निर्णय नं. ३४१४ - जग्गा खिचोला दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४१४ - जग्गा खिचोला दर्ता बदर भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/३२ ७५५ निर्णय नं. ३४१४ ने.का.प. २०४५ अङ्क ४ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४२ सालको दे.पूर्णइजलास नं. ८२ फैसला भएको मिति : २०४५।२।३२।३ मा निवेदक/वादी : नुवाकोट, वेलकोट गा.पं.वा.नं.५ बस्ने तीर्थबहादुर थपलिया विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने होमनाथ मुडवरी मरी मुद्दा सकार गर्ने ऐ.को श्रीमती ऐ.ऐ बस्ने गोकुलकुमारी मुडभरी मुद्दा : जग्गा खिचोला दर्ता बदर (१) झगडा परेको जग्गा वादी दावीको ४ किल्लासंग मिली भिडेको देखिने, प्रतिवादीको किल्लासंग भिडेको नदेखिने यस्तो स्थितिमा विवादको जग्गा वादीको राजीनामाको जग्गा देखिन आएको हुँदा वादी दावी बमोजिम प्रतिवादीका नाममा ७ नं. नापी गोश्वाराले दर्ता गरेको दर्ता बदर हुने । (प्रकरण नं. १२) निवेदक, वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गान्धी पण्डित फैसला न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको निर्णय दोहोर्याई पाउँ भनी तीर्थबहादुर थपलियाले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनपत्रहरू र यस बारे न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४२।५।१९।४ को पत्र तथा पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोर्याई दिनु हुकूम बक्सेको छ, भनी मौसुफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४२।६।७ मा लेखी आई पूर्णइजलासको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको तथ्य यसप्रकार छ : २. विर्ता जग्गा हुँदा हाल वेलकोट गाउँपञ्चायत मार्फत नुवाकोट मालमा बुझाउनु पर्ने हो सो मालमा विर्तातर्फको लगत नं. ६३ मा दाता उत्तरकुमारी खसम देवदत्त पनेरुका नाममा दर्ता भई निज देवदत्त वितेपछि यी उत्तरकुमारीको हक भई देवदत्तका नामबाट उत्तरकुमारीले आफ्नो नाममा नामसारी दर्ता गरी भोगचलन गरिआएको पूर्व भवनाथको खेत भनी लेखिएको विष्णुप्रसादको खेत पश्चिम २ खोलाको दोभान उत्तर वेतनी खोलाको दक्षिण भवनाथको खेत भनेको विष्णुप्रसादको खेत ५।। मध्येसिहान खण्डतर्फ रोपनी २।।। विष्णुप्रसादले र पुच्छर खण्डतर्फको रोपनी २।।। प्रचलित तिरो रु.६।७१ लागेको सिमले भन्ने खेत कित्ता १ नुवाकोट जिल्ला मदानपुर गाउँपञ्चायत पाखुरे बस्ने उत्तरकुमारी पनेरुबाट मौखिक शर्तमा लेखाए बमोजिम खाने गरी विष्णुप्रसादले रु.५००। र मैले रु.५००। समेत एउटै राजीनामाबाट मिति २०३१।१०।९ मा रु.१०००। मा २०३१ सालको बाली देखिलाई जोताहाको अस्थायी निस्सा समेत सौम्पि राजीनामा पारित गरी लिई मेरो हक हुन आई यो २०३४ सालको समेत सालसालै स्थानीय वेलकोट गाउँपञ्चायत समेतमा तिरो तिरी रसिद प्राप्त गरिआएको मेरो हकको जग्गामा सबूद प्रमाणको अलावा नापी टोली नं. ५ फिल्डबुक भरी कि.नं.२२१ लेखाउनु देखाउनु गरी लालपूर्जा प्राप्त गर्ने अवस्थामा विपक्षीले विर्तावार सूर्यजंग समेतको जिम्मावाला तोरणबहादुर मार्फत विर्तावाललाई तिरो बुझाई आएको ०१३ साल देखि विर्तावारले खोजी नगरेकोले मेरो नाममा रैकरमा परिणत गरेको जग्गा मेरा नाममा दर्ता गरिपाउँ भनी ७ नं. नापी गोश्वारामा उजुरी निवेदन गरेको कुरा प्रकाशमा आई विपक्षीका नाममा दर्ता होस् भनी उक्त गोश्वारामा मेरो उजुरी परी कार