निर्णय नं. ३४१९ - आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्‍याए

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४१९ - आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्‍याए भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/२७ ९२३ निर्णय नं. ३४१९ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं. ३४७, ३४८ फैसला भएको मिति : २०४५।२।२७।५ मा पुनरावेदक/प्रतिवादी : भक्तपुर कटुन्जे गा.पं. वडा नं. ६ बस्ने माधवप्रसाद तिमिल्सीना विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग पुनरावेदक/प्रतिवादी : भक्तपुर कटुन्जे गा.पं. वडा नं. ६ बस्ने यादवप्रसाद तिमिल्सीना विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग मुद्दा : आफूलाई गैरकानूनी फाइदा नेपाल बैंकलाई हानी पुर्‍याए (१) राष्ट्र सेवक वा कुनै व्यक्तिले आपूmलाई गैरकानूनी फाइदा र सरकारी मान्यता प्राप्त कुनै संस्थालाई गैरकानूनी हानी पुर्‍याउने कुनै काम कुरो गरेमा भ्रष्टाचारको आरोप या अभियोग नमान्न र भष्ट्राचार निवारण ऐन अन्तर्गत कारवाही गर्न नमिल्ने भन्न नसकिने । (प्रकरण नं. ३८) (२) हस्ताक्षर परीक्षणको सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञले अदालत समक्ष आई बकपत्र गरिदिएको कुराको खण्डन हुनसकेको पनि नपाइँदा विशेषज्ञको रायलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. ३९) (३) आफू लगायत परिवारका नावालक व्यक्तिहरूका नाउँमा समेत विभिन्न खाता खोली रकम जम्मा गराउनु, यसरी जम्मा भएको रकम अत्यन्त छोटो अवधि भित्र नै जम्मा हुन गएको देखिन आउनु र उक्त रकम कहाँबाट कसरी प्राप्त भएको हो ? सो सम्बन्धमा कुनै प्रमाण पेश गर्न सकेको मिसिल प्रमाणबाट देखिन नआउनुले वारदातमा प्रतिवादीहरू कसूरदार रहेनछन् भन्न नसकिने । (प्रकरण नं ४१) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना विद्वान अधिवक्ता श्री शम्भु थापा विद्वान अधिवक्ता श्री जयकान्तलाल दास विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी वादीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : म.क्षे.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. नेपाल बैंकको काठमाडौं अफिसबाट राष्ट्र बैंक राष्ट्र ऋण विभागको बोधार्थ र राष्ट्र बैंक बैकिङ्ग कार्यालय काठमाडौंको रकम जम्मा गरेको (क्रेडिष्ट मुडभाईस) सूचना बमोजिम रु.११,७५,५५०।– नारायण थापा नामको चल्ती खाता नं. २१,७९३ मा जम्मा गराई भुक्तानी गरेको सम्बन्धमा छानबीन गर्दा, बैंकमा रहन पर्ने खाता खोल्न दिएको दर्खास्त र डेविट भौचर हराउन नपाओस्, राष्ट्र बैंकबाट आएको एड्भाइस ने.बैं. मा दाखिल भएको र दर्ता विभागीय दर्ता भएको कुनै संकेत नभई बीच बीचबाट नै भौचर बनाउने ठाउँमा पुगेको देखिन, वेरीतको पत्रको आधारमा भौचर बन्नु पहिले आएको एड्भाईसमा मसी परी सहिछाप नबुझिने भनी चलानीसाथ राष्ट्र बैंकमा फिर्ता पठाएपछि अर्को एड्भाईस आउँदा चलानीसाथ नआई एड्भाईस मात्र आएको र सो लाई आधार मानी रकम जम्मा गरिदिन नेपाल बैंकका कर्मचारी र नेपाल राष्ट्र बैंकका कर्मचारी समेतको मिलेमतोबाट बैंकको रकम लगेको देखिन आएकोले भ्र.नि.ऐन अन्तर्गत अनुसन्धान गरी दोषीलाई सजायँ गरी बैंकको रकम असूल उपर गराई पाउँ भन्ने समेत व्यहोराको ने.वै. लिमिटेड काठमाडौंको ०३६।१०।२५ को पत्र । ३. श्यामबहादुर श्रेष्ठका नामबाट महा–प्रबन्धकलाई सम्बोधन गरी लेखिएको रजिष्टर पत्र हेर्दा