निर्णय नं. ३४१८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४१८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०१/२७ ४३२ निर्णय नं. ३४१८ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. २१९८ आदेश भएको मिति : २०४५।१।२७।२ मा रिट निवेदक : का.जि.का.न.पं. वडा नं. २ लाजिम्पाट बस्ने केशवनाथ शर्मा विरुद्ध विपक्षी : सम्माननीय प्रधानमन्त्री श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) आफूलाई भएको अख्तियारको कानूनी आधार प्रमाण कुनै पनि पेश गर्न नसकेको यस्तो स्थितिमा बैंकको कर्मचारी नियमावली, बमोजिम नोकरीबाट वर्खास्त गर्ने गरी बैंकबाट भएको निर्णय उचित र पर्याप्त आधारमा कानून अनुरुप नै गरे भएको देखिने । (प्रकरण नं. १०) रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञावाली, श्री कुसुम श्रेष्ठ, लक्ष्मणप्रसाद अर्याल विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण संक्षेपमा निम्नानुसार छ । २. म निवेदक विपक्षी बैंकको डेपुटी गभर्नरको पदमा कायम मुकायम नियुक्ति भई कामकाज गरिआएको अवस्था तत्कालीन प्रधान मन्त्रीज्यू, माननीय लोकेन्द्रबहादुर चन्दज्यूले राष्ट्रको हितको लागि एक अरब डलर ऋण लिने सम्बन्धमा विदेशमा गई वस्तु स्थिति बुझ्न २०४१।५।२५ गते खटाई पठाउनु भएको र विपक्षी गभर्नरज्यूले २०४१।८।२२ मा दिनुभएको वक्तव्य समेत अनुसार विपक्षी बैंकले समेत उक्त कार्यमा पठाएको प्रष्ट छ मैले आदेशको पालना गरी गरेको कामलाई आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्ने उचित र पर्याप्त कारण बिनाको आधारहीन आरोप लगाई मेरो विशिष्ट श्रेणीको पदबाट नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली, २०१५ को परिच्छेद–७ को नियम १ को (ङ) र ऐ.को नियम ४ को (छ) बमोजिम नोकरीबाट बर्खास्त गरिएको पत्र २०४३।७।२ मा दिइए उपर ऐ.को नियम १० अनुसार विपक्षी सञ्चालक समिति समक्ष पुनरावेदन गर्दा मेरो पुनरावेदन अस्वीकृत गर्ने २०४३।९।२० मा निर्णय गरिएको जानकारी २०४३।९।२३।४ मा प्राप्त भएको छ । मसंग २०४३।१।३१ मा स्पष्टीकरण माग गर्दा २०४१।८।१३ देखि सस्पेण्ड गरिएको भनिएको थियो । मलाई सोको रीतपूर्वकको आदेश तथा पत्र दिइएको थिएन राष्ट्र बैंक नियमावली (संशोधन सहित), २०१५ को परिच्छेद ७ को नियम ७ को (क) अनुसार सस्पेण्ड गरिएको २ महीना भित्रै अन्तिम आदेश गरिसक्नु पर्ने बाध्यात्मक कानूनी व्यवस्था छ । सामान्य सिद्धान्त, २०४३ अनुसार ४५ दिन भन्दा बढी निलम्बन गर्नु परेमा सञ्चालक समितिको स्वीकृति लिई अरु ४५ दिनसम्म निलम्बन गर्न सकिने प्रावधान छ । मलाई सस्पेण्ड गरेको करिव डेढ वर्ष पछि स्पष्टीकरण सोधी त्यसपछि ४ महीना भन्दा बढीको अवधि नघाई नोकरीबाट बर्खास्त गर्न नहुनेमा गरेको उक्त नियम तथा सामान्य सिद्धान्तको पूर्णतया बिपरीत छ नेपाल राष्ट्र बैंक ऐन, २०१२ को दफा ६ को उपदफा (३) अनुसार २ वर्षको लागि मलाई श्री ५ को सरकारले का.मु. डेपुटी गभर्नरको पदमा नियुक्ति गरेको हो मलाई बर्खास्त गर्ने अधिकार पनि श्री ५ को सरकारलाई मात्र छ । विपक्षी गभर्नरज्यूलाई छैन । म डेपुटी, गभर्नरको पदमा कार