निर्णय नं. ३४३१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४३१ - उत्प्रेषणयुक्त परमादेश भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/३१ ५०२ निर्णय नं. ३४३१ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट. नं. १४७३ आदेश भएको मिति : २०४५।२।३१।२ मा निवेदक : काभ्रेपलाञ्चोक जि. साँखुपाटी चौर गा.पं. वार्ड नं. १ बस्ने मिनबहादुर के.सी.समेत विरुद्ध प्रत्यर्थी : ऐ.ऐ.बस्ने साननानी भण्डारीसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) विवाद परेको विषयमा प्रत्यर्थी कार्यालयले अन्य प्रत्यर्थीहरूबाट निवेदन लिई शान्ति सुरक्षाको नाउँमा अधिकार क्षेत्र विहीन कुरामा कागज गराउने अख्तियार प्रदत्त भएको मान्न नसकिने । (प्रकरण नं. ९) (२) अधिकारै नभएको विषयमा प्रत्यर्थी कार्यालयबाट कागज गराएको विवादित कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) प्रत्यर्थीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. विपक्षी काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयमा मिनबहादुरको नाउँमा रहेको कि.नं.३० को जग्गाको उत्तरतर्फ वन सीमाना भित्रको मुलबाट मिनबहादुर के.सी.ले एकलौटी आफ्नो जग्गामा पाई पराखी खानेपानी लगेकोले शान्ति सुरक्षा गरी निजले पानीको लागि मूलमा राखेको पाइप हटाई पाउँ भनी प्रत्यर्थीहरूले उजूरी दिएको आधारमा मिति २०४४।४।१२ मा डि.एस.पी.कार्यालयले पक्री थुनामा राखे । साथै २०४४।४।२० गते स्थान सादा लेखी कागजमा का.प.जि.संखुपाटी गा.पं.वार्ड नं.१ को कि.नं.३० को जग्गाको उत्तरतर्फको वनको मूलबाट पानी ल्याएको पाइप तुरुन्त झिक्नेछु, मूलको पानीमा दावी गर्ने छैन भनी हामी निवेदकको मञ्जूरी बेगर जवरजस्ती सही गराई हामीलाई छाडदिनु भयो । यसप्रकारले कागज गराउने अधिकार विपक्षी काभ्रेपलाञ्चोक डि.एस.पी.कार्यालयलाई नभएकोले गराएको कागज अ.बं.३५ नं.ले बदरभागी छ । तसर्थ २०४४।४।२० मा हामी निवेदकलाई गराएको कागज उत्प्रेषणको आदेशद्वारा बदर गरी त्यस प्रकारको धरपकड गरी गैरकानूनी थूनामा राखी कुनै प्रकारको कागज नगराउनु भन्ने विपक्षीहरूका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने निवेदन । ३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ४. निवेदक मिनबहादुर र निजको छोरा रामजी के.सी.समेतले बराबर अन्याय गरेकोले शान्ति सुरक्षा गरिपाँउ भन्ने समेत व्यहोरा उल्लेख गरी संखुपाटी चौर गा.पं. वार्ड नं. १ बस्ने केशव भण्डारीले २०४४।४।१० मा श्री गृह मन्त्रालयमा दिएको निवेदन तोक सहित श्री जिल्ला कार्यालय काभ्रेको २०४४।४।१२ को पत्रसाथ प्राप्त भए अनुसार उल्लिखित मिनबहादुर र निजको छोरालाई २०४४।४।१३ मा यस कार्यालयमा ल्याई आइन्दा कुनै पनि बदमासी नगर्ने र निवेदक समेत उपर अशान्ति गर्ने छैनौं भनी कागज गराई २०४४।४।१४ मा छाडिएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको लिखितजवाफ । ५. हामीहरूले श्रीमान गृह सचिवज्यूका समक्ष २०४४।४।१०।१ मा शान्ति सुरक्षा कायम गरिपाउन तथा अपराधीलाई सजायँ दिलाई पाउँ भनी दिएको निवेदनमा श्रीमान गृह सचिवज्यूले बागमती अञ्चलाधीशको कार्यालयका नाउँमा २०४४।४।१० मा उक्त निवेदनमा तोक आदेश लागेको र अञ्चलाध