निर्णय नं. ३४३६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४३६ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४५/०२/०६ ४९८ निर्णय नं. ३४३६ ने.का.प. २०४५ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट.नं. २०५५ आदेश भएको मिति : २०४५।२।६।५ मा निवेदक : जि.झाप धाईजन गा.पं. वार्ड नं. ३ बस्ने ठूलो सोरेन मेचे विरुद्ध प्रत्यर्थी : जि.झापा धाईजन गा.पं. वार्ड नं. ३ बस्ने नवीन प्रसाईसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जग्गा धनी परिवर्तन भएको भन्ने कुरा मोहिलाई जानकारी दिएको वा जानकारी भएको मान्न सकिने अवस्था देखिँदैन, मोहिले साविक जग्गाधनीका नाउँमा कूत धरौट राख्नु पर्ने अन्य प्रयोजन छैन, जग्गाधनी साविककै यथावत कायम छ भन्ने धारणामा नै धरौटी राखेको मान्नु पर्ने । (प्रकरण नं. ९) (२) कूत बाली बापत प्रत्यर्थी कार्यालयमै बाली धरौट रहेको अवस्थामा कूत नबुझाई धरौटी समेत नराखी अर्काको नाउँमा रहेको धरौटीलाई समावेश गर्न खोजी मोहीले आफ्नो दायित्व पुरा नगरी मोही हकबाट निष्काशन हुन नसक्ने मनासिव माफिकको सबूद प्रमाण समेत पेश गर्न नसकेको भनी विवादित जग्गाबाट कूत भराई मोहीलाई निष्काशन हुने ठहराएको प्रत्यर्थीको फैसला त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत परी निर्णयार्थ पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार रहेछ । २. जि. झापा धाईजन गा.पं. वार्ड नं. ३ को कि.नं.९३ को ज.वि. ३–२–० को साविक जग्गाधनी प्रेमप्रसादले २०३८।१।२८ मा विपक्षी नवीन प्रसाईलाई हक हस्तान्तरण गर्नु भएको रहेछ । कानून बमोजिम जानकारी गराउनु पर्नेमा मलाई अवगत नगराएकोले २०३९,०४०,०४१ सालको कूत मैले साविक जग्गाधनीलाई नै बुझाएको छु । भर्पाई लिनेदिने गरेको छैन । २०४२ सालको बाली साविक जग्गाधनी प्रेमप्रसादकै नाउँमा नगदीमा परिणत गरी रु.३,३२७।५० भू.स.का.झपामा धरौटीमा राखेको छु । विपक्षी नवीन प्रसाईले उल्लिखित जग्गा २०३८।२।२८ मा साविक जग्गाधनी प्रेमप्रसादसँगबाट हस्तान्तरण गरी लिनुभएको तथ्यसंग निजले प्रस्तुत विवादको सम्बन्धमा भू.सु.का झापामा दिनुभएको निवेदन विपक्षी कार्यालयबाट प्राप्त भएपछि मात्र ज्ञात गरेको हुँ । अतः २०३९,०४०,०४१ सालमा निजलाई बाली बुझाउन सक्ने स्थिति नै थिएन । २०४२ सालको बाली साविक जग्गाधनीको नाउँमा धरौटी राखेकोले उक्त कथन पुष्टि हुन्छ । ३. यस स्थितिमा विपक्षी नवीन प्रसाईले २०४२ सालको बाली भराई उक्त जग्गाको मोहियानी हकबाट निष्काशन गरिपाउँ भनी दिनुभएको निवेदनमा मैले उल्लिखित कुराको प्रतिवाद गरेको थिएँ । विपक्षी भु.सु.का.ले कानूनले तोकेको म्यादभित्र कूत नबुझाई धरौटी समेत नराखेको भन्ने समेत आधारमा निर्णय गरी मोही हकबाट निष्काशन हुने र कूत समेत लिन पाउने ठहराइयो । ४. नयाँ जग्गाधनी अस्तित्वमा आएको बारे मलाई ज्ञात नगराएको हुँदा साविक जग्गाधनीलाई नै कूत बुझाउनु मेरो कर्तव्यलाई आत्मसात गरी निजले पनि कूत बुझी भर्पाई दिन इन्कार गरेको हुँदा मैले दिएको निवेदनमा भु.सु.का.ले २०४२।११।१० मा गरेको आदेश अनुसार रु.३,३२७।५० धरौटी राख