निर्णय नं. ३४२७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४२७ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/०४ ४९३ निर्णय नं. ३४२७ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पू.नं. ५२० फैसला भएको मिति : २०४५।२।४।३ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा वझाङमा थुनामा रहेको गोरखबहादुर अधिकारी समेत विरुद्ध विपक्षी/वादी : मन गिरी खड्काको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) गाउँका जान्ने बुझ्ने र प्र.पं. समेत भएकाको धम्की र हप्काईमा परेर तास खेली जितेको पैसा लिई जान दिनबाट रोक्नसम्म भनी मद्दत दिंदा दिंदै वारदातको गम्भीर्यता बढ्न गई कर्तव्य ज्यानको अपराध घट्न गएको अवस्थामा प्रतिवादीहरूलाई कानून बमोजिम सजायँ गर्दा चर्को पर्ने देखिँदा निजहरूको हकमा अ.वं. १८८ नं. बमोजिम जनही कैद वर्ष १५ मात्र हुने । (प्रकरण नं. ४४) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्रतिवादीहरूको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निर्णय निम्नानुसार छ । २. दाजु पैमसिं खड्का जंगे साउदसंग मेसि बिक्री गरेको पैसा लिन भनी ०४० फाल्गुण २८ गतेका दिन गई फर्की नआएकोले खोजतलास गर्दा सरानी खोलाको नजिकै मृतक लाश फेला परेकोमा जंगे साउद उपर शंका लागेकोले कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. लाश किरा परेको हालतमा रहेको र गुदद्वारबाट मल निस्केको निजले लिने गरेको आँसी भेटिएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. प्र.पं. गोरखबहादुर समेत भई धर्म सिंह खड्काले कर्तव्य गरी मारेको भन्ने कुरा बुझिएकोले जाहेर गरेको छु भन्ने समेत प्र. हर्कबहादुर शाहको प्रतिवेदन । ५. ०४०।११।२८ गते साँझ प्र.पं. गोरखबहादुर अधिकारीको घरमा थिएँ । प्रेमसिंह खड्का, धर्मे, रनसिंगे, कालु भन्मामे, रनसिंगे सार्की समेतले मासु रक्सी खाई मृतक प्रेमसिंह, धर्मे, रनसिंगे अधिकारी समेत तास खेल्न लागेका हामी बसेको थियौं तास खेल्दा खेल्दै निजहरूको झगडा भएको थियो । प्रेमसिं खड्काले उधारी तास खेल्न नमञ्जूर गरेकोले धर्मे अधिकारीले समातेकोमा दुबैको लछार पछार भई प्र.पं. ले मृतक उपर आँसी प्रहार गरी हामी सबैले प्रेमसिंलाई कुटपीट गरी निजको मृत्यु भएपछि पैसा निकाली कालु सार्की समेतले लाशलाई बाँधी लाश फाली आ–आफ्नो घरतर्फ लाग्यौं भन्ने समेत मनबहादुर अधिकारीको प्रहरीमा भएको कागज । ६. ०४०।११।२८ गते मृतकसँग तास खेली पैसा जित हार भएकोमा निज मृतक घर जान लाग्दा गर्धनमा आँसीले हानी मारेको हो सो अपराधबाट उम्कन पैसा उठाई सुर्यबहादुर खड्कालाई दिएको छ भन्ने समेत प्रतिवादी प्र.पं. गोरखबहादुर अधिकारीको प्रहरीमा भएको कागज । ७. २०४०।११।२८ गते मृतक समेत भई रक्सी खाई तास खेल्न लागेकोमा पैसा मृतकले जिती घर जान लागेकामा र प्र.पं. ले आँसीले मृतकलाई हिर्काई मन अधिकारी समेतले लात मुक्काले हानी मृत्यु भई रनसिंगे अधिकारीले भने बमोजिमको ठाउँमा लाश म समेत भई फालेको हुँ भन्ने समेत भन्मामे सार्कीको प्रहरीमा भएको कागज । ८. ०४०।११।२८ गते मृतक साथ तास खेली रुपैयाँ मृतकले जिती घर जान लाग्दा रोकावट गर्दा लछार पछार भई प्रेमसिंले बोकेको आँसी झिकी निजलाई हानी प्र.पं. ले समेत मद्दत गरी निजको मृत्यु भई लाश फाली सो कसूरबाट जोगिन पुनः नगदी समेत दिएको भन्ने समेत ध