निर्णय नं. १०९८१ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०९८१ - आयकर भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७७/०८/२९ ७१३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति स् २०७७।८।२९ ०७२(च्द्य(०४९३ मुद्दाः आयकर पुनरावेदक र निवेदक स् ठुला करदाता कार्यालय, हरिहर भवन ललितपुरको तर्फबाट कार्यालयका प्रमुख कर प्रशासक आनन्दराज ढकाल विरूद्ध प्रत्यर्थी र विपक्षी स् काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं। १ हात्तिसारस्थित सिद्धार्थ बैंक लिमिटेड कारोबार वा व्यवसायसँग सम्बन्धित व्यक्तिले आफ्नो व्यावसायिक आवश्यकताअनुसार गरेको कारोबार स्थलको सजावट, डिजाइन, पेटेन्ट, डेकोरेसन वा लोगोलाई आयकर ऐनको प्रयोजनार्थ केवल आँखाले देख्न सकिने अस्तित्वमा रहेको आधारमा मात्र भौतिक अस्तित्वका वस्तुको रूपमा गणना गर्नुलाई आयकर ऐनको प्रयोजनार्थ मनासिब हो भन्न नसकिने । साजसज्जा, डिजाइनिङ वा स्वरूपको परिवर्तन व्यवसायको प्रकृति र मागमा आधारित हुने हुँदा त्यस्तो व्यावसायिक व्यक्तिले खुला बजारमा प्रतिस्पर्धात्मक तवरले आफ्नो व्यवसाय नै विस्तार गर्न सक्ने अवस्था नरहने । करदाताले आफ्नो व्यवसाय तथा कारोबारको प्रकृति एवं त्यसको लागि के कस्तो स्थान, कार्यालय, फर्निचर, फर्निसिङ इत्यादि आवश्यक महसुस गर्छ, करदाताले त्यस विषयमा आफैँले निर्क्योल गर्ने हुन्छ । कानूनले निर्देशित वा नियन्त्रित गरेको अवस्थामा बाहेक यो कर प्रशासनले नियन्त्रण वा निर्देशन दिने विषयको रूपमा लिने कुरा आयकरको प्रयोजनार्थ यसको विधिशास्त्रीय मान्यताभित्र परेको भनी मान्न नमिल्ने ि९प्रकरण नं।७० पुनरावेदक र निवेदकका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली प्रत्यर्थी र विपक्षीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री बालकृष्ण ढकाल अवलम्बित नजिर स् सम्बद्ध कानून स् आयकर ऐन, २०५८ सुरू तहमा निर्णय गर्ने पदाधिकारीस् प्रमुख कर प्रशासक श्री सुरेश प्रधान ठुला करदाता कार्यालय, ललितपुर प्रशासकीय पुनरावलोकनको निर्णय गर्ने पदाधिकारीस् महानिर्देशक श्री राजन खनाल आन्तरिक राजस्व विभाग, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री दिपककुमार कार्की लेखा सदस्य श्री हरी पोखरेल राजस्व सदस्य श्री मनिदेव भट्टराई राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या।सपना प्रधान मल्ल स् राजस्व न्याधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड ९घ० बमोजिम यस अदालतबाट पुनरावेदनको अनुमति प्राप्त गरी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार रहेको छः( तथ्य खण्ड करदाता सिद्धार्थ बैंक लिमिटेडले आ।व। २०६२र०६३ को लागि आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी करयोग्य आय हुने कारोबारतर्फ सोही ऐनको दफा ९६ अनुसार करयोग्य आय रू।९,०८,७७,०६५र( कायम गरी ठूला करदाता कार्यालयमा मिति २०६३।९।३० मा आय विवरण पेस गरेको । निज करदाताले आ।व २०६२।०६३ मा आयकर ऐन, २०५८ बमोजिम समावेश गर्नुपर्ने रकम आयमा समावेश नगरेको, खर्च कट्टी गर्न नपाइने खर्च दाबी भएको देखिएकोले सोही ऐनको दफा १०१ बमोजिम संशोधित कर निर्धारण गर्ने प्रयोजनको लागि संशोधित करयोग्य आय रू।९,५७,६०,६१२र( कायम हुने तथा नपुग अग्रिम आयकर दाखिला गर्नुपर्ने भएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुद प्रमाण भए १५९पन्ध्र० दिनभित्र पेस गर्न आयकर ऐन, २०५८ को दफा १०१९६० बमोजिम करदातालाई मिति २०६६।२।२१ मा सूचना जारी गरिएको । बैंकले लिजहोल्ड सम्पत्तिहरूको