निर्णय नं. ३४२२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४२२ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/२० ४०६ निर्णय नं. ३४२२ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको रिट.नं. २४५९ आदेश भएको मिति : २०४५।२।२० मा रिट निवेदक : जि. सप्तरी गा.पं. कोइलाडी वडा नं. २ मौजे कोइलाडी बस्ने राधादेवी राजपुतनी विरुद्ध विपक्षी : श्री भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सप्तरीसमेत विषय : उत्प्रेषण (१) केवल मिति नखुलेको कारणले मात्र एकपटक प्रकाशित भइसकेको २ नं. अनुसूचीलाई प्रकाशित भएको होइन भन्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं व्यहोरा संक्षेपमा यसप्रकार रहेछ :– २. जि. सप्तरी गा.पं. गोइठी वार्र्ड नं. १ को कि.नं.२१८ को ज.वि. १–४–१६ र कि.नं.२२३ को ज.वि. ०–६–७ समेत जग्गा मेरो पेवा जग्गा हो । कि.नं.२२३ को जग्गा पर्ति भवानीप्रसाद सिंहले मोहीमा जोत्नु हुन्छ र कि.नं.२१८ को जग्गा म आफैंले जोत आवाद गर्दै थिएँ र २०२९ सालदेखि विन्देश्वर वरवरियालाई मोहीमा जोत्न दिएकी र ०३५।५।११ गते सो जग्गा अमरेन्द्रकुमार सिंहलाई बकसपत्र गरिदिएँ र अमरेन्द्रकुमार सिंहबाट ०४१।९।१९ गते कौसलेन्द्र नेपालले खरीद गरी लिनु भएको छ, कि.नं.२२३ को जग्गाको ०३९ सालको बाली दुर्गालाल समेतले लुटपीट गरेको भनी मेरो सप्तरी जि.अ. मा लुटपीटको मुद्दा परेपछि उक्त कि.नं.२१८ र २२३ को जग्गाको मोहियानी प्रमाणपत्र पाउँ भनी विपक्षीले मलाई जग्गाधनी देखाई भू.सु.का.सप्तरीमा निवेदन दिनु भयो र मैले कि.नं.२२३ को मोही भवानीप्रसाद हुनुुहुन्छ विपक्षीले सो जग्गा मोहीमा कमाएको छैन भनी प्रतिवाद गरेको थिएँ । विपक्षीले पेश गरेका भर्पाई समेत हामीलाई नसुनाई दुर्गालालले राधादेवी नाउँको जग्गाको ४ नं. जो.अ.नि. प्राप्त गरेको २ नं. अनुसूची प्रकाशित भएको ज.ध.ले २ नं. प्राप्त गरेको अनुसूची उपर उजूर नगरेको ०३७ सालको कूत बुझी भराई गरिएको ०३९ सालको कूत ज.ध. को सगोलको लोग्नेले बुझी भर्पाई गरिदिएको हुँदा राधादेवी नाउँको कि.नं.२२३ को र कोसलेन्द्र नेपालका नाउँको कि.नं.२१८ को जग्गाको वादी मोही कायम हुने ठहर्छ भनी भू.सु.अ. बाट ०४२।१२।११ गते फैसला भयो जुन फैसलामा निम्न त्रुटी देखिन्छ । ३. यो जग्गा मेरो पेवा भएको र कि.नं.२२३ को जग्गाको मोही मेरो पति भवानीप्रसाद सिंह भएको रेकर्ड सर्भे फिल्डबुक तथा ज.ध. दर्ता प्रमाण पूर्जाबाट देखिने र विपक्षीले पेश गरेको ४ नं. जो.अ.नि.मा मिति छैन, कि.नं.२१७ र २११ को उल्लेख छ । कि.नं.२१८ र २२३ मा हाल विपक्षीले दावी गर्नु भएको छ ४ नं. जो अ.नि. मा चौहदी पनि लेखेको छैन । २ नं. अनुसूची सम्बन्धित वार्डमा अहिलेसम्म प्रकाशित भएको छैन । प्रकाशित भएको भए मिति खुलाउन सक्नु पर्ने । २०३७, २०३८, २०३९ सालको भर्पाई हामीलाई देखाई सुनाई अ.बं. ७८ नं. बमोजिम बयान गराउनु पर्ने सो समेत नगरी अ.बं. ७८ नं. को बिपरीत छ २०२२–२०३० सालको भर्पाई पेश गर्न सक्नु पर्ने सक्नु भएको छैन । अतः भू.सुु.का.सप्तरीको ०४२।१२।११ को निर्णयबाट संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ अन्तर्गतको संवैधानिक हक तथा कानूनी हक समेत हनन् भएकोले उक्त निर्णय उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा,