निर्णय नं. ३४२३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४२३ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/३० ४३५ निर्णय नं. ३४२३ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.नं. ५५६ फैसला भएको मिति : २०४५।२।३०।१ मा पुनरावेदक/वादी : माधवप्रसाद अधिकारीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि. झापा महेशपुर गा.पं. वडा नं. ५ बस्ने गायत्रीदेवी काफ्ले मुद्दा : कर्तव्य ज्यान (१) प्रहरी समक्ष आफू सावित भई अदालतमा मात्र कसूरमा इन्कार रहेको सह–अभियुक्तले गरेको पोल अरु कतैबाट स्वतन्त्र रुपमा पुष्टी भएको देखिन नआएकोले सफाई पाउने ठहर्‍याएको इन्साफ सदर गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. २१) पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. ०३९।१२।२३ गते बाबु गोपिचन्द अधिकारी भद्रपुर हटियामा जानु भएको सो दिन घरमा आउनु भएन, खोज तलाश गर्दा गायत्री देवीको घरमा नोकरी गरी बस्ने नाम थाहा नभएको सतारले मंगला सतार समेतलाई गोरुको पैसा दिलाई दिएको र त्यसपछि कर्णबहादुरसँग बाबुको वाद विवाद भएको र चन्द्रबहादुर कार्कीसँग मादक पदार्थ सेवन गरी सकी चन्द्रबहादुरले नयाँ बजारसम्म पुर्‍याई दिएको भन्ने पत्ता लागी खोजी गर्ने काम जारी राखी गलगलीमातर्फ जाँदै गरेको अवस्था मेची खोलाको बगरमा गिद्ध र कुकुरले सिनु खाँदै गरेको देखी हेर्दा बाबुको लाश चिन्ही घरमा खबर गरी लाश रुंगी जाहेर गरेको छु कर्तव्यवाला पत्ता लगाई सजायँ गरिपाउँ भन्ने जाहेरी । ३. ०३९।१२।२५ गते चन्दन सतारले गोरु हटियामा बेच्न लागेको थियो । बेची सकेपछि पैसा र घडी समेत गोपीचन्दले लिएको भन्ने सुनेको हुँ, सोही रीसइवीले गोपीचन्दको हत्या गरेको हुनुपर्छ भन्ने मंगल सतारले प्रहरीमा गरेको कागज । ४. चन्दन सतार समेतकै कर्तव्यबाट मृतक गोपिचन्दको मृत्यु भएको हो भन्ने राम दायल राय समेतको सरजमीन मुचुल्का । ५. गायत्रीदेवीले गोपिचन्दलाई मार्नु भनेकोले खुमु, विश्वनाथ, अर्जुन म समेत भई मारी खेम, विश्वनाथ, अर्जुन खोपना मंगल म समेतले बाँधी मेची खोलामा लाँदै गर्दा पर पुगेपछि म गायत्री देवीलाई खबर दिएको हुँ भन्ने चन्दन भन्ने गणेश सोरेन सतारले प्रहरीमा गरेको बयान कागज । ६. गोपीचन्दलाई मार्नु भन्ने बचन दिएको हैन मलाई चन्दनले किन पोल गरे निजै जानुन् भन्ने गायत्रीदेवीले प्रहरीमा गरेको बयान कागज । ७. गोपीचन्द र गायत्रीदेवीका बीच जग्गा मुद्दामा रीसइवी थियो । गोपीचन्दलाई कस्ले मारे भन्न सक्दिन भन्ने कर्णबहादुरले प्रहरीमा गरेको बयान कागज । ८. गायत्रीदेवीलाई ज्यानसम्बन्धीको १३ को दफा ४ र चन्दन भन्ने गणेशलाई ऐ.१३ को ३ र अर्जुन, खेमु, विश्वनाथ, विदेशी नागरिक भएकोले पक्राउ परेका अवस्था निजहरू उपर पनि सोही १३–३ र होपनामंगा, विदेशी नागरिक हुँदा नेपाल सरहदमा फेला परेमा निजहरू उपर ऐ.१७ नं. को देहाय ३ अनुसार पक्राउ हुनु पर्ने भन्ने प्रहरी प्रतिवेदन । ९. मैले मार्ने बचन दिई गोपीचन्दलाई मार्न लगाएको छैन । नातादार मानिस हुँ, मार्न लगाउनु पर्ने कारण केही छैन भन्ने गायत्रीदेवीले अदालतमा गरेको बयान । १०. गोपीचन्दले धेरै हैरानी दियो । यसलाई तिमीहरूले मार्न सक्छौ ? मैले सक्दिन भने । अनी खुमु र विश्वनाथलाई मा