निर्णय नं. ३४२६ - दर्ता बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४२६ - दर्ता बदर भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०३/०९ ७८६ निर्णय नं. ३४२६ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पू.नं. ५५१, ५५२ फैसला भएको मिति : २०४५।३।९।५ मा पुनरावेदक/प्रतिवादी : जि.पर्सा, वीरगंज न.पं. वडा नं ११ बस्ने सूर्यमान श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने अमरदेवी श्रेष्ठ पुनरावेदक/वादी : ऐ.ऐ बस्ने अमरदेवी श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने सूर्यमान श्रेष्ठ मुद्दा : दर्ता बदर (१) शर्तनामा सहितको हालैको बकसपत्र हुँदा शर्तनामाको पालना नभएमा दाताले बकसपत्र बदर गराउन पाउँदैन भन्नालाई शर्त राखी बकसपत्र दिन पाइन्न भन्ने अर्थ निस्कने, यसरी शर्त राखी बकस दिन पाइन्न भन्न नमिल्ने । (प्रकरण नं. १७) (२) घर बनाई सकेपछि लिखत बमोजिमको घर जग्गा पक्का भयो भनी शर्तको बन्देज तोड्ने र आफ्नो पुज्यनीय बज्यैलाई घरबाट निकाला गर्ने साहस गर्न पाउँछ भन्नु कानून र न्यायिक कुरा होइन । दान वक्स बमोजिम भएन भनी जिकिर लिंदै यसप्रकारको वेदामको लेनादेनामा वादीले प्रमाणित गर्नुपर्छ भन्ने कुरा पनि न्याय संगत नहुने । (प्रकरण नं. १७) (३) शर्त बमोजिम नभएमा मुद्दा लडी ७४।७५ वर्षकी बुढीलाई वादी प्रतिवादी गरी हिंडी शर्त कायम गराउनु पर्छ भन्नलाई न्याय, व्यवहार र विवेक समेतले नमिल्ने । (प्रकरण नं. १७) (४) घरसारमा शर्तनामा भएको र मिलापत्रबाट समर्थित भएको साथै तत्काल बकसपत्र दिए तापनि शशर्त वक्स दिएको, सो शर्त पालन नभएमा बकसपत्र बदर हुनसक्ने नै हुँदा पक्की घर बनाएको भन्ने आधारमा सो घरको वलेसी सम्मको जग्गाको हकमा बकसपत्र बदर हुन नसक्ने भन्ने म.क्षे.अ. को फैसला त्रुटिपूर्ण भएकाले केही उल्टी हुने । (प्रकरण नं. १७) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. जिल्ला पर्सा वीरगंज न.पं. वडा नं. ११ को कि.नं.१७७ को पूर्व कृष्णमान, पश्चिम जनकमान, उत्तर मेवालाल, दक्षिण सडक यति ४ किल्ला भित्रको पूर्व पश्चिम चौडा ११, १० उत्तर दक्षिण लम्बाई ७० को ०–०–४ जग्गा र सो जग्गामा भएको खपडा घर समेत तपाईको आजन्म सेवा गर्छु भनी विपक्षले भनेकाले मिति ०३६।६।७ मा बकसपत्र गरिदिएकोमा मिति ०३८।६।१५ मा विपक्षीले मलाई घरबाट निकाला गरेकोमा मैले बकसपत्र बदर मुद्दा दिई मिति ०३६।६।७ को शर्त पालना गर्छु भनी मिलापत्र समेत भएको थियो तर यही ज्येष्ठ २५ गते देखि फेरी मलाई घरबाट निकाला गरेकोले प्र.लाई मिति ०३६।६।७ मा गरिदिएको हालै देखिको बकसपत्र र प्र. को नाउँमा भएको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको अमरदेवी श्रेष्ठको मिति ०३९।३।१७।५ को फिरादपत्र । ३. दान वक्सको महलमा हालै गरिदिएको बकसपत्र बदर गराउन पाउने कानूनी व्यवस्था नहुँदा प्रस्तुत फेरादमा अ.बं. ३६ नं. र करार ऐनको दफा १८ लागू हुन सक्दैन बजैले मलाई वक्स गरिदिएको खपडाको घर अब खपडाको नभई मैले कयौं रुपैयाँ खर्च गरी पक्की घर बनाई बसेको छु साथै बजैको सेवा टहल समेत गरिआएको नै छु भन्ने समेत व्यहोराको सूर्यमान श्रेष्ठको