निर्णय नं. ३४३० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४३० - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/१३ ४९७ निर्णय नं. ३४३० ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ४३५, ऐ.को फै.सा.नं. ११५ फैसला भएको मिति : २०४५।२।१३।५ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा वीरगन्जमा थुनामा बस्ने विश्वनाथ भगत कलवार विरुद्ध विपक्षी/वादी : भागीलाल जोशीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) पाईजामा र गन्जीमा रगत लागेकोमा सो परीक्षण गर्दा मृतकको रगत ग्रुप वि.सँग मिल्ने रगत लागेको भनी परीक्षणबाट पुष्टी भएको देखिएको, निजकै भनाई मुताविक आफूले घटनासम्म देखेको तर मार्नमा सक्रिय नभएको मान्नलाई निजले सो कुराको उजूर जाहेर बेलैमा गरेको हुनुपर्दथ्यो, त्यसो गरेको भन्न सकेको नपाइने, नोकर भएको र निजबाट पाएको प्रलोभन अनुसार निजले ज्यान मार्ने कार्य गरेको भन्ने अभियोग प्रमाणबाट समर्थित हुन पुगेकोले ज्यानसम्बन्धी १३(१) नं. बमोजिम सजायँ गर्ने ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. २३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल फैसला न्या. हरगोविन्द सिंह प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी साधकमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. यसमा २०३७।१।२० गते बेलुका बजार गस्ती गर्दै जाँदा वि.न.न.पं.वार्ड नं. ८ घासीरामको दोकान अगाडि मानिस जम्मा भएको देखी बुझ्दा निजकै नोकर मानिकचन बाहुनलाई हतियारले काटी मृत्यु भइराखेको देखियो । लाश रुँग्नलाई प्रतिवेदन गरेको छु भन्ने समेत प्र.ना.नि. गोपालराज, प्र.ह. मुलुकबहादुरको ०३७।१।२०।६ को प्रतिवेदन । ३. ०३७।१।२० गते बेलुका ८ बजे घासीरामको नोकर विश्वनाथ भन्ने शिवनारायण आई तपाईलाई घासीरामले बोलाएको छ भन्दा घासीरामको दोकानमा गएँ ताला लगाई राखेको थियो । मालिक गोलामा छ भनेकाले जाँदा घासीराम एक्लै उभिराखेको थियो देख्नासाथ तिम्रो भाइ मानिकचनलाई कसले हो काटी मारी हिंडेछ, लाश भित्र कोठामा छ भने घासीराम प्रहरीमा गई डि.एस.पी.साहेबहरूलाई लिई आइपुगेपछि दोकान खोल्न लगाई हेर्दा भाइलाई घाँटीमा काटेर मारी राखेको देखें, लाश राखेको ढोकामा ताला लगाई आफू गोलामा नै बसी मलाई मात्र सुराक खबर गरेकाले घासीराम र नोकरले लगाएको गंजी पाइजामामा जताततै खुन लागेको मौकामा मैले देखेकोले घासीराम र निजको नोकर शिवनारायण समेत मिली भाइलाई कर्तव्य गरी मारेकोमा पुरा विश्वास लागेकोले कारवाई गरिपाउँ भन्ने समेत व्यहोराको मृतकको दाजु भागीलाल जोशीको २०३७।१।२१ को जाहेरी दर्खास्त । ४. मैले मानिकचनलाई मारेको होइन, नोकर विश्वनाथले मारे नमारेको आँखाले नदेखेको हुँदा किटान गरी भन्न सक्तिन । २०३७।१।२० गते बेलुका अं.८ बजे डेराबाट दोकानमा फर्की आउँदा दोकान पुग्न १५,२० कदम वर नोकर विश्वनाथले बुढो टेलर मास्टरलाई हात समाएर भित्र लाँदै गरेको देखें म पुग्दा निस्कदै गरेको देखें टेलर मास्टरलाई किन भित्र लागेको भन्दा कोठामा मानिकचनलाई कसैले मारी मृतक आवस्थमा छ भनेको हो । फलामे दाउ दोकानमा कसरी आयो, धोती र गन्जीमा रगत कसरी लाग्यो भन्न सक्तिन । प्रहरीले खिचेको रगतपक्षको डाम मेरो हो या कस्को हो भन्न सक्तिन, प्रहरीले ल्याएको कुकुरले मलाई भुकेको र समातेको हो, दोकानको नगद जिन्सी केही हराएको छैन भन्ने समेत ०३७।१।२१ को घा