निर्णय नं. १०९७४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७४ - अंश भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/११/१७ ३३५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।११।१७ मुद्दाः अंश ०६९-CI-०३०८ पुनरावेदक / वादी : कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं. १६ बस्ने सोमबहादुर थापाको छोरा ताराबहादुर थापा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ऐ.ऐ बस्ने ताराबहादुरको श्रीमती मनु थापा ०६९-CI-०३०९ पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, उपमहानगरपालिका वडा नं. १६ बस्ने ताराबहादुरको श्रीमती मनु थापा विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ बस्ने सोमबहादुर थापाको छोरा ताराबहादुर थापा सगोलमा रहँदा सामूहिक प्रयासबाट आर्जित सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने देखिने । यदि सम्पत्तिको केही भाग निजी थियो भने पनि त्यसलाई सामूहिक सम्पत्तिमा मिसाइयो भने (blended in common stock) सो सम्पत्तिलाई सबै अंशियारको अंश हक लाग्ने सगोलको सम्पत्ति भनी मान्नुपर्ने । यसरी सगोलको सम्पत्तिमा मिसाइएको अवस्थामा निजी आर्जनको सम्पत्तिले समेत सगोलको सम्पत्तिको स्वरूप धारण गर्ने । (प्रकरण नं.५) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री सपना सुवेदी वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल र विद्वान् अधिवक्ता श्री विशेश्वर ढकाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री जयराज जोशी कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा.का.मु.मुख्य न्यायाधीश श्री ऋषिराज जोशी माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन अदालत पोखरा फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्यगत बेहोरा पिता सोमबहादुर थापाको ४ वटी श्रीमतीहरूमा जेठी भूमिसरा थापा, माहिली खगीसरा थापा, साहिली डिल्लीसरा थापा र कान्छी पवित्रा थापा भई निज माता पिताबाट जेठी आमातर्फ छोरा एक मानबहादुर, माइली आमातर्फ दाजु सूर्यबहादुर र म फिरादीको जायजन्म भएको हो । माइली मेरी आमाको २०२१ सालतिर कालगतिले परलोक भइसकेको छ । साहिली आमातर्फ छोरा चोकबहादुर थापा, चित्रबहादुर थापा र प्रेमबहादुर थापा गरी ३ छोराहरूको जायजन्म भएको छ । अन्य जायजन्म भएका ५ छोरीहरूको विवाह दान भइसकेको छ । उल्लिखित अंशियारा परिवारहरू ठुलो परिवार भएका कारण पिताले २०३५ सालमा घरसारमा मानो अलग गरी आ-आफ्नो खती उपती गरी खाई आएका हौं । २०४० सालमा विपक्षी मनुसँग मेरो विवाह भई विपक्षीलाई लिई जागिरको सिलसिलामा ब्रिटिस आर्मीमा गएको र निजबाट दुई छोरी समिता थापा र श्रद्धा थापाको जायजन्म भएको हो । पेन्सनबाट निस्की घरमा फिर्ता भई पुन: जापान गएको हुँ । कमाई गरेको धन पैसाजति विपक्षीलाई पठाउने गरेको र सोही धन पैसाबाट विभिन्न ठाउँमा राजीनामा गरी जग्गा खरिद गरेको थियो । तर पछि उक्त जग्गाहरूमा तेरो हक लाग्दैन भन्ने विपक्षीबाट जवाफ पाएको हुँदा उक्त जग्गा मेरोसमेत हकको भएको हुँदा अंशबण्डाको महलको १, २, १० नं.समेतका आधारमा सोही ऐनको २०, २१, २२, २३ नं.बमोजिम तायदाती फाँटवारी लिई नाबालक २ छोरीहरूको विवाह खर्च परसारी हामी २ अंशियारा हुँदा २ भाग लगाई सो २ भागको १ भाग अंश मलाई दिलाइपाउँ भन्नेसमेत बेहोराको ताराबहादुर थापाको फिराद दाबी । मेरा