निर्णय नं. १०९७१ - गैरकानूनी निर्णय बदर गरी उचित आदेश गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९७१ - गैरकानूनी निर्णय बदर गरी उचित आदेश गरिपाऊँ । भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०५/१३ ३२६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।५।१३ मुद्दा:- गैरकानूनी निर्णय बदर गरी उचित आदेश गरिपाऊँ । ०७१-RB-०१९० पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने भगिरथ मानन्धरको छोरा श्रीजन मानन्धरसमेत विरूद्ध विपक्षी / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० स्थित नेपस्वेन ट्रेडिङ इनकर्पोरेटे प्रा.लि.का सञ्चालक सेयरधनी पर्सा जिल्ला वीरगन्ज नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर बस्ने राजेशकुमार कर्ण ०७२-RB-०३९९ पुनरावेदक / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ३ बस्ने विशाल श्रेष्ठ विरूद्ध विपक्षी / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० स्थित नेपस्वेन ट्रेडिङ इनकर्पोरेट प्रा.लि. का सञ्चालक सेयरधनी पर्सा जिल्ला वीरगन्ज नगरपालिका वडा नं. ३ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर बस्ने राजेशकुमार कर्ण ०७३-RB-००८१ पुनरावेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० मा कार्यालय रहेको नेपस्वेन ट्रेडिङ इन्कर्पोरेटेड प्रा.लि. (प्रा.लि. नं. ९२५६०) को संस्थापक सेयरधनी र सञ्चालक पर्सा जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं. ३ मा स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वर बस्ने राजेशकुमार कर्ण विरूद्ध प्रत्यर्थी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने श्रीजन मानन्धरसमेत निजी कम्पनीका सञ्चालकलाई सञ्चालक समितिको बैठकको सूचना नदिई वा अल्पमतमा रहेका सेयरधनीलाई नै जानकारी नदिई सेयर दाखिला खारेज गर्ने निर्णय अल्पमतमा रहेका सेयरधनी (minority shareholder) को संरक्षणका सम्बन्धमा बहुमतका सेयरधनीले पालना गर्नुपर्ने उच्चतम परमविश्वासको कर्तव्य (heightened fiduciary duty) उल्लङ्घन गरी कम्पनीको नियमावलीको अल्पमतका सेयरहोल्डरको संरक्षण गर्ने प्रावधान तथा कम्पनी ऐन, २०६३ को दफा १३९ को दायित्व सञ्चालक समितिका बहुमत सदस्यहरूले अनिवार्य पालना गर्नुपर्ने । (प्रकरण नं.९) कम्पनी ऐन, २०६३ को दफा १३९ बमोजिमको प्रावधान अल्पमतका सेयरधनीले मात्र प्रयोग गर्न सक्ने भनी सो दफामा उल्लेख नभए तापनि कुनै कम्पनीको controlling shareholder ले आफ्ना हकहितको रक्षा आफ्नो controlling position को हैसियतले प्राप्त हुने अधिकार को सामान्य नियमित प्रयोगमार्फत नै गर्न सक्दछ तर अल्पमतका सेयरधनीको सम्बन्धमा त्यस्तो controlling position को अभाव हुने भएकाले दफा १३९ को उद्देश्य विषेशतः अल्पमतका सेयरधनीको हकहितको रक्षा गर्नु हुने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महेशकुमार थापा र विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद पोखरेल प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलाश के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : कम्पनी ऐन, २०६३ सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट पुनरावेदन अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम