निर्णय नं. १०९७९ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९७९ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०२/०३ ६४३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।२।३ ०७७-WO-०४२४ विषयः उत्प्रेषणयुक्त परमादेशसमेत रिट निवेदक : खिलप्रसाद सिग्देलको छोरी रामप्रसाद ढुङ्गानाको पत्नी जिल्ला सिन्धुपाल्चोक, सिन्धुकोट गा.वि.स. वडा नं. १ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.७ बस्ने वर्ष ४३ की बिमला ढुङ्गानासमेत विरूद्ध विपक्षी : भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत धार्मिक आस्था र विश्वासको अधिकार व्यक्ति वा समुदायको विशुद्धः निजी मामिला हुने । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानूनले संरक्षण गरेको धर्म / संस्कृतिको अभ्यास र अवलम्बन गर्न पाउने अधिकारअन्तर्गत धार्मिक विश्वासको स्वतन्त्रतालाई सार्वजनिक रूपमा प्रकट गर्ने, पूजाआजा गर्ने, धार्मिक नियम र अभ्यासको अवलम्बन गर्ने, धार्मिक साँस्कृतिक पर्व, उत्सव, समारोह आदिको आयोजना गर्ने तथा त्यसमा सहभागी हुने, सोका लागि उपयुक्त स्थानको निर्माण वा चयन गर्ने एवम् अन्य संस्कारजन्य क्रियाकलापहरूको सञ्चालन गर्ने हक निहित रहेको मान्नुपर्ने । धर्मको हकअन्तर्गत धार्मिक मान्यताअनुरूपका खानपिन र पोसाकसम्बन्धी नियम, भाषागत संस्कार र गर्भावस्थादेखि जीवनोपरान्त गरिने मृत्यु संस्कारसम्मका सामाजिक जीवनका विभिन्न चरणमा गरिने सामाजिक, साँस्कृतिक संस्कार र परम्परा समेटिने भएकाले कुनै पनि जात जाति वा समुदायले परम्परादेखि गर्दै आएको अन्त्येष्टि संस्कारलाई सोही रूपमा अवलम्बन गर्न पाउने अधिकारसमेत धार्मिक तथा साँस्कृतिक अभ्यास र अवलम्बनको अधिकारअन्तर्गत निहित भएको मान्नुपर्ने । (प्रकरण नं.१३) व्यक्तिका प्रत्येक हक अधिकारहरू आफैँमा सार्वभौम र स्वतन्त्र हुने । एक अधिकारको मूल्यमा अर्को अधिकार (trade off) को संरक्षण वा अधिकारको प्राथमिकीकरणलाई मानव अधिकार विधिशास्त्रमा स्वीकार्य नमानिने । अन्तराष्ट्रिय मानव अधिकार र कानूनले स्वीकार गरेका वा मुलुकको संविधान वा कानूनले प्रत्याभूत गरेका व्यक्ति, नागरिक वा समुदायका सबै अधिकार तत् तत् सन्दर्भमा महत्त्वपूर्ण र संरक्षणयोग्य रहेका मानिने । (प्रकरण नं.१७) संविधानले नै सार्वजनिक स्वास्थ्य, नैतिकता र शिष्टाचारमा प्रतिकूल प्रभाव पार्ने धार्मिक सामाजिक कृत्यलाई राज्यले सीमा बन्देज लगाउन सक्ने प्रावधान राखेको र उक्त मान्यतालाई अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानूनले समेत स्वीकार गरेको सन्दर्भमा धार्मिक सामाजिक साँस्कृतिक हकको अभ्यास गर्दा सार्वजनिक स्वास्थ्य र शिष्टाचारमा प्रतिकूल प्रभाव नपर्ने गरी गर्नुपर्ने । (प्रकरण नं.१९) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क ४, नि.नं.७९५४ ने.का.प.२०७३, अङ्क ४, नि.नं.९५७७ ने.का.प.२०७५, अङ्क ९, नि.नं.१००८५ ने.का.प.२०७५, अङ्क ९, नि.नं.१००८६ ने.का.प.२०७५, अङ्क ११, नि.नं.१०१३० ने.का.प.२०७५, अङ्क ११, नि.नं.१०१३१ ने.का.प.२०७६, अङ्क ३, नि.नं.१०२१० सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ र धारा १३३ को उपदफा (२) र (३) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस