निर्णय नं. ३४३५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४३५ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०३/२२ ५८८ निर्णय नं. ३४३५ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको फौ.पु.नं. ४५२ सम्वत् २०४४ सालको फौ.सा.नं. १०६ फैसला भएको मिति : २०४५।३।२२।४ मा पुनरावेदक/वादी : प्र.ज.रामजी गिरी तथा निर्मला गुरुङसेनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.कास्की कृस्ती नाच्नेचौर गा.पं.वार्ड नं. ३ वस्ने भिमलाल पौडेलसमेत मुद्दा : कर्तव्य ज्यान (१) केवल सह–अभियुक्तको पोल उजुरले मात्र कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा दोषी ठहराउन न्यायोचित नपर्ने । (प्रकरण नं. २५) पुनरावेदक, वादीतर्फबाट : विद्वान उप–न्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.महेशरामभक्त माथेमा : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन दर्ता भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. २०४०।८।१० गते बेलुका अं. ४ बजेको समयमा मेरो कान्छा बाबु परशुबहादुर गुरुङ घर डेराबाट बाहिर निक्ली जानु भएकोमा घर फर्की नआएको हुँदा बेलुका केही खोजखबर नगरी बेलुका त्यसै सुत्यौं, भोलिपल्ट बिहान पावर हाउसमा पानी जाने फोरवेको पानी भित्र मानिसको लाश देखिएको भनी वरपरका मानिसहरूले भनेबाट गई हेर्दा मेरा कान्छा बाबुको लाश देखिएकोले र उक्त मेरा कान्छा बाबु कर्तव्यबाट मरेको धारिलो हतियारले हानेको घाउचोट देखिएकोले अनुसन्धान गरी कानूनी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरवाली निर्मला गुरुङसेनीको जाहेरी दर्खास्त । ३. मृतक परशुबहादुरको पानीमा डुबीरहेको लाश बाहिर निकाली हेर्दा निधारमा अं. ५ ईन्च चौडाई, १ इन्च लामो छुरीले हानेजस्तो घाउ भएको देखिएको तालुमा धारिलो हतियारले हानेको घाउ जाँच्दा ९ इन्च लम्बाई, ४ इन्च चौडाई देखिएको, छाला चोक्टा चोक्टा परी भित्रको हाड निक्लिएको बायाँ आँखा माथि छुरीले रोपेको जस्तो घाउ देखिएको, दायाँ आँखा मुनी १ इन्च गोलाई भएको निल डाम देखिएको, मुख अर्धखुल्ला दुवै आँखा चिम्लिएको दुवै हात खुला रहेको खुट्टा पहेँलो भएको देखियो भन्ने समेत व्यहोराको मौकाको लाशजाँच मुचुल्का । ४. तिलाबहादुर गुरुङको घर डेराबाट खानतलासी गर्दा दलिनमा घुसारिएको बञ्चरो र छुरी समेत बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ५. निज मृतक परशुबहादुरले श्रीमतीसंग मेरो प्रेम सहवास भई स्वास्नी बनाई लगेकोमा निज मृतकले बराबर बेइज्जती गर्दै हिंडेको हुँदा २०४०।८।१० गते शनिबार डिउटी सकी डेरातर्फ जान लाग्दा निज मृतकले रक्सीको झोकमा मेरो स्वास्नी लाने हैनस् भनी लम्की धम्की गर्यो, म तर्किएर डेरातर्फ गएँ, मलाई साह्रै रीस उठी रहेकोले निज मृतकलाई खतम गर्ने उद्देश्यले चौकिदार गंगा चापाई, अपरेटर नारायणबहादुर के.सी.र भिमलाल पौडेलहरू मिली निज मृतकलाई मार्ने सल्लाह भई रक्सी खाने निहुँ गरी मृतक परशुबहादुरलाई बोलाउ भनी साथीहरूलाई भनें र मैले बञ्चरो र छुरी लिन घर गई आइसकेपछि मृतक परशुबहादुर रक्सी खाई लरबराएको थियो, मैले बञ्चरोको पासोले तालुमा हानेँ, नारायण के.सी.ले घाँटी अठ्यायो, मैले पुनः तालुमा छुरी हानेपछि मृतक परशुबहादुर मर्यो र उपरोक्त साथीहरू मिली पानी घटाउने बढाउने साँचो अगाडि ठाडो कुलामा फाल्यौं भन्ने समेत व्यहोराको अभियुक्त तिलबहादुरले प्रहरीमा गरेको बयान । ६. मृतकको मस्तिष्कमा कुनै चोट नपरी निधारमा हाडै देखिने घाउको कारणले मात्र मृत्यु भए