निर्णय नं. ३४१५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४१५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/१७ ५३७ निर्णय नं. ३४१५ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४ सालको रि.नं. २१३७ आदेश भएको मिति : २०४५।२।१७।२ मा रिट निवेदक : झापा जिल्ला धाइजन गाउँपञ्चायत वडा नं. ३ बस्ने छम मेचे विरुद्ध विपक्षी : श्री जयनारायण मण्डल भू.सु.अ., भूमिसुधार कार्यालय, झापासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) वादी दावी भन्दा बाहिर गई गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) रिट निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिंधुनाथ प्याकुरेल प्रत्यार्थीतर्फबाट : विद्वान का.मु.सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. जिल्ला झापा धाइजन गा.पं. वडा नं. ३ कि.नं.३८ को जग्गा विगहा ३–५–० को जग्गाधनी विपक्षी नसुह प्रसाई र म मोहियानी हकको प्रमापण–पत्र प्राप्तवाला मोही हुँ । उक्त जग्गाको २०४२ सालको कूत प्रति विगहा १५ मनका दरले हुने धान मन ४८ शेर ३० दिए धानै नदिए त्यसको प्रति मन बजार भाउ रु.१०५।– ले हुने रु.५,११८।७५ दिलाई भराई जग्गाको मोहियानी हकबाट निष्काशन समेत गरिपाउँ भनी विपक्षीले दिनुभएको उजूरी निवेदन उपर म घरमा उपस्थित नभएको हुँदा छोरा कालु मेचेले मेरो तर्फबाट २०४२ सालको कूत विपक्षी कार्यालयमा मिति २०४२।११।१५ मा नगदी रु.४,५७१।७५ जग्गाधनीको ठेक्का बापत धरौटी राखेको हुँदा वादी दावी बमोजिम जग्गाको मोहियानी हकबाट निष्काशन हुनु नपर्ने भनी प्रतिवाद गरेका थिए । विपक्षी भूमिसुधार कार्यालयले छमेचे जीवित छउन्जेल कालु मेचेको मोहियानी जग्गामा हक नपुग्ने अ.बं. ६५ नं. र ८२ नं. अनुसार कालु मेचेले राखेको धरौटी र प्रतिउत्तरलाई कानूनी मान्यता दिन नमिल्ने प्रतिवादी स्वयं वा वारिश अख्तियारनामा दिई हाजिर हुन नआई म्याद गुजारी चित्त बुझाई बसेको र पेश गरेको सरजमीनबाट २०४१ साल देखि नै जग्गा जोत्न छोडी मोही परिवार सहित विदेशतर्फ हिंडी सकेको भन्ने देखिन आएकोले कूत भराउनु नपर्ने र भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(ख) बमोजिम आफ्नो दायित्व पूरा नगरी विदेशतर्फ हिंडीसकेको मोही हक मेचेको मोही लगत कट्टा हुने ठहर्छ भन्ने निर्णय मिति २०४३।३।७।५ मा गर्‍यो । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) र खण्ड (ग)(२) बमोजिम मेरो छोरा कालु मेचेलाई परिवारको हैसियतले मेरो मोहियानी हकको जग्गा जोत्न पाउने पूरा अधिकार प्रत्याभूत गरेको स्पष्ट छ । जग्गाधनीको नियत कपट पूर्ण रहेको हुँदा २०४२ सालको कूतको हुन आउने रकम रु.४,५७१।– र २५।– विपक्षी कार्यालयमा म्यादभित्रै मिति २०४३।११।९ मा निवेदन साथ धरौटी राखी मिति २०४२।११।१२ मा रसीद प्राप्त गरेको विपक्षी कार्यालयमा मौजूद हुँदा हुँदै मलाई मोहियानी हकबाट निष्काशन गर्नुबाट भूमिसुधार अधिकारीको प्रद्दत्त भावना उदाङ्ग भएको छ । जोताहा अस्थायी निस्सामा उक्त जग्गाको कि.नं.०३८ लेखिएको छ भने मोहियानी हकको प्रमाण–पत्रमा भने १३८ लेखिन गएको हुँदा सोही बमोजिम छोरा कालु मेचेले कूत धरौटी राखेको हो । सम्पूर्ण सबूद प्रमाणबाट धरौटी राखेको कूत विपक्षी नसुहु प्रसाईको कि.नं.०३८ जग्गाको नै हो भन्ने निर्विवाद पुष्टि भएको छ । विपक्षी भूमि