निर्णय नं. ३४१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/३१ ४४० निर्णय नं. ३४१७ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको रिट नम्बर १३५६ आदेश भएको मिति : २०४५।२।३१।२ मा रिट निवेदक : भ.पु.जि.भ.पु.न.पं. वडा नं. २७ भार्वाचो बस्ने अष्टनारायण वाइजू विरुद्ध विपक्षी : ऐ.ऐ बस्ने नारायणभक्त राजलवटसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) उजूरीमा उल्लेख भएको जग्गाका कि.नं.उल्लेख नगरी उजूरी नै नपरेको जग्गाको कि.नं.उल्लेख गरी जारी गरेको वेरीतको सूचना म्यादबाट प्रतिवाद नगरेको भनी दोष लगाउन नमिल्ने यस्तोमा प्रत्यर्थीको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल प्रत्यर्थीतर्फबाट : विद्वान सह–न्यायाधिवक्ता श्री जीतबहादुर कार्की आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ :– २. जग्गा धनी केदारनाथ उपाध्याय र ऋषिराज भण्डारी जना दुईको नामको जोताहा मोहीमा मेरो आमा आसमाया वाइजूले जोती कमाई आएको रोपनी १–१०–० जग्गा सर्भे नापीमा भ.पु.जि.न.पं. वडा नं. १७(ग) कि.नं.२४७ क्षेत्रफल ३–८–० मा घुसाई विपक्षीले नाप नक्शा गराउनु भएकोमा तत्काल मेरी आमा आसमायाले उजुरी दिनु भई तत्कालिन भूमिसुधार कार्यालयबाट कित्ताकाट गरी ऐ.कि.नं.२७२ को क्षेत्रफल १–१०–० मा जोताहा मोही आमा आसमाया कायम गरी जोती कमाई आउनु भएको हो । आमा आसमाया आफ्नै कालगतिले मिति २०३०।६।८ मा परलोक हुनु भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम आमापछि मोहियानी हक म छोरा अष्टनारायणले पाउने भई साविक झै जोती कमाई आएको छु । वादी विपक्षी नारायणभक्त र प्रतिवादी म अष्टनारायण भएको खिचोला मुद्दामा आमा आसमायाले कि.नं.२०४७ बाट कित्ताकाट गराई मोहियानी हकको अस्थायी पूर्जा पाएको कि.नं.२७२ को वेरीतको निस्क्रिय पूर्जाको भरमा विपक्षीको धान बालीमा खिचोला गर्न आए भनी पर्न आएको खिचोला मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०४०।१०।२२ का दिन अधिकार क्षेत्रात्मक त्रुटीको कारण खारेज हुने ठहर्याई भएको फैसला बागमती अञ्चल अदालतबाट मिति २०४१।३।८ मा सदर फैसला भएको छ । वादी विपक्षी नारायणभक्त र प्रतिवादी आसमाया भएको जोत बदर मुद्दामा भूमिसुधार कार्यालयबाट आमा आसमाया नामको कि.नं.२७२ को जोताहा हक बदर नभई विपक्षीको उजूरी नै तामेलीमा रहने भक्तपुर जिल्ला अदालतको मिति २०२५।२।११ को फैसला बागमती अञ्चल अदालतबाट समेत मनासिव ठहरी मिति २०२५।१२।१९ मा सदर फैसला भएको छ । उक्त लेखिए बमोजिम आमा आसमायको नाम हक दर्ता कायम भई अदालतको फैसलाहरू समेत अन्तिम भइरहेको मोहीयानी जग्गामा विपक्षी नारायण भक्तले साविक कि.नं.२४० को विपक्षीको जोत हकमा मैले कि.नं.२७२ को आमाको हक देखाई खिचोला गरी दखल गर्न आएकोले सजायँ गरी कि.नं.२७४ रोपनी १–८–० मा विपक्षीकै जोत कायम गरिपाउँ भनी विपक्षी भूमिसुधार कार्यालयमा मिति २०४१।४ मा निवेदन दिनुभएको रहेछ । सो सम्बन्धमा विपक्षी भूमिसुधार कार्यालयबाट उक्त कि.नं.२४७ र कि.नं.२७२ सम्बन्धमा मलाई कुनै प्रकारको म्याद सूचना नदिई बुझ्दै नबुझी मिति २०४३।९।२० मा म बाट कुनै प्रमाण पेश हुन नसकेको तारेख समेत गुजारी बसेकोले व