निर्णय नं. १०९८० - अबण्डा जग्गा बण्डा गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९८० - अबण्डा जग्गा बण्डा गरिपाऊँ । भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०८/२३ १२७३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।८।२३ ०७३-CI-०४८४ मुद्दा : अबण्डा जग्गा बण्डा गरिपाऊँ । पुनरावेदक / प्रतिवादी : जिल्ला सर्लाही, लौकठ गा.वि.स., वडा नं. ४ बस्ने ठगा रायको छोरा राम किशोर राय यादव विरूद्ध विपक्षी / वादी : जिल्ला सर्लाही, लौकठ गा.वि.स., वडा नं. ४ बस्ने ठगा रायको छोरा सोनेलाल राय यादवसमेत बण्डापत्रमा रहेको सीमित शब्दावलीको सापेक्षतामा नैसर्गिक हक रहने पैतृक सम्पत्तिबाट बञ्चित हुने गरी बण्डा नलाग्ने वा उल्लिखित जग्गा अबण्डा होइन भनी अर्थ गर्दा अंशबण्डासम्बन्धी अवधारणा र सोसम्बन्धी कानूनी व्यवस्थाको प्रयोगमा संकुचन आउने अवस्था सिर्जित हुन पुग्ने । पैतृक सम्पत्ति वा अंश जस्तो नैसर्गिक हक निहित रहने विषयमा स्पष्ट रूपमा बाहेक गरिएको अवस्थामा बाहेक त्यस्तो सम्पत्तिमा सबै अंशियारहरूको बण्डा लाग्ने भनी अर्थ गर्नु नै अंशसम्बन्धी अवधारणा एवम् विधिशास्त्रको विकासको दृष्टिले मनासिब हुने । (प्रकरण नं.४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री युवराज भण्डारी अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ११, नि.नं.८२६० ने.का.प.२०६९, अङ्क ६, नि.नं.८८४६ सम्बद्ध कानून : सुरू तहको फैसला गर्ने : मा. जिल्ला न्या. श्री कृष्णकमल अधिकारी सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित पुनरावेदन अदालत जनकपुर फैसला न्या.तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ बमोजिम दायर भई हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- मुद्दाको संक्षिप्त तथ्य मूल पुरूष स्वर्गीय ठगा राय यादव र निजको पत्नीको कोखबाट ६ जना छोराहरूको जायजन्म भएकोमा क्रमशः प्रतिवादी राजकिशोर राउत ग्वार भन्ने राम किशोर राय, राम ईश्वर राय, हामी वादी राम एकवाल राय, सोनेलाल राय यादव, राम प्रमोद राय र कान्छा अच्छेलाल राय हौँ । बाबु आमासमेत सगोलमा बस्दै आएकोमा परिवार संख्या वृद्धि हुन गएका कारण घरमा कलहसमेत भएकोले आपसी सहमतिले रामकिशोर नाउँमा रहेको जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त हुन बाँकी जिल्ला सर्लाही, धनगढा वडा नं. ९क कि.नं. ६९ को ०-१९-१३ जग्गा अबण्डा छाडी अरू सम्पत्ति लिनुदिनु गरी र.नं. ११६३१ मिति २०५१।०३।२९ मा मालपोत कार्यालय, सर्लाहीबाट अंश बण्डा गरी अलग भएकोमा कुनै विवाद थिएन । बण्डापत्र गरेपश्चात् आमाबाबुको मृत्यु भएकोले सो कि.नं. ६९ को जग्गासमेत ६ भाग लगाई सबै दाजुभाइले भोगचलन गरी आएका थियौँ । उक्त कि.नं. ६९ को जग्गाको दर्ता स्रेस्ता पुर्जा कायम भएपश्चात् सबैलाई बण्डा गरी दिनुभन्दा आजभोलि भनी आश्वासन दिई पछि तिमीहरूलाई दिन्न जे गर्नु छ गर भनी बण्डा गर्न इन्कार गरेकाले गा.वि.स. कार्यालयको सिफारिससाथ फिराद गर्न आएका छौँ । अतः प्रतिवादी राम किशोरका नाउँको उक्त कि.नं. ६९ को अबण्डा जग्गा ६ भाग लगाई ६ भागको ४ भाग हुने ०-१३-२ जग्गा पूर्वतर्फबाट हामी वादीहरूलाई बण्डा छुट्टयाई चलनसमेत चलाई पाउँ भन्नेसमेत बेहोराको फि