निर्णय नं. ३४२५ - दर्ता बदर हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४२५ - दर्ता बदर हक कायम समेत भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४४/१२/०३ ५४३ निर्णय नं. ३४२५ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु.नं. ४४३ फैसला भएको मिति : २०४४।१२।३।४ मा पुनरावेदक/वादी : का.जि.का.न.पं. वार्ड नं. १२ बस्ने बद्री डंगोल विरुद्ध विपक्षी/प्रतिवादी : गुठी लगत तथा तहसील कार्यालयतर्फबाट कार्यालय प्रमुख बद्रीमान श्रेष्ठसमेत मुद्दा : दर्ता बदर हक कायम समेत (१) जुन रेखा सम्बन्धमा भिडाउनु पर्ने अवस्था परिबन्दबाटै नदेखिएको, त्यस्तो कुरालाई आधार प्रमाण मान्न नमिल्ने । (प्रकरण नं. १२) (२) गुठी संस्थान ऐन, ०३३ को दफा ३९ मा गुठीको जग्गा रैकरमा दर्ता भए तापनि गुठीको श्रेस्ताबाट गुठीको जग्गा देखिन आई प्रमाणित हुन आएमा रैकरको लगत कट्टा गरी गुठीको जग्गामा दर्ता गरिने भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १२) (३) उजूरै नपरेको जग्गालाई गुठी कायम गरेको स्पष्टै गैरकानूनी हुँदा विवादित जग्गाहरूलाई गुठीकै कायम गरी गुठीको जग्गालाई रैकरको जग्गा भनी दर्ता गरेको फैसला नमिलेको उल्टी हुने । (प्रकरण नं. १२) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला तथा विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : म.क्षे.अ.को फैसला उपर वादी बद्री डंगोलको निवेदन परी यस अदालतबाट मिति ०४२।४।१६ मा भएको पुनरावेदनको अनुमति दिने आदेशानुसार दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय यसप्रकार छ :– २. साविक कालीमाटी मौजाको मेरा बाजे प्रेमलाल दर्ताको ज.रो. ८ बाबु बाजे पछि मेरो हक हुनआएको सर्भे नापी हुँदा कालीमाटी गा.पं. वार्ड नं. ८(क) को जग्गा पुनवीर, धनमाया, लक्ष्मीनारायण समेतलाई क्रमशः कि.नं.८२, ८३, ८५ को रो. ३–१३–० कि.नं.९६, ९७ को १–३–२, कि.नं.९४, ९८ को ४–२–० समेत जग्गा कमाउन दिएको नापी हुँदा मोहीले किसानको महलमा बद्रिमान डंगोलका नामको याकमहाने खान्गी जग्गा हो भनी झुठ्ठा कुरा लेखी दिएको रहेछ । ज.ध.प्र.पू. माग गरी भू.प्र.का.मा निवेदन गरेको थिएँ । गुठी भनी लेखिदिएको देखेपछि भू.प्र.बाट उक्त जग्गा गुठी हो होइन भनी गुठी संस्थानमा सोद्धा गुठी होइन भनी जवाफ दिएको मेरा नाममा दर्ता पोत भएका जग्गाहरू मेरो नाम कट्टा गरी तलेजु भवानीको याकमहाने गुठीमा जनाई गुठी कायम गर्ने भनी मालबाट ०३८।६।१८ मा सदर गरी गुठीमा दर्ता गरेको उक्त दर्ता बदर गरिपाउँ भन्ने वादीको फिराद दावी रहेछ । ३. फिरादमा उल्लेख भएका जग्गाहरू याकमहाने खान्गीको गुठी जग्गा हुन्, उक्त जग्गाहरू गुठीमा दर्ता हुन छूट भइरहेकोबाट गुठीको श्रेस्ताबाट दर्ता गरिपाउँ भनी ०१९ सालमा वादीले अर्थमन्त्री समक्ष दिएको निवेदनपत्रमा वादीको कागज समेत गराई छूट गुठीमा दर्ता गर्ने निकाशीको लागि पेश गरेकोमा २०२०।१।३१ मा बागमती अञ्चलाधीशबाट सदर भएको फायलबाट देखिन आउँदछ । भू.प्र.बाट सोधनी भई आएका बखत फायल फेला नपरेको र २०२०।१।३१ को निर्णय अनुसार गुठीको श्रेस्तामा लगत समेत कसिएको कारणहरूबाट गल्ती जवाफ भएको हो भन्ने कुरामा कार्यालयले पनि महसूस गरी सकेको छ । भू.प्र.का.मा जवाफ गई सकेपछि गुुठीमा दर्ता गर्ने निर्णय सहितको फायल फेला पर्न आई तलेजु भवानीको याकमहाने खान्गीको जग्गालाई छूट गुठीको भनी जवाफ दिन भू.प्र.का.लाई लेखी गएको हो । गु