर्ने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री नारायणप्रसाद देवकोटा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री शंकर खत्री अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क २, नि.नं.९९६१ सम्बद्ध कानून : सुरू फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री ब्रजेश प्याकुरेल बारा जिल्ला अदालत पुनरावेदन फैसला गर्नेः- माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०६९।०२।३० को फैसलाउपर मुद्दा दोहोर्‍याइपाउँ भनी प्रतिवादी भरत महतो कोइरीको तर्फबाट परेको निवेदनमा साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड प्रतिवादी भोला महतोसमेत जग्गाको विषयलाई रिसइवी लिई ज्यान मार्ने धम्की दिई आइरहेका थिए । यस्तैमा मिति २०६५।०३।२१ गते मेरो सम्धिनीको नाममा दर्ता रहेको खेतमा मेरो पत्नीसमेत धान रोपाइँ गरिरहेका थिए । सोही समयमा प्रतिवादी भरत महतो र निजका भाइ तथा छोरासमेतले हात हातमा फर्सा, भाला, खुकुरीसमेतका हतियार बोकी आए । भरत महतोले यसको बुबाले मलाई धेरै सताएको छ, यसको ज्यान मारी फालिदेउ भनी बचन दिनासाथ भरत महतोसमेतका प्रतिवादीहरूले चारैतिरबाट छोरा रामेश्वर महतोलाई घेरी उम्कन नदिई ज्यान मार्ने मनसायले प्रतिवादी भरत महतोले टाउकोमा फर्सासमेत प्रहार गरी टाउको काटी घाइते बनाएका हुन् । मेरो श्रीमतीसमेत तत्काल घटनास्थलमा पुगेको कारण निजको ज्यान जोगिन गएको हो । बचाउका लागि आएका मेरो श्रीमती रामसखिया, अच्छेलाल महतो, प्रेमचन्द्र महतो, उर्मिला कोइरिनसमेतलाई प्रहार गरी घाइते बनाएकोले निज प्रतिवादीहरूलाई ज्यान मार्ने उद्योगतर्फ कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महेन्द्र महतो कोइरीको मिति २०६५।०३।२७ को जाहेरी दरखास्त । जिल्ला बारा, इनर्वासिरा गा.वि.स. वडा नं. ८ स्थित पूर्वमा धान खेत, पश्चिममा रमौली गाउँ, उत्तरमा खेत, दक्षिणमा खेत यति चार किल्लाभित्र बाटोमा जग्गासम्बन्धी विषयमा भरत महतो तथा रामेश्वर महतो कोइरीबिच झगडा हुँदा रामेश्वर महतो कोइरीसमेत घाइते भई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको भन्ने मिति २०६५।०३।२९ को घटनास्थल प्रकृति मुचुल्का । म आफ्नो कवाडको पसल जीतपुरमा गएको बेला मेरो दाजु भरत महतो कोइरी तथा जाहेरवाला महेन्द्र महतो कोइरीको घर