निर्णय नं. १०९८३ - उत्प्रेषण, परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९८३ - उत्प्रेषण, परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०५/१२ १५९२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश डा।श्री मनोजकुमार शर्मा आदेश मिति स् २०७९।५।१२ ०७२(ध्इ(०१४६ विषय स् उत्प्रेषण, परमादेशसमेत निवेदक स् जिल्ला उदयपुर, तपेश्वरी गा।वि।स।, वडा नं।१ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं। १० बस्ने अधिवक्ता हुतराज कोइरालासमेत विरूद्ध विपक्षी स् नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत सुर्ती र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको मुख्य माथिल्लो भागको अगाडि र पछाडिको नब्बे प्रतिशत भागमा घातक रङ्गीन चित्र र चेतावनीमूलक सन्देश छाप्नु तथा अङ्कित गर्नुपर्ने व्यवस्थाले नेपाल यस विषयमा अति संवेदनशील रहेको र कुनै पनि माध्यमबाट नागरिकमा यसले पार्ने नकारात्मक प्रभावका बारेमा जागरूक गराई यस्ता वस्तुको उपभोगमा कमी ल्याउन अग्रसर रहेको देखाउने । जनस्वास्थ्यको विषयमा विश्वले लिएको नीति जस्तै नेपालले पनि कठोर र प्रभावकारी नीति लिएको भन्ने देखिने । नेपालले त्यस्ता उद्योगबाट प्राप्त गर्ने राजस्वभन्दा पनि जनस्वास्थ्य, समाज, वातावरण, दिगो विकास र भावी पुस्ता नै नेपालको प्राथमिकतामा पर्ने भन्ने सन्देश दिएको देखिने । यस्तो कार्यलाई नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न र विश्वमा उदाहरणीय रूपमा प्रस्तुत हुन नेपाल सक्षम र सबल रहेको सन्देश प्रवाह गराएको रूपमा लिनुपर्ने । ९प्रकरण नं।१४० संविधान प्रदत्त मौलिक हकको संरक्षण तथा कार्यान्वयन गर्ने प्रमुख दायित्व राज्यको भएकोले आम नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति राज्यले नै गर्नुपर्ने । सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा ओसारपसारलगायतका विषयहरूलाई नियमन, नियन्त्रण गर्नेदेखि लिएर यस्ता वस्तुहरूको सम्बन्धमा बनेका ऐन, नियम एवम् निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने गराउनेसम्मको सम्पूर्ण दायित्व राज्यकै हुने । संविधानमा व्यवस्थित राज्यको निर्देशक सिद्धान्त र नीतिहरूमा समेत स्वच्छ वातावरण र नागरिक स्वास्थ्यको क्षेत्रमा राज्यका नीति र कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरिने छ भन्ने विषयसमेत रहेको देखिँदा राज्यले यी विषयमा चाल्ने सकारात्मक तथा प्रभावकारी कदमलाई अन्यथा मान्न नमिल्ने । ९प्रकरण नं।१७० निवेदकका तर्फबाट स् विद्वान् अधिवक्ताहरू श्री हुतराज कोइराला, श्री डिल्लीप्रसाद न्यौपाने, श्री राधिका लामिछाने, श्री ज्योति बानिया विपक्षीका तर्फबाट स् सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी, विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री तुलसी भट्ट, श्री सतिषकृष्ण खरेल, श्री बालकृष्ण ढकाल, श्री महेशकुमार थापा, श्री बद्रीबहादुर कार्की, श्री देवेन्द्रप्रसाद न्हुच्छे प्रधान, श्री इश्वरीप्रसाद भट्टराई, श्री सुरेन्द्रकुमार महतो, श्री मेघराज पोखरेल तथा विद्वान् अधिवक्ताहरू श्री महेशकुमार थापा, श्री नारायण नेपाल, श्री तेजेन्द्र गिरी, श्री अमरजीवि घिमिरे, श्री शीर्षक घिमिरे र श्री कल्याण बल्लभ पन्त अवलम्बित नजिर स् ने।का।प।२०६६, अङ्क ९, नि।नं।८२१७ ने।का।प।२०७१, अङ्क २, नि।नं।९१२० ने।का।प।२०७१, अङ्क ३, नि।नं।९१३२ सम्बद्ध कानून स् नेपालको संविधान सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८ आदेश न्या।कुमार रेग्मी