निर्णय नं. ३४२८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४२८ - ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/०४ ५५९ निर्णय नं. ३४२८ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पू.नं. ४०९ फैसला भएको मिति : २०४५।२।४।३ मा पुनरावेदक/प्रतिवादी : मकवानपुर श्रीपुर छतिवन गा.पं. वडा नं. २ बस्ने मानबहादुर थिंग विरुद्ध विपक्षी/वादी : धन सिं लामाको जोहरीले श्री ५ को सरकार मुद्दाः ज्यान (१) ज्या.सं.को ४ नं. को कानूनी व्यवस्था अनुसार लाशको सदगद गर्दा पुर्जी लिई मात्र गर्नु पर्नेमा सो नगरी जलाएको देखिएबाट कसूर नगरेको भन्न नमिल्ने । (प्रकरण नं. ४९) (२) मृत्यु भएको २ दिनपछि गाउँका मानिसहरूको सल्लाह समेत भई लाश जलाएको देखिएबाट र अन्य सबूद प्रमाणबाट दबाउने नै मनसाय थियो भन्ने पुष्टि समेत नभएबाट ६ महीना कैद गरेको नमिलेकोले ज्या.सं. को ४ नं. ले रु.१०।– जरिवाना हुने । (प्रकरण नं. ४९) पुनरावेदक, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल विपक्षी वादीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री वलराम के.सी. फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : म.क्षे.अ.को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. मिति ०३८ साल माघे संक्रान्तीको दिन मकवानपुर जिल्ला छतिवन गा.पं.वा.नं. २ बसन गाउँ बस्ने मानबहादुर डिमडुङ र ऐ.ऐ बस्ने गोपालबहादुर रुम्वा वनमा शिकार खेल्न भनी वनमा पुगेपछि निज गोपालबहादुर रुम्वाले वन्दुकले हानी लाश पारी पचाएको रहेछ । के कसो व्यवहारबाट त्यसो भयो भनी बुझ्दा गाउँको वार्ड अध्यक्ष अर्जुनबहादुर, गा.पं.स. मानबहादुर थिंङ तामाङ, मुकुन्दबहादुर वोगटी क्षेत्री, विष्णुलाल वोम्जन, अवास मिया, गोकुल समेत ६ जनाले मृतककी श्रीमती समेतलाई हात लिई मिलोमतो गरी खास बन्दुकले हानी मारी सो लाशलाई जाँचबुझ गर्दै नगरी बेपत्ता पारी क्रिया समेत गरेको हुँदा कानून बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको धन सिंह लामाले मिति ०३८।१२।६ मा हुलाकबाट दिएको जाहेरी दर्खास्त । ३. मृतक मानबहादुर डिमडोङलाई शिकार खेल्न भनी जंगलमा लगी बन्दुकले हानी मारेका र वार्ड अध्यक्ष अर्जुनबहादुर लामिछाने समेतका मानिसहरूको मिलोमतोबाट लाश समेत दबाई काजक्रिया समेत गरी गराई सकेकोले निजहरूलाई पक्राउ गरी शुरु जाहेरीमा लेखीए बमोजिम कारवाही र अन्य सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाला धनसिंह लामाको सनाखत कागज । ४. २०३८ साल माघ १ गते संक्रान्तीको दिन बेलुकी पख पनि अघि पछिकै जस्तै दुबै जना गाउँ देखि पूर्वमा भएको वरेशन जङ्गलमा कालिज शिकार खेल्न भनी भरुवा बन्दुक लिई गई गोपालबहादुरले कालिजको शिकार हान्दा निजको साथमा गएको मानबहादुर डिमडुङलाई भरुवा बन्दुकको गोली लागी वनमै घाइते भएको छ भनी ज्वाई गोपालबहादुर रुम्बाले भन्न आयो विरामी लोग्नेलाई लिन जान पर्यो भनी माघ १ गतेको राती ११–१२ बजेको समयमा मर्ने मानबहादुरकी श्रीमती चिनीमाया मुलनस्यायाले म सुतिरहेको वेलामा भन्न आएकीले मर्नेको माहिला भाइ लालबहादुर, साहिंला भाइ कान्छाराम, भनेको साहिंला बाबुको छोरा दमबहादुर डिमडुङ, कान्छा बाबुको छोरा टुडुबहादुर डिमडुङ मर्नेकी श्रीमती चिनीमाया, मर्नेकी आमा र जगतबहादुर रुम्वा समेत ८ जना वसन भन्ने जङ्गलमा गई हेर्दा निज मानबहादुर डिमडुङ मरी सकेको र निजको छातीमा बन्दुकको छर्रा लागी अं.१½ इन्च जतिको प्वाल परिरहेको दे