निर्णय नं. १०९७३ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९७३ - अंश चलन भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/०६/१६ २०८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति : २०७८।६।१६ ०७५-CI-०६९४ मुद्दाः- अंश चलन पुनरावेदक / प्रतिवादी : स्व. गंगादत्त खतिवडाको नाति स्व. ठाकुरप्रसाद खतिवडाको छोरा सुदर्शनकुमार खतिवडाको श्रीमती काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडा नं. ४ को हाल परिवर्तित गोकर्णेश्वर नगरपालिका वडा नं.१३ बस्ने सुनिता चापागाइँ खतिवडा विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला जोरपाटी गा.वि.स. वडा नं.४ को हाल परिवर्तित गोकर्णेश्वर नगरपालिका वडा नं.१३ बस्ने गंगादत्त खतिवडाको छोरा बुहारी ठाकुरप्रसाद खतिवडाको श्रीमती जानकी खतिवडासमेत चुलो मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरेको सम्पत्ति सबै अंशियारको सगोलको सम्पत्ति रहेछ भनी अदालतले अनुमान गर्ने । (प्रकरण नं.४) एकासगोलमा रहेका अंशियारका नाममा मानो छुट्टिएको मितिअगावै राजीनामाको बेहोराबाट खरिद गरिलिएको सम्पत्तिमा वादीको अंश लाग्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेन्द्रकुमार महतो र विद्वान् अधिवक्ता श्री सुदिप नेपाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मणप्रसाद फुयाल र श्री राजेश्वर अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री कमलराज विष्ट काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री भीमकुमार ओझा माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुङ्गाना : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रूपमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यगत बेहोरा र ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा स्व. गंगादत्त खतिवडाको छोरा स्व. ठाकुरप्रसाद खतिवडाको दुईवटा श्रीमती जेठी प्रतिवादीमध्येको रेवती खतिवडा र निजतर्फको छोरा सुदर्शन खतिवडा छन् । कान्छी म वादीमध्येको जानकी खतिवडा र मेरोतर्फबाट जन्मिएको छोरा मणिराम खतिवडा भई निजको श्रीमती वादी पार्वती भट्ट भई निजहरूबाट जन्म भएका छोरा वादी मनिष खतिवडा र छोरी मनिषा खतिवडा हुन् । मणिराम खतिवडाको हाल मृत्यु भइसकेको छ । हाम्रो भएको पैतृक सम्पत्ति सबै विपक्षीहरूको जिम्मामा भएको हुँदा सबै भएको पैतृक सम्पत्ति विपक्षीहरूले आफूखुसी प्रयोग गरी हामी वादीहरूलाई खान लाउन र बासको व्यवस्थासमेतबाट वञ्चित पारेको हुँदा अहिले म वादी पार्वती भट्ट खतिवडाको सानो नोकरीबाट बच्चाहरू पढाउने र व्यवहार गरी आएका छौं । अरू आयस्रोत केही छैन । त्यसैले पैतृक सम्पत्तिमा हामी वादी प्रतिवादी सबैको बराबरी हक लाग्ने भएको हुँदा हामीले पनि पैतृक सम्पत्ति भोग चलन गर्न र आयस्ता खान पाउनुपर्छ, हामीले पनि अंश पाउनुपर्यो भन्दा धम्कीको जवाफ दिएको हुँदा यो फिराद दिन आएको छु । अतः विपक्षीहरूसँगबाट फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी त्यसको अघिल्लो दिनसम्मको अंशबण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी मागी दाखिला भएको सम्पत्तिबाट विवाह गर्न बाँकी मूल अंशियार नभएको हुँदा प्रतिवादी रेवती खतिवडा-१, प्रतिवादी सुदर्शन खतिवडा-१, वादी जानकी खतिवडा-१, स्व. मणिराम खतिवडाक