निर्णय नं. ३४१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/२४ ४५५ निर्णय नं. ३४१६ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४३ सालको रिट नं. २५३७ आदेश भएको मिति : २०४५।२।२४।२ मा रिट निवेदिका : सुनसरी, सिमरीया गा.पं. वडा नं. ७ बस्ने जिमिदारनी देवी थरुनी विरुद्ध विपक्षी : का.मु. भूमिसुधार अधिकारी, भू.सु.का.सुनसरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अधिकार प्राप्त अधिकारीले सबूद प्रमाणको मूल्यांकन गरी अधिकार क्षेत्र भित्र रही निर्णय गरेको देखिएकोले रिट निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०) रिट निवेदककोतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. सुनसरी जिल्ला सिमरिया गा.पं. वडा नं. ८(ख) कि.नं.७ को भीट अवल ज.वि. ०–६–१३ र ऐ.ऐ कि.नं.८ को धनहर दोयम ज.वि. ०–१७–१३ १/३ समेत जग्गाको विपक्षीको पति मोही भएको । भिट अवल जग्गा मध्ये ०–२–० मा बाँस भएको, कूत पनि नबुझाएको धरौट पनि नराखेको ०–४–१३–१/३ को विगहा १ को पटुवा मन ७ १/३ ले हुने पटुवा मन १–१२–७ को पटुवा मन १ को रु.४५०।– ले हुने ६९९।१५ र धनहर दोयम जग्गा ०–१७–१३ १/३ को विगहा १ को ११ १/३ मनले धान मन १०–५–७ दिए, धान पटुवा नदिए धान मनको रु.९४।– हुने रु.९५२।७५ समेतले हुने रु.१६५१।९० दिलाई भराई मोहीबाट निष्काशन गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षीको ०४१।१२।२६ को दावी । म्यादै भित्र बजार दर भाउले हुने रु.११४८।६५ वादीले बुझ्न इन्कार गरेबाट सिमरिया गा.पं. मा धरौट राखेको छु भन्ने समेत व्यहोराको मेरो प्रतिवाद । वजार भाउ प्रति मन रु.९०। ले हुने रु.११४८।६५ मिति ०४१।१२।३० मा गा.पं सिमरियामा धरौट रहेको ०४१।१२।२६ मा ज.ध.लाई जनाउ दिएको भन्ने समेत गा.पं. को पत्र । विपक्षी मोहीले कानून बमोजिम भिट अवलको पटुवा मन ७ १/३ प्रति विगहा १ को बुझाउनु पर्ने मोहीको कर्तव्य हुन आउँछ । तर प्र. मोही जिमिदारनी देवी थरुनीले कानून बिपरीत सबै जग्गाको प्रति विगहा १ को प्रति मन ११ १/३ को दोयम जग्गाको हिसाव गरी धरौट राखेको देखियो । मिसिल संलग्न प्रमाणको आधारमा वादी जग्गाधनीले भीट अवल ०–६–१३ का पटुवार र धनहर दोयम ०–१७–१३ १/३ जग्गाको कानून बमोजिम कूत रु.१४३५ । पाउनु पर्नेमा सिमरिया गा.पं. को पत्रबाट मोहीले ११४८।६५ मात्र धरौट राखेको छ भन्ने देखियो । अतः जग्गावालाले पाउने कूत बापतको बिगो रु.१४३५।– को सयकडा ९०प्रतिशत ले हुने रु.१२९१।५० भन्दा पनि कम रु.११४८।६५ मात्र प्रतिवादी मोहीले धरौट राखेकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश अनुसार कूत बुझाएको ठहर्दैन । सो नठहरनाले ऐनको दफा २९ को उपदफा (१) अनुसार उक्त दुबै कित्ता जग्गाबाट प्रतिवादी मोही निष्काशन हुने ठहर्छ भनी विपक्षी अधिकारीज्यूले मिति २०४३।१।१४ मा निर्णय गर्नु भएबाट प्रस्तुत रिट निवेदन गर्न आएकी छु । ३. नेपाल राजपत्र भाग ३ आश्विन २९ गते २०३० सालमा श्री ५ को सरकार भूमिसुधार मन्त्रालयको सूचनाले कूतको दर तोकेको छ जस अनुसार प्रति विगहा