निर्णय नं. १०९७७ - विष सेवन गराई मृत्यु (कर्तव्य ज्यान)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७७ - विष सेवन गराई मृत्यु (कर्तव्य ज्यान) भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७८/०३/२९ ८४३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति स् २०७८।३।२९ ०७३(ऋच्(०९५२ मुद्दा स् विष सेवन गराई मृत्यु ९कर्तव्य ज्यान० पुनरावेदक र प्रतिवादी स् सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका वडा नं। ११ घर भई हाल कारागार कार्यालय सुर्खेतमा थुनामा रहेको खगेन्द्र नेपाली विरूद्ध प्रत्यर्थी र वादी स् जंगबहादुर रोकायाको पूरक जाहेरीले नेपाल सरकार संयुक्त रूपमा मिलेर गरिने आत्महत्या ९क्गष्अष्मभ एबअत० मा दुवै पक्षले मर्नेसम्मको सबै काम गरेका हुन्छन र यदि कोही कसैको जीवन बच्दछ भने पनि तेस्रो पक्षको हस्तक्षेप वा नयाँ परिस्थितिको सिर्जना भएका कारणले मात्र त्यो सम्भव भएको हुन्छ । सामान्य व्यक्तिका आँखाबाट हेर्दा संयुक्त रूपमा मिलेर गरिने आत्महत्या ९क्गष्अष्मभ एबअत० र आत्महत्याको दुरूत्साहन उस्तै उस्तै जस्तो देखिने भए पनि अपराधको प्रकृति, वारदातका अन्तरवस्तुका साथै पीडित मृतकको मानसिक अवस्था आदिमा फरक रहने हुँदा यस्ता प्रकृतिका घटनाहरूको अनुसन्धान गर्दा सम्बन्धित अनुसन्धान अधिकृतले चनाखो भएर प्रमाणहरूको सङ्कलन र विश्लेषण गर्नुपर्ने । ९प्रकरण नं।१३० आत्महत्या जस्तो विषयमा अपरिपक्व बालबालिका वा नाबालकसँग कुनै किसिमको छलफल गर्नु, योजना बनाउनु वा आत्महत्या गर्न सहयोग गर्नु आफैँमा कसुरजन्य कार्य हुने । बालबालिकासँग गरिएको कुनै कारोबार, सम्झौता वा करारसमेत बदर हुने कानूनी व्यवस्था रहेकोमा आत्महत्या जस्तो गम्भीर विषयमा नाबालकसँग आत्महत्याको छलफल गर्नु नै अस्वीकार्य हुने । पीडित नाबालक भएमा बाँचेकै कारणले संयुक्त रूपमा मिलेर गरिने आत्महत्या ९क्गष्अष्मभ एबअत० भनी कुनै प्रकारको उन्मुक्ति वा सुविधा नपाउने । ९प्रकरण नं।१४० संयुक्त रूपमा मिलेर गरिने आत्महत्या ९क्गष्अष्मभ एबअत० को कसुर मुलुकी अपराध संहितामा परिभाषित भई सजाय निर्धारण गरेको नदेखिएको हुँदा फौजदारी कानूनमा यस्तो कसुरको परिभाषा र सजायको रिक्तता पूरा गर्ने कार्य कार्यपालिका र व्यवस्थापिकाको देखिँदा सो सम्बन्धमा कानून मन्त्रालयलाई ध्यानाकर्षण गराउने । ९प्रकरण नं।१९० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री मुकुन्द शर्मा पौडेल तथा अधिवक्ताहरू श्री विष्णुप्रसाद अधिकारी, श्री रामचन्द्र पौडेल, श्री वसन्तप्रसाद रिमाल, श्री राजकुमार उप्रेती र श्री सहदेव भण्डारी प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान अवलम्बित नजिर स् सम्बद्ध कानून स् मुलुकी अपराध संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री लिलाराज अधिकारी सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा। मुख्य न्यायाधीश श्री तेजबहादुर के।सी। माननीय न्यायाधीश श्री गुणराज ढुंगेल पुनरावेदन अदालत सुर्खेत फैसला न्या।अनिलकुमार सिन्हा स् पुनरावेदन अदालत सुर्खेतको मिति २०७३र३र१ को फैसलाउपर प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ९९१० बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः तथ्य खण्ड जिल्ला सुर्खेत उत्तरगंगा गाउँ विकास समिति वडा नं।३ चट्याडाँडा स्थित पूर्व बागदुला जाने बाटो वनबारी जङ्गल रहेको, पश्चिम बस्ने ढुङ्गा जाने बाटो, मृतकको कम्मरद