निर्णय नं. १५४९ - दर्ता बदरसमेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५४९ - दर्ता बदरसमेत । भाग: २४ साल: २०३९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३८/०९/०२ २५२२ निर्णय नं. १५४९ ने.का.प. २०३९ अङ्क ४ फुलबेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३७ सालको दे.फु.नं. ३६ फैसला भएको मिति : २०३८।९।३।६ मा निवेदक : भक्तपुर यालाछे व्यासी बस्ने कर्णबहादुर बासुकला विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने हाकुराम भन्ने न्हुछेबहादुर बासुकला,ऐ.ऐ.बस्ने मानकुमारी मुद्दा : दर्ता बदर समेत (१) फिल्डबुकमा समेत आफ्नो हक देखाई नापी गराएको मितिबाट प्रतिवादीले जग्गामा हक कायम गरी जग्गामा हात हालेको हुने हुँदा वादीको जग्गा समेत घुसाई आफ्नो नाउँमा नापी गराएको भए सो नापी गराएको मितिबाट २ बर्ष भित्र असर पर्ने पक्षले तत्कालिन ज.मि.को १८ नं.बमोजिम फिराद गर्नु पर्ने । (प्रकरण नं. १३) फैसला न्या.त्रिलोकप्रताप राणा १. प्रस्तुत मुद्दा डिभिजनबेञ्चबाट भएको निर्णय दोहर्याई पाउँ भन्ने निवेदक वादी कर्णबहादुरको परेको निवेदनमा यसमा व्यहोरा साँचो भए त्यस अदालत डिभिजनबेञ्चबाट ०३६।८।२३।१ मा छिनिएको दर्ता बदर समेत मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरिई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : ००८ सालको नापीमा काशीनाथ बासुकलाका नाउँमा भ.पु.लकुण्डोल मौजाको कि.नं.१०५।३२३ न.नं.४।१४ मा दर्ता भएको जग्गा रोपनी १०।९ मध्ये रोपनी १ मेरो बाबु कमलबहादुरको नाउँमा ००९।१२।२९ मा नामसारी भई ०११ सालमा बाबु परलोक भएपछि ०१९।२।२३ मा नामसारी गरी मेरा नाउँमा भई सकेपछि उक्त खेत विपक्षीले समेत कमाई बाली असूल गर्ने लगत कापीमा सहिछाप गरी बुझाएको छ । ०२१ सालदेखिको बाली बाँकीमा यस अदालतमा नालेस परी कारवाही चलिरहेकै छ । ०२२ सालमा नापी हुँदा मेरो १। छुट्टै देखाई नापी गर्नु पर्नेमा नदेखाई अरु जग्गामा घुसाई ०२३।४।७ मा दर्ता गराई ल्याए भन्ने भन्ने ०२५।३।५ गते प्रमाणका मानिसद्वारा सुनी गई हेर्दा भ.पु.झौखेल गा.पं.वार्ड नं.८ (ग) कि.नं.५११, ५२५, ५३४ र ५३७ मा प्र.न्हुछेबहादुरले ५–१४–२ कि.नं.५१०, ५१३ मा प्र.रामचन्द्रले १।९। प्र.तुलसीभक्तले कि.नं.५००, ५२६ बाट २।६ र प्र.मानकुमारीले ५०४, ४२७ बाट २–१०–० समेत दर्ता गराएको रहेछ। विपक्षीहरुले झुठ्ठा व्यहोराबाट गराएको दर्ता बदर गरी न्हुछेबहादुरबाट १।३ तुलसीभक्तबाट २।।। रामचन्द्रबाट २।।। मानकुमारीबाट २।।। मेरो छुट्याई उक्त जग्गा रोपनी १।११।२ मेरै हक कायम गरी पाउँ भन्ने समेत ०२५।४।६ को फिरादपत्र । ३. वादी दावाको जग्गा मैले कमाएको छैन । मैले आफ्नो हकबाट ०२२।१०।३ मा कि.नं.५११, ५३४, ५२५, ५३७ को जग्गा दर्ता गरेको । ०२३।४।१७ मा दर्ता गरेको ०२५।३।५ मा थाहा पाएको भनी २ बर्ष गुज्री सकेपछि दायर हुन नसक्ने नालेस म्याद भित्रको नहुँदा खारेज गरी पाउँ भन्ने समेत हाकुराम भन्ने न्हुछेबहादुरको प्रतिउत्तरपत्र रहेछ । ४. अन्य प्र.तुलसी भक्त समेतले प्रतिवादी नदिई सुरु म्यादै गुजारी बसेका रहेछन् । ५. वादीको साविक बमोजिम १–५ वादीको हुनेमा साविक र हालको क्षेत्रफलको अनुपातमा हाल सर्भेको ठहर उक्त नम्बरको प्र.न्हुछेको दर्ताबाट ०–१२–३ प्र.तुलसी भक्तको दर्ताबाट ०–२–३ प्र.मानकुमारीको दर्ताबाट ०–२–३ र प्र.रामचन्द्रको दर्ताबाट ०–२–३ समेत जम्मा १–५ जग्गा वादीकै हक ठहर्छ भन्ने समेत सुरु भक्तप