निर्णय नं. ३४३२ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४३२ - उत्प्रेषणयुक्त परमादेश भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/३१ ५४४ निर्णय नं. ३४३२ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट. नं. १६०१ आदेश भएको मिति : २०४५।२।३१।२ मा निवेदक : नेपाल जुट उद्योग प्रा.लि.को सञ्चालक गायत्रीप्रसाद रिजाल विरुद्ध प्रत्यर्थी : विराटनगर नगरपञ्चायत कार्यालय, विराटनगर विषय : उत्प्रेषणयुक्त परमादेश (१) नगरपञ्चायत भित्र उत्पादित जुट सुतली बिक्री नभई विदेशमा निकासी हुने उद्योगलाई व्यापार कर लिन नमिल्ने । (प्रकरण नं. ९) (२) सेवा बापत कर लगाउनलाई न.पं. ऐन, ०१९ को नियम ३९(८) मा भएको व्यवस्था अनुसारको सुविधा उपलब्ध गराई उपभोग गरेको खण्डमा मात्र उपभोग गर्नेसँग लिन सकिने कानूनी व्यवस्था भएको । (प्रकरण नं. १०) (३) नगरपञ्चायतले विदेश निकाश हुने सामानमा नगरपञ्चायत कार्यव्यवस्था नियमावली, २०२० को नियम ७(१) तथा सेवा दस्तूर नगरपञ्चायत ऐन, २०१९ को दफा ३९(८) को बिपरीत सेवा दस्तुर र कर धरौटीको रुपमा उठाएको गैरकानूनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह उल्लिखित मुद्दा : (ने.का.प.२०४०, अंक ४, नि.नं.१६५१, पृष्ठ १५७) मा यस अदालत डि.बे.बाट सिद्धान्त प्रतिपादित आदेश न्या.हरगोविन्द सिंह प्रधान : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. निवेदक नेपाल जुट उद्योग प्रा.लि. ले आफ्नो उत्पादन जुट सुतली मिति २०४४।७।२५ का दिन विदेश भारत निकासी गर्न लाग्दा विपक्षी नगरपञ्चायतले नगरपञ्चायत ऐन, २०१९ तथा नगरपञ्चायत (कार्यव्यवस्था) नियमावली, २०२० को नियम ६ तथा ७ को बिपरीत निकासी गरेको सुतलीको खास मूल्य रु.१,०५,६००।– लाई आधार मानी सडक बिजुली सेवा –।०५ पैसा, नगर सफाई सेवा दस्तूर –।०५ पैसा, स्वास्थ्य सेवा दस्तूर –।०५ पैसा, दमकल सुविधा दस्तूर –।०५ पैसा, शिक्षा विकास सुविधा दस्तूर –।१० पैसा समेत गरी सयकडा ।३० पैसाका दरले रु.३१६।८० जबरजस्ती असूल गरेको र सोही सामानहरूमा मिति २०४४।७।२५ को सामानमा सयकडा –।५० पैसा व्यापार कर बापत रु.५२८।– भोलिपल्ट मिति २०४४।७।२६ मा सोही दरले ३५७।५० गरी जम्मा रु.८८५।५० धरौट लिएकोले मिति २०४४।७।२६ सम्म यस उद्योगबाट गैरकानूनी दस्तूर कर गरी जम्मा रु.१४१६।८० असूल गरिएको छ । ३. विपक्षी नगरपञ्चायतलाई नगरपञ्चायत ऐन, २०१९ तथा नगरपञ्चायत (कार्यव्यवस्था) नियमावली, २०२० बमोजिमबाहेक कुनै दस्तूर वा कर असूल गर्न पाउन अधिकार प्राप्त छैन । नगरपञ्चायत क्षेत्र भित्र बिक्री गर्ने मालकासम्बन्धमा कार्यव्यवस्था नियमावलीको नियम ७(१) ले अधिकार दिएको र नगर पञ्चायत ऐन, २०१९ को दफा ३९ समेतले कुनै व्यक्तिलाई खास सेवा उपलब्ध गराएको अवस्थामा मात्र दस्तूरको रुपमा रकम असूल गर्न पाउनेमा विपक्षीबाट यस उद्योगले उल्लिखित –।३० पैसा दरको दस्तुरसंग सम्बन्धित कुनै पनि सुविधा वा सेवा प्राप्त नगरेकोमा निकासी गर्ने वस्तुको मूल्यलाई आधार मानी दस्तूर असूल गरेको नगरपञ्चायत ऐन र नियम तथा यसै सम्बन्धमा स.अ.बाट प्रतिपादित नजीर समेतको बिपरीत भई निवेदक कम्पनीको संविधान प्रदत्त समानताको मौलिक हक समेतमा आघात परेकोले नगरपञ्चायतको उल्लिखि